टुङ्ना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

टुङ्ना काठबाँसबाट बनेको हातले बजाउने एक नेपाली तारवाद्य लोकबाजा हो।

टुङ्ना बनाउने काठ चाहिं गुराँसको बढी प्रयोग हुन्छ । यो सुरबाजा हो । यो नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पातामाङ जातिमा बढी लोकप्रिय छ। यो बाजा झण्डै डेढदेखि दुई हातसम्म लामो हुन्छ । यसको शिर भागमा शार्दूलका टाउकाको आकृति कुँदिएको हुन्छ । टुङ्नामा चारदेखि छ वटा तार जडिएका हुन्छन् । यो बाजा काँधमा भिरेर दाहिने हातले नख्खी र देब्रे हातले तार थिचेर बजाइन्छ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]