कौडा नृत्य
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख सेप्टेम्बर २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
![]() न्यूयोर्कमा "एभरेस्ट डे २०१९" मा कौडा नृत्य प्रस्तुत गर्दै युवतीहरू | |
विधा | नेपाली लोकनृत्य |
---|---|
उत्पति | नेपाल |
कौडा नृत्य, वा कौह्रा नाच नेपालमा मगर जातिहरूको पपम्परा अनुसारको लोकप्रिय नाच हो । यो नाच तनहुँ, लमजुङ, गोर्खा, कास्की, स्याङ्जा, पाल्पा, चितवन , नवलपरासी आदि जिल्लाहरूका मगर समुदायमा माघे सक्रान्तीदेखी बैशाख पुर्णिमा सम्म नचाउने गर्दछ । यो नाचमा केटाहरूले गित गाएर खैजरि मुजुरि बजायेर केटीहरूलाई नचाउने गर्दछन् । मगर, गुरुङ र दुरा जातीमा प्रचलित प्रमुख लोकनाच मध्य कौडा पर्दछ।
कौडा नाचमा पहिले श्री कृष्णचरित्र र रामायणका गीतहरू गाइन्थियो भने हाल ति श्रीकृष्ण र रामायाणका कथा सम्बन्धी धार्मिक गीतहरू प्राय: लोपन्मुख हुँदै गएको पाइन्छ। तापनी कौडा नाचको बन्धन लिदा आकाश पातलदेखीका सम्पूर्ण देबी देवताहरूको नाममा बन्धन गीत गाइन्छ। बन्धन गीत गाइसकेपछि माया पिरतीका गीतहरू गाउने प्रचलन छ। यो कौडा नाच धार्मिक र सामाजिक लोकनाच हो।