नौमती बाजा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नौमती बाजा नौवटा बाजाहरूको सामुहिक बाजा हो। यो पञ्चे बाजाको ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ। यस अन्तरगत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई दुई वटा हुन्छन्।सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ। नौजना बाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो बाद्यसमूहलाई नौमति बाजा भरिएको हो।

  • सहनाई :

सहनाई अर्थात् सनई नौमति बाजाको प्रमुख आकर्षण हो जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ। फुक्दै पौन फेर्दै यसमा मुरलीमाझैँ हरका आठवटा प्वालहरूमा औँला चाल्दै बजाइने यो बाजा निकै परिश्रमी लोककलाकारहरूले मात्र बजाउन सक्छन्। एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सूर मात्र दिइरहन्छ त्यसैले सूर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बनाइने सनईलाई पोथी सनई पनि भनिन्छ। विशेष गरी सिल्वर र पित्तलबाट निर्मित सनईले आठवटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धूनहरू प्रस्फुटन गर्दछ।

  • ढोलक :

मादलजस्तो तर खरी नभएको यो बाजा पनि एकातिर हातले र अर्कोतिर सानो लट्ठीले ठोकेर बजाइन्छ । यसले अरू बाजाहरूको लयलाई ताल छोप्ने र बिट मार्ने काम गर्छ । ढोलक जोझण्डै डेढफिट लामो काठ र छालाले बनेको हुन्छ।

  • दमाहा:

यसैगरी नौमति बाजामध्ये ठूलो बाजाका रूपमा दमाहा पर्दछ। तामा र छालाले बनेको यो बाजालाई काठको गजाले ठोकेर बजाइन्छ। यसको ध्वनि मोटो र थर्काउने प्रकृतिको हुन्छ ।

  • सानो दमाहा:
  • बाउँताल :

दमाहाकै आकारको तर त्यसभन्दा सानो दमाहालाई बाउँताल भनिन्छ । यसको आवाज ठूलो दमाहाको जस्तो मोटो हुँदैन |ठूलो दमाहाको तुलनामा यसको धन्काई पनि कम हुन्छ त्यसैले यसैले यसलाई दमाहाको सहयोगी धनबाजाको रूपमा लिइन्छ।

  • ट्याम्को:

नौमति अन्तर्गतको ताल दिने अर्को बाजा हो ट्याम्को जसको बनावट झण्डै झण्डै सानो दमाहाजस्तै हुन्छ। यो सानो र छरितो बाजालाई काठका साना गजाले ठोकेर बजाइन्छ। सनईका स्वरबाट सूर पैदा भएपछि ट्याम्कोले भाखा टिप्दै ताल दिन्छ र अरू बजाहरू बज्न थाल्छन्। यसरी ट्याम्को र सानो दमाहा एक अर्काका पूरक बाजाहरू हुन्। कहिलेकाहींँबाजा र बाद्यबादकहरूको कमीमा कुनै एकको अभावमा पनि नौमतिबाजा बज्ने गर्दछ।

  • झ्याम्टा/झ्याली:

बाजाहरूको लय टुक्रिँदा ताल दिने यो बाजा काँसबाट बनेको थालजस्तो आकारको हुन्छ । काँशका दुई थालहरू जस्तै आकारका झ्याम्टामा हातका औँला छिराउनका लागि बनेका दुई प्वालमा डोरी छिराई त्यसैका आडमा हत्केलाले झ्याम्टा एक आपसमा जुधाएर काँशे रन्को निकालिन्छ। सनईको सूरमा ट्याम्कोले ताल समातेपछि दमाहा र ट्याम्कोले खालको बिट मार्दछन्|त्यसरी विट मार्ने क्षणमा ध्वनियुक्त मीठाससँगै झ्याईंझ्याईं गर्दै झ्याम्टा बजाइन्छ|

  • नरसिङ्गा:

संस्कृत शब्द नरश्रृङ्गको अपभ्रङ्स भई बनेको शब्द नरसिङ्गा नर (मानिस)ले आफ्नो टाउकोमाथि सिङ्जस्तो ठाडो मारेर बजाउने भएकाले यसका नाम नरसिङ्गा रहेको हुनसक्छ। फुक्ने ठाउँ सानो तर क्रमशः ठूलो ठूलो हुँदै फुक्दै नरसिङ्गाको मुख ठूलो हुन्छ। तामाले बनेको यो बाद्ययन्त्र दुई खण्डमा हुन्छ जसलाई बजाउने बेलामा जोडिन्छ। नबजाई बोक्दा यसको सानो भागलाई ठूलो भागभित्र हाली काँधमा बोकिन्छ। पशुको सिङ्ग आकारको यो बाजा यसमा पारङ्गत थोरैले मात्र बजाउन सक्दछन्। बिहे बटुलोमा जन्ती जाँदा बाटोमा कुनै देवस्थल, गुम्बा, घुम्ती तथा भञ्ज्याङ देउरालीहरूमा नरसिङ्गा फुकिन्छ र सँगसँगै धुँ धुँ गरेर कर्नाल बजाइन्छ।

  • कर्नाल:

बजाउन सबैभन्दा कठिन बाजाका रूपमा परिचित कर्नाललाई सोझो र अलिक ठूलो नरसिंगा भन्दा हुन्छ । साह्रै मोटो आवाजका लागि फुकेर बजाइन्छ ।तामाले बनेको कर्नाल बाजा लामाले प्रयोग गर्ने लामा जस्तै हुन्छ तर फुकाइ फरक हुन्छ। कर्नाललाई पनि नरसिङ्गालाईजस्तै भाँचेर बोकिन्छ र जोडेर बजाइन्छ।

सम्बन्धित लेखहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]