उर्नी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उर्नी धिमाल जातिको मौलिक लोकबाजा हो । यो एक प्रकारको एकतारे बाजा हो । यो बाजा तारमा रेटेर एक औंलाले बजाइने सुर बाजा हो । यो बाजा एक हात जति लामो काठलाई नरिबलको गट्टा जोडेर बनाइएको हुन्छ । उर्नी धिमालहरूको कुलदेवताको पूजाधार्मिक कार्यक्रमहरूमा नभई नहुने महत्त्वपूर्ण बाजा हो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]