ट्याम्को

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ट्याम्को
अन्य नामहरूट्याम्को
वर्गीकरण हाते बाजा
सम्बन्धित वाद्ययन्त्रहरू
डम्फु, ढ्याङ्ग्रो, खैंजडी, डफा

ट्याम्को स-साना दुई गजाको सहयोगले बजाइने हाते बाजा हो । ट्याम्को दमाहा जस्तै तर सानो खालको हुन्छ । यो छाला मोहोरेर बनाइएको तालबाजा हो । यो पञ्चैबाजानौमती बाजा अन्तर्गतका सबैभन्दा सानो बाजा हो । यो कम्मरमा भिरेर बजाइन्छ । यो बाजालाई दुई वटा स-साना गजोले हिर्काएर टुनपुल्टुन........टुनपुल्टुन.......को तालमा बजाइन्छ । ट्याम्को अर्धव्यासमा लगभग एक बित्ता हुन्छ । यो माटो वा काठको पात्रमा छालाले मोरेर बनाइएको हुन्छ ।

ट्यामको[सम्पादन गर्नुहोस्]

पन्चैबाजा
दमाहा र ट्यामको बजाउदै गरेको

यो ट्याम्को पन्चैबाजा अन्तर्गतको नगराकै आकारको सानो बाजा हो । यसलाई दुर्इवटा काठका ससाना आकारका लठ्ठीले हानेर बजाइन्छ । यो काठले बनेको हुन्छ । यसको आकार एकापट्टी साँघुरिंदै गएको र अर्कातिर ठुलो मुखमा छालाले मोरी खरी लगाएको हुन्छ । यसमा फलामे ताप्के आकारमा बाख्राको छालाले मोहोरेर तान कसेको हुन्छ । यो बाजा विशेष गरी दमाई जातका मानिसले बजाउने गरेको पाइन्छ । प्रस्तुत चित्रमा उभिएर बजाउने व्यक्तिका ठिक बायाँतिर बसेर बजाइँदै गरेको बाजा ट्याम्को हो । दोस्रो चित्रमा ट्याम्को प्रस्ट रूपमा चिन्न सकिन्छ । [१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. तिवारी (लोहनी), शोभा (२०६०), लोकसङ्गीतार्पण, ललितपुर : साझा प्रकाशन

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]