तुरही
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
तुरही एक प्रकारको बाजा हो । यो सनही भन्दा केही ठूलो आकारको तर बाङ्गो मुखले फुकेर बजाइने बाजा हो । यसलाई सानो नरसिङ्गा जस्तो दखिन्छ । तुरही कुनै कार्यक्रम वा सन्देश दिन बजाइने सुरबाजा हो । यो अर्धचन्द्राकार हुन्छ । यो दुई हात जति लामो हुन्छ । यो तामाको पातलो पाताबाट बनाइएको हुन्छ । तुरही बजाउँदा तीखो तुरुरु ......... आवाज आउने भएकाले यसको नाम तुरही राखिएको अनुमान गरिन्छ ।