डमरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डमरु अथवा डुगडुगी

डमरु एक प्रकारको बाजा हो । समातिने माझ भाग झिनो भएको, दुईतर्फ फराक मुखमा छालाले मोरेको र हल्लाउँदा दुई तुनामा झुन्डिएका गेडाले ठोकिएर बज्ने माटो, काठ वा धातुले बनेको धार्मिक बाजा हो । यसलाई डिबडिबे पनि भनिन्छ । पाटे सिउँडीको आँख्ला बीचमा पारेर भित्र कछुवाका हाड राखेर पाहा र सर्पको छालाले मोरिएपछि र भांग्रे सिस्नु (Girardinia diversifolia) को धागोमा बज्राक्ष उनेपछि तान्त्रिक डमरु बन्दछ । यो महादेवको प्रिय बाजा मानिछ|

डमरु जोगी, तमासेचटकेहरूले बजाउनाका साथै पूजाआजा, चाडपर्वमा पूजाकोठा, गुम्बामन्दिरमा तथा दसैंमा प्रायः घरैपिच्छे पनि बजाउने गरिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]