सामग्रीमा जानुहोस्

चुड्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चुड्का अथवा चुट्का छोटो लयमा छोटोमिठो गाइने एक प्रकारको गुरुङ समुदाय मा प्रचलित मौलिक नेपाली लोकगीत हो।।[] यो चुड्का गित गाउदा खैजडी बजाउदै खैजडीको ताल संगै केटाहरुले गाउने अनि केटिहरु नाच्ने गरिन्छ अनि बिचबिच मा केटाहरु पनि नाच्ने गर्छन् यो चुड्का गित पश्चिम् अञ्चल को गण्डकी छेत्र विशेष गरेर तनहुँ लमजुङ गोर्खा अनि चितवन नवलपुर तिर को गुरुङ गाउँ घर तिर चुड्का लगाउने र चुड्का नचाउने चलन छ विशेष गरेर चुड्का नाच घाटुखोइ कार्यक्रम मा नाच्ने चलन छ।

*चुड्का नाच नेपालको एक प्रसिद्ध लोकनृत्य हो, विशेष गरी गण्डकी क्षेत्रमा, जस्तै तनहुँ, लमजुङ, गोर्खा, चितवन र नवलपरासीका गुरुङ समुदायमा यो नाच प्रचलित छ। चुड्का लाई 'कौडा' पनि भनिन्छ चुड्का/कौडा को सुरुवात तनहुँ को गुरुङ गाउँ थप्रेक गाउँ र हिलेखर्क गाउँ बाट भएको भन्ने भनाई हरु मौखिक भनाई हरु सुन्न पाईन्छ।[]

विशेषताहरू:

* पुरुष र महिलाको सहभागिता: यो नाचमा केटाहरूले गीत गाएर खैंजडी, मुजुरा मादल बजाउँछन् र केटीहरूलाई नचाउँछन्। बीच-बीचमा केटाहरू पनि नाच्ने गर्छन्।

* गीतको प्रकार: माया पिरतीका र ठट्यौली गीतहरू गाउने चलन छ। नाच सुरु गर्नुअघि आकाश-पातालका देवी-देवताहरूको नाममा 'बन्धन गीत' गाउने गरिन्छ।

* नाच्ने शैली: केटीहरू प्रत्येक तालमा नाच्छन् भने केटाहरूको नाच्ने समय र ताल फरक हुन्छ। उनीहरू प्रत्येक टुक्का र तालमा नाच्दैनन्। केटीहरूले नाच्दा नाच्दै हातको हाउभाउ, आँखाको इसारा र ओठे जवाफबाट उत्तर दिन्छन्।

* सरल र लोकप्रिय: चुड्का नाच एकदमै सरल र सजिलो भएकोले यसमा केटाकेटीदेखि युवा, वृद्ध सबैले भाग लिन सक्छन्। यो कुनै पनि समयमा नाच्न सकिन्छ, जस्तै गाउँघरमा पूजाआजामा, मेलापर्वमा, विवाह र भोजभतेरमा।

* घाटुसँग सम्बन्ध: साधारणतया सती घाँटु नृत्य सकिएपछी (घाटुखोई अर्थात् चुड्का खोई) कार्यक्रम गरेर चुड्का गीतनृत्य नचाउने गरिन्छ।

चुड्का नाच नेपाली लोकसंस्कृतिको एक महत्वपूर्ण अंश हो र यसले गुरुङ समुदायको सामाजिक तथा सांस्कृतिक जीवनमा रमाइलो र उत्साह भर्ने काम गर्दछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान