घाटु नाच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
घाटु नाच
घाटु नाच: गुरुङ जातिको एक लोकनृत्य
विधालोकनृत्य
उत्पतिपश्चिमी नेपाल

घाटु नाच विशेषत: गुरुङ जातिमा प्रचलित लोकनृत्य हो । विशेष गरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाच मातातीर्थ औंसीदेखि मध्ये वैशाखसम्म नाचिन्छ । [१] घाटु एक शास्त्रीय नाच हो । घाटु गुरूङहरूको लोक संस्कृतिमा आधारित एउटा गीती-नाटक हो ।

किम्बदन्ती[सम्पादन गर्नुहोस्]

यसको ऐतिहासिक किम्बदन्ती भने फरक फरक पाउने गरिएको छ । १६ औँ शताब्दीतिर लमजुङका एक दम्पत्ति राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जंगल प्रस्थान, सिकार आदि घटनामा आधारित भएर घाटु नाचिन्छ । घाटुको गीतमा परशुराम राजा र चम्पावती रानीको कथावस्तु रहेको हुन्छ ।

परम्परा[सम्पादन गर्नुहोस्]

घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयबस्तु अनुसार आवश्यक संख्यामा छानिन्छ । उनीहरूलाई घाटु नाच्नुअघि अक्षेताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गङ्गाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याहरूको आँखा बन्द हुने गर्दछ । यसलाई देवी चढेको मानिन्छ । कन्याहरूको आँखा बन्द नभएसम्म देवीहरूको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ । घाटु नाचको सुरुवात मङ्गल चरणबाट गरिन्छ । इष्टदेवीहरूको साथमा आमा, धर्ति र आकाशलाई साक्षी राखिन्छ ।

घाटु नृत्यमा वाद्य र साज श्रृगार भन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ । कारुणिक र हृदय विदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हुदा गाउने कलाकार छ दर्शक समेत धुरुधुरु रोएको पाइन्छ । सति घाटुमा गुरुवाले गितवाटै मंगलचरण गरी घाटु देवता जगाउने, घाटुली चयन, सिंगार गर्ने, नृत्यकला सिकाउने सति ढलाउने सति जगाउने काम गर्दछन ।

घाटु नृत्य प्रकार[सम्पादन गर्नुहोस्]

घाटु नाच दुई प्रकारका रहेका छन ।

१. सति घाटु

प्रचलित सति घाटु विमेसै नाचिदैन । सती घाटु वैशाख पूर्णिमामा मात्र नाचिन्छ । बसन्त ऋतुको सुरुवात बसन्त पञ्चमी अर्थात श्री पञ्चमी देखि विधिवत घाटुको थालनी हुन्छ । सति घाटु नाच मातातिर्थ औसी देखि बैशाख पूर्णिमा अर्थात वुद्ध जयन्ती को अघिल्लो दिन देखि मध्य जेठ सम्म नाच्ने गरिन्छ । सती घाटु रितपूर्वक नाचिन्छ । मादल र गीतको तालमा नाचिने यो नाच शास्त्रीय नाच हो । सतीघाटुमा नाच्ने कन्याहरूमा देवी चढ्ने भएकाले उनीहरू नाच्ने क्रममा बेहोसीको अवस्थामा हुन्छन् । यो अवस्थालाई कुसुण्डा भनिन्छ । यो क्रममा मादलको ताल बिग्रियो वा गीत बिग्रियो भने नाच्ने कन्याहरू बेहोस भइरहने विश्वास गरिन्छ ।

२. बाह्रमासे घाटु

बाह्रमासे घाटु जहिले पनि नाच्ने गरिन्छ । विशेषगरी मगर अथवा गुरुङ बस्तीमा पाहुना जाँदा, कुनै विशेष मेला उत्सव आदिमा बाह्रमासे घाटु नाचिन्छ । यसका लागि कुनै साइत हेर्न वा विशेष पूजाअर्चना गर्न पर्दैन ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]