ढ्याङ्ग्रो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ढ्याङ्ग्रो

ढ्याङ्ग्रो नेपाली समाजमा कुनै मान्छे बिमारी भएमा बिमार निको पार्न धामी, झाँक्रिद्वारा प्रयोग गर्ने बाजा हो । गोलाकार काठमा प्वाल पारेर दुवैपट्टी छालाले मोरेर समाउनका लागि त्यो काठमा बिंड लगाएर ढ्याङ्ग्रो बनाइन्छ । विशेषगरी राती धामी अथवा झाँक्रिले चिन्ता बस्दा ढ्याङ्ग्रो बजाउने गर्छन् । यो बाजा मृत्यु संस्कार र पूजामा पनि बजाइन्छ । यसको ताल आफ्नै प्रकारको हुन्छ । ढ्याङ्ग्रो बजाउँदा बेतका गजो प्रयोग गरिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]