भैलो
समुहमा मिलेर केटीहरूले गाउने गीत भैलो हो जुन तिहारको बेला गाइन्छ । हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति पनि हो जसमा पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन । यो गीत गाउँदा साधारणत: एक जना मुख्य हुन्छन् र समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको भैलो भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन । मुख्य ब्यक्तिले गीतको अन्तमा गएको घरका सबै जनालाई शुभकामना र आशिष दिन्छ र समुहका मान्छेहरू भैलो भन्दै गर्छन ।
तिहार
[सम्पादन गर्नुहोस्]कार्तिक कृष्णपक्ष द्वादशीबाट यमपञ्चक सुरुहुन्छ । यमपञ्चक सुरुभएपछि त्रियोदशीमा कागतिहार, चुर्तदशीमा कुकुरतिहार, औंसीमा लक्ष्मीपूजा, दिपावली र गाईतिहार, कार्तिक शुक्लपक्ष प्रतिपदाका दिन गोरुतिहार र यम द्वितीयाका दिन भाइटीका गरेर यो तिहार मनाउने गरिन्छ । यस तिहारमा फूलका माला र फुर्का बनाउने, माडा पकाउने अक्षेता पिठायो बनाएर कुकुर, गाई, गोरुलाई लगाई दिने माडा खुवाउने तथा खान दिने र कागलाई पनि एक टपरीमा गोबरको खातमा लगि खाना दिने गरिन्छ भने वृद्धहरु जुवातास पनि खेल्छन् । किशोर किशोरीहरु औंशीका दिनमा झुरो (दियालो) को उज्यालो बालेर मजुरा, ढोल, बाँसुरी बजाउदै स्वाँगे नचाउदै एक जनाले भैलो हाल्ने (भट्टयाउने) अनि सबैले साथ दिएर डोटेली भैली देउसी रमाई रमाई खेल्छन् । यस भैलोमा किशोरी र किशोरको लय भने केही फरक हुन्छ । किशोरीहरू सुमधुर स्वरमा भैलि..री भैली भन्छन् भने किशोरहरू अलि ठाडो स्वरमा भैईलो भन्ने गर्दछन् । कार्तिक शुक्लपक्ष यमद्वितीयाका दिन मोहन्याल देवताको ठूलोजाँत हुन्छ । यस जाँतमा मोहन्याल देउकालागि वृद्धपुरुषहरू बुढोभैईलो पनि खेल्नेगर्दछन् । यस बुढोभैईलोको दान दक्षिणा मोहन्यालको भँराडमा दिने चलन छ ।
दुतियामा खेलिने बुढो भैईलोको लय
[सम्पादन गर्नुहोस्]- दुईकी दुद्याउ भाइ — भैई.......लो ,
- दईका त्यार — भैई.........लो ,
- सगरेकाद्वार — भैई........लो ,
- सगरेकी खोली — भैई........लो ..........
यसपछि भैलोको शव्दहरू जोडदै जानुपर्दछ ।
(क) डोटेली किशोरीहरूले खेल्ने भैलोको लय
[सम्पादन गर्नुहोस्]- औसी बार, गाईका त्यार— भैली..रि भैलि
- त्यारैका बार , धर्मता वार — भैली..रि भैलि
- धर्मकी खोली ,पैसाकी झोली— भैली..रि भैलि
- तीनपैसी माझ, अरेनतरे — भैली..रि भैलि
- पिपल ढले,पिपल पाती— भैली..रि भैलि
- रायाकी छाती ,रया जमानु — भैली..रि भैलि
- नन्नना घरको , चामले मानु — भैली..रि भैलि
- ठूलोघर मनानु ,रितजनानू — भैली..रि भैलि
- यई ठूला घरको ,बाखरो खानू — भैली..रि भैलि
- छोहो वाखरी, छोटी न मोटी— भैली..रि भैलि
- देउ सीय रोटी ,देउ सिय वार— भैली..रि भैलि
- खेलहो विचार , खेल्ला मल्ला— भैली..रि भैलि
- उरेली खेल्ला , काँडैमा विज्यो — भैली..रि भैलि
- काँडो सुतल्ला , वारै पो लाग्यो — भैली..रि भैलि
- भई भरी बार, भैलाका त्यार— भैली..रि भैलि
- यही घरकी रानी,काँगैन पानी— भैली..रि भैलि
- न खोला खेत,न वन बेत— भैली..रि भैलि
- मागन हामी, आएका नईहुँ— भैली..रि भैलि
- वर्ष दिनको ,रित जनाउन— भैली..रि भैलि
- सिद्धि सुनाउन, आएका हामी— भैली..रि भैलि
- जो देलो पैशा , उहीका वन भैसा— भैली..रि भैलि
- जो देलो नाली, जलपुत्र पाली— भैली..रि भैलि
- जो देलो केला, उईका काखी चेला— भैली..रि भैलि
- जो देलो मानु ,उईको सुनको छानु— भैली..रि भैलि
- दिन्छौ दिए,हमरोपैचो लिए — भैली..रि भैलि
- यही कुन्डाजान्छीन,पोईय सुदाउछीन—भैली..रि भैलि
- उई कुण्डाजान्छीन कतिदिउभन्छीन —भैली..रि भैलि
- हमरो भाषा, हमरो धर्म— भैली..रि भैलि
- संधै गरया, निकै कर्म — भैली..रि भैलि
- चली जाओस, चौजुग नाँऊ— भैली..रि भैलि
- वढीलेखि ज्ञानी वन्या— भैली..रि भैलि
- अईतिरबडी ,नाम चलया— भैली..रि भैलि
- वरपिपल जसा गजाईब रह्या— भैली..रि भैलि
- दुवाकी चाखूरी जसा,पलाईब रह्या— भैली..रि भैलि
- केलाकाथूमली जसा, मौलाईब रह्या—भैली..रि भैलि
- हजारी फुल जसा , फुली रह्या— भैली..रि भैलि
- हमरा माईतका, सुन जमरा— भैली..रि भैलि
- पराय माईतका, जौका जमरा— भैली..रि भैलि
- हमरा माईत जी जसी रह्या, अजम्मरु भया— भैली..रि भैलि
- भैलो भित्र पस्यो ............................
(ख) डोटेली किशोरहरूले खेल्ने भैलोको लय
[सम्पादन गर्नुहोस्]- औसी बार, गाईको त्यार— भैई..लो
- त्यारैका बार , धर्मता वार — भैई..लो
- धर्मकी खोली , पैसाकी झोली— भैई..लोे
- तीनपैसी माझ , अरेन तरे — भैई..लो
- पिपल ढले , पिपल पाती— भैई..लो
- रायाकी छाती , रया जमानु — भैईलो
- नन्ननना घरको , चामले मानु — भैईलो
- ठूलोघर मनानु , रितजनानू— भैईलो
- यई ठूला घरको ,बाखरो खानू — भैईलो
- छोहो वाखरी , छोटी न मोटी — भैईलो
- देउसीय रोटी, देउसिय वार — भैईलो
- खेलहो विचार , खेल्ला मल्ला— भैईलो
- उरेली खेल्ला , काँडैमा विज्यो — भैईलो
- काँडो सुतल्ला , वारै पो लाग्यो — भैईलो
- भई भरी बार , भैलाका त्यार — भैईलो
- यही घरकी रानी , काँगैन पानी — भैईलो
- न खोला खेत, न वन बेत — भैईलो
- मागन हामी, आएका नईहुँ — भैईलो
- वर्ष दिनको , त्यार मनाउन — भैईलो
- रित जनाउन , सिद्धि सुनाउन— भैईलो
- आएका हामी— भैईलोे
- हे जो देलो पैशा, उनका वन भैसा— भैईलो
- जो देलो नाली, जलपुत्र पाली— भैईलो
- जो देलो केला, उईका काखी चेला— भैईलो
- जो देलो मानु , उईको सुनको छानु — भैईलो
- दिन्छौ दिए, हमरोपैचो लिए – भैईलो
- यही कुन्डा जान्छीन , पोईय सुदाउछीन— भैईलो
- उई कुण्डा जान्छीन , कति दिउ भन्छीन— भैईलो
- जो देलो मूठी उईको हात टूटी — भैईलोे
- जो देलो पाथी उईकी सुनकी छाती— भैईलो
- पुणाईनीका, झाल जसा,मौलाईव रहया— भैईलो
- दुवाकी चाखूरी जसा, पलाईब रह्या— भैईलो
- केलाकी थूमेली जसा,गजाईव रह्या— भैईलो
- हजारी फुल जसा , फुलीब रह्या— भैईलो
- भैलो भित्र पस्यो