सामग्रीमा जानुहोस्

गीत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गीत(गाना, गान) भनेको विशेषतः गाउनका निम्ति रचिएको लयात्मक सरस पद्यरचना हो। यो छन्द वा लयमा मिलाएर गाउन वा गुन्गुनाउन सकिने साहित्य पनि हो। गीतमा शब्द, लय र स्वरको उत्तिकै महत्त्व रहेको हुन्छ। रचनाका आधारमा गीतका दुई पक्ष हुन्छन् - साहित्यिक र लोकगीत

गीतको प्रकाशन र प्रसारणको आरम्भको इतिहास अलग अलग समयमा भएको हो । नेपाली आधुनिक गीत लेखनको समय स्पष्टतः मोतीराम भट्टबाट सुरु भएको देखिन्छ भने रेकर्डिङ र प्रसारणका हिसाबले यस विधाको आरम्भ लगभग सबा सय वर्ष पूरा पुग्दैछ । यस अन्तरालमा धेरै साङ्गीतिक हस्तीहरूको उदय भयो र आधुनिक नेपाली सङ्गीतको प्रवर्धनमा तिनले उल्लेखनीय योगदान पुगाएका छन्। विभिन्न शैली, ढाँचा र परम्पराको उदय र प्रयोग यस अवधिमा भएको देखिन्छ। आदि गायक मानिएका सेतुराम श्रेष्ठको रेकर्ड भएको भजन ‘राम प्यारा छन्’ (वि.सं.१९६५) लाई नै आधुनिक नेपाली गीतको प्रसारणमा आरम्भ विन्दु मानिएको छ ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]


"https://ne.wikipedia.org/w/index.php?title=गीत&oldid=1328323" बाट अनुप्रेषित