सन्थाल नृत्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


परिचय[सम्पादन गर्ने]

नेपालको अति नै प्राचीन र मौलिक नृत्यको रूपमा परिचित सन्थाल नृत्य मूलतः पूर्वी नेपालको झापा, मोरङ र सुनसरी जील्लामा रहेका अल्पसङ्ख्यक सन्थाल जातिको पुख्र्यौली परम्पराको एक अंश हो। मूर्ति बनाउने र मूर्ति पूजा नगर्ने यी सन्थालहरू दसैँको घटस्थापना सुरु भएदेखि घरमा थन्क्याएर राखिएका मादल, ढोल, झ्याम्टा आदि झिकेर अरूको घरघर गई चामल, चिउरा माग्दै नृत्य सुरु गर्दछन्। जसले सन्थाल नृत्य सुरु भएको संकेत गर्दछ। उनीहरूको यो नृत्य प्रचलन दसँैको मूल टीकाको दिनसम्म जारी रहन्छ। जब दसैंको एकादसी सुरु हुन्छ त्यस दिनदेखि पूणिर्मासम्म भव्यरूपमा सामूहिक तबरले विभिन्न स्थानमा दसँै मेलामा उनीहरूले परम्परागत नृत्य प्रस्तुत गर्दछन्।

इतिहास[सम्पादन गर्ने]

माता भगवतीको पूजा उपासनाको रूपमा प्रस्तुत गरिने यो नृत्य निकै प्राचीन भएकोले यसको सुरुवात कहिलेदेखि भएको हो भन्ने सम्बन्धमा कुनै ऐतिहासिक तथ्य भने उपलब्ध छैन। तथापि यो परम्परागत नृत्यको इतिहास निकै पुरानो रहेको अनुमान गरिन्छ। सन्थालको जातीय इतिहास "कियो सिन्दूर'मा उल्लेख भएअनुसार परापूर्वक, दैवी कालमा दानवको अत्याचार खप्न नसकी देवताहरू भगवतीको शरणमा पुगे। देवताहरूको अनुरोध स्वीकार गरी माता भगवती सतिनसार आफ्नो भयङ्कर रूपमा प्रकट हुनु भयो र दानवीय शक्तिलाई परास्त गर्नुभयो। अन्तमा बाँचेखुचेका दानव सेनाहरू डरले काम्दै आ-आˆना हातहतियार हल्लाउँदै भगवतीको शरणमा परे। भगवतीको सहायतामा देवताले प्राप्त गरेको सोही विजयको खुसियाली एवं सम्झना स्वरूप सन्थालहरूले पनि काम्दै, लठ्ठी हल्लाउँदै भगवतीको शरणमा परि नृत्य प्रस्तुत गर्न थालेको बताइन्छ। यही परम्परा आज विकसित र परिमार्जित हुँदै सन्थाल नृत्य बन्न पुगेको छ।

चलन=[सम्पादन गर्ने]

सन्थाल नृत्य आˆनै जातीय भाषा, गाई जात्रे पहिरन, रङ्गीचङ्गी भाव भंगिमा रंगीन कमिज पञ्ची -धोती जस्तो कपडा) शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिक रूपमा छुट्टाछुट्टै समूहमा प्रस्तुत गरिन्छ। यस नृत्यमा नाच्नेहरू सबै पुरुष सतारहरू हुन्छन् भने उनीहरूलाई आकषिर्त गर्न जोस थप्न महिलाहरू पनि उत्तिकै सक्रिय हुन्छन्। नृत्य मध्य अवस्थामा महिलाहरूले बेलाबेलामा भुजा -मुरी) ˆयाँक्ने गर्दछन् भने नाचीरहेका सतारहरू आफूलाई बहादुर सावीत गर्न बिनाहात जमीनमाथि उडेका भुजा -मुरी) मुखैले खाने प्रयास गर्दछन्।

दसैंमा देवीपीठमा नृत्य प्रस्तुत गर्न प्रत्येक सन्थाल गाउँबाट मूलीको नेतृत्वमा सतारहरू भंगी पहिरनमा अपरान्ह जम्मा भई लठ्ठी बजार्दै, ढोल ठोक्दै, बाँस माथिको मयूरको लिंगो बोकेर छुट्टाछुट्टै समूहमा मेलामा प्रवेश गरी भगवती पीठ परिक्रमा गर्दछन्। अनि एक निश्चित ठाउँमा लिंगो गाडी त्यसैलाई केन्द्र मानेर आफ्नो नृत्यकला प्रदर्सन गर्दछन्। विशेषत उनीहरू बढी मात्रामा हात र खुट्टाको चाललाई प्रयोग गर्दछन्। साथै केही समूहले गाइजात्राको प्रतिनिधित्व गर्दछन् भने कोही कालीको शक्ति आफूमा चडेको देखाउन कोर्रा लठ्ठीको सहजरूपमा सामना गर्दछन्। मट्टतिेल मुखमा हाली आगोको लप्का निकाल्ने, माटोमा टाउको गाड्ने, मान्छे माथि मान्छे चढ्दै दुई, तीन तहको घेरा बनाई नृत्य गर्ने, सयौं कोर्रा सहने आदि यस जातिगत नृत्यका केही डरलाग्दा रोमाञ्चक आश्चर्यजनक दृश्यहरू हुन्।

सन्थालहरू त्यस समयमा आफूहरूलाई कालीको शक्ति चढेको हुनाले खासै असर नहुने बताउँछन्। हुन पनि उनीहरूको त्यसबेलाको व्यवहार त्यस्तै नै हुन्छ। जब उनीहरू देवीको पीठ परिक्रमा गर्दछन् त्यसबेला केही सन्थालहरू आफूमा शक्ति चढेको दाबी गर्दै मन्दिर भित्र पसी तोडफोड गर्न खोज्दछन् र एकजनालाई नियन्त्रण गर्न दसैँजना युवाको आवश्यकता पर्दछ। जब उनीहरूलाई कासको कोर्रा लगाई जलले अभिशेक गरिन्छ तब मात्र उनीहरू शान्त हुन्छन्। आफूलाई काली र दुर्गाको भक्त बताउने सन्थालहरू आफ्नो जीउमा वर्षभरि चढेको र चढ्ने काली शक्ति शान्त पार्न पनि यो नृत्यमा सरीक हुने गर्दछन्।

अर्कोतर्फ सन्थाल युवा-युवतीको लागि यो नृत्य निकै महìवपूर्ण अर्थमा छ कि उनीहरू एक अर्काप्रति आकषिर्त हुन आफ्नो सौन्दर्यता र कौशल पर्दछन्मा बढी ध्यान दिन्छन्। युवतीहरू सकेसम्म शृङ्गार पटार गरी मेला धाउँछन् भने युवाहरू सिठ्ठी बजाइबजाइ आफ्नो नृत्यतिर ध्यान केन्दि्रत गराउने गर्दछन् धेरै युवा-युवतीको प्रेम गास्ने र मौलाउने थलो पनि सन्थाल नृत्य बन्ने गर्दछन्। अरू जातिको भन्दा पृथक् शैली, प्रस्तुती र आश्चर्यजनक दृश्य भएकोले नै यस नृत्य मनमोहक र मनोरञ्जनपूर्ण हुने गर्दछ।

  • [१] सन्थाल नृत्य,एस निरौला