मन्द्रा
Jump to navigation
Jump to search
मन्द्रा एक परम्परागत नेपाली बाजा हो। मन्द्र भन्नाले मादल वा मृदङ्ग हो। यसै मन्द्रबाट मन्द्रा बनेको हो। मन्द्रा थारूमा प्रचलित बाजा हो। यो बाजा मादलजस्तै हुने भएकोले यसलाई हातले हिर्काएर बजाइन्छ। मन्द्राको एकापट्टी बीच भागमा खरी दलिएको हुन्छ। यस बाजामा गीतको भाकाअनुसार तान कस्ने र खुकुलो पार्न सकिन्छ। मन्द्रा दाङ, देउखुरीदेखि सुर्खेतसम्म प्रयोग भएको पाइन्छ। थारू जातिको बड्कीमार नृत्यका साथ अन्य साङ्गीतिक पर्वहरूमा मन्द्रा बजाइन्छ।[१][२][३][४]
प्रयोग[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "शुक्लाफाँटाको थारू सङ्ग्रहालय पर्यटकका लागि खुला", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२०-११-०४।
- ↑ "थारु हुइती हम्र तिहुवार म मन्द्रा घनकाई परी ।", हमर सनेश (थारुमा), अन्तिम पहुँच २०२०-११-०४।
- ↑ "डोली र डोला हेर्न थारू सङ्ग्रहालय", नागरिक न्यूज (नेपालीमा), अन्तिम पहुँच २०२०-११-०४।
- ↑ "कञ्चनपुरको भल्कास्थित थारु संग्रहालय माघीदेखि पर्यटकका लागि खुला", देखापढी (नेपालीमा), अन्तिम पहुँच २०२०-११-०४।