चण्डी नाच

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चण्डी नाच (उधौली)

साकेला[सम्पादन गर्ने]

नेपालको पुर्वी पहाडको वल्लो किराँत, माझ किराँत र पल्लो किराँतका सुनुवारराई जातिका विभिन्न चाड पर्व मध्य प्रमुख रुपमा मानिने चाड साकेवा हो। जसलाई पर्वते बोलिमा पूजा भनिन्छ । यो चाड प्रमुख खेती धान रोप्ने समय बैशाख पुर्णिमा देखी पञ्चमीसम्म मनाईन्छ । जसलाई दोङ्वाङ(उभौली) वा काम गरेर खाने समय भनिन्छ । त्यसै गरि बाली उठाई काट्ने समयमा मंसिरे पुर्णिमामा पनि मनाईन्छ जसलाई दोङ्दावा(उधौली) वा बसिखाने समरी भनिन्छ । यो नाच राई जातिको अति प्रशिद्द तथा एकमात्र नाच हो । यो समुहमा सयौं ब्यक्तीहरु नाच्दछ्न् । तर राईहरुको ताल एउटै हुन्छ भने सुनुवारहरुको १२ ताल हुन्छ । बाल, युवा, वृद्ध सबै नाच्दछ्न् । यो नाच सुनुवारहरु साकेलाथानमा र प्रतेक घर-घर मा घुमी-घुमी नाचिन्छ भने राईहरु देविथान वरिपरि गोलाकार भएर नाचिन्छ । थोरै जना नाच्ने भएमा पंक्ति भएर नाच्दछ्न् । नाच्नेहरुको पंक्ति भित्र एक नायक तथा नायिका हुन्छ्न् जसले सेतो फेटा बाँधेको हुन्छ । वोरिपरी घुमिघुमी नाचिने यो चण्डी नाचमा आआफ्नो जातिय भेष भुषाका हातमा झुम्के रुमाल फुलपाती लिएर नाचिन्छ । ढोल झ्याम्टा बजाउँदै गीत गाउने पुरुषहरु मैया भन्दै वरिपरि घुम्दछ्न् । यसरी यो सबै किसिमको बाली सप्रीएर खान योग्य होस, उभौलीमा लगाएको बालिनाली सफल भयो, आरामले खाने भयो भनी उधौलिमा आआफ्ना इस्ट देवि देवतासँग प्राथना गरि खुशी भैइ खुशियालिमा रातदिन गाउँदै नाच्दै यो चाड मनाइन्छ ।
साकेला र साकेन्वा लाई चण्डी (चन्डी ) भनिन्दैन चन्डी सुनुवार जातिहरुले मात्र गर्ने गरिन्छ यसमा सुनुवार (नासो) पुजारीको ठुलो भूमिका हुन्छ किनकी ढोल झेम्टा सबै उनी(नासो)हरुकै नामकरण जस्तै मुलीढोल, सुरिढोल, कैटाढोल गरिएको हुन्छ। भने चण्डीथान राई, लिम्बुयाखा को हुदैन यसलाई उधौली उभौली पनि भनिन्दैन यसै चण्डी गर्नको लागि सुनुवारहरुले उधौली उभौलीको कार्य सके पछि मात्र चण्डी गरिन्छ। चण्डीको अर्थ पनि सुनुवार भाषामा आधारीत छ यो वाल्लो किरातको एक महान चाड पनि मानिन्छ भने त्यसै कारण चण्डीथान भित्रपस्नको लागि सुनुवार भेष भुषको साथै सुनवार थरको अबसेक हुन्छ। चण्डीथान भित्र सुनुवार जाति मात्र पस्न दिइन्छ नेपालको १ मात्र चण्डी थान मा महिला पस्न पाउदैन जुन महिला पस्न पाउने थानमा अबिबाहित छोरीले मात्र रातो लुगाले सोलिलाई ढाकेरबोक्नु पर्ने हुन्छ भने गिल अर्थात् मूल चण्डीथान मा पुरुष मात्रै पस्न पाउछ जुन अबिबाहित छोराले सोलिलाई सेतो लुगाले ढाकेरबोक्नु पर्ने हुन्छ। चण्डी वार्षिक पर्ब हो भने साकेला, साकेन्वा, उधौली उभौली अर्धवार्षिक पर्ब हो। वार्षिक अर्थत वर्षमा १ चोटी धान, मकै, कोदो, आदि रोपिन्छ तसर्थ सुनुवार हरुको चण्डी थानमा प्राय ति खाद्य वस्तु प्रयोगगरि बिधि गरिन्छ साथै प्रतेक घर-घरमा घुमी सुरो पुर्याउने चलनलाई चण्डी भनिन्छ।

  1. चण्डीथान सुनुवारहरुको भने: प्रतेक गा. बि. स. मा एउटा-एउटा थान हुन्छ, सुनुवारहरु चण्डीथानमा गएर नाच-नाचिने हुनाले यसलाई सुनुवारहरुले चण्डी सिल वा ढोल सिल नाच भन्ने गरिन्छ
  2. साकेला साकेन्वा राईहरु
  3. देविथान राईहरु

यि पनि हेर्नुहोस्[सम्पादन गर्ने]