पाल्पा जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पाल्पा
—  जिल्ला  —
A view of tansen.jpgपाल्पा जिल्ला सदरमुकाम तानसेनको दृश्य
नेपालको नक्शामा पाल्पा जिल्ला (रातो)
निर्देशाङ्क (पाल्पा): २७°५२′ उत्तर ८३°३३′ पूर्व / २७.८६७° उत्तर ८३.५५०° पूर्व / 27.867; 83.550निर्देशाङ्क: २७°५२′ उत्तर ८३°३३′ पूर्व / २७.८६७° उत्तर ८३.५५०° पूर्व / 27.867; 83.550[१]
देश  नेपाल
विकास क्षेत्र पश्चिमाञ्चल
अञ्चल लुम्बिनी अञ्चल
जिल्ला पाल्पा जिल्ला
सदरमुकाम तानसेन
क्षेत्रफल[२]
 - जम्मा १,३७३ किमी (५३०.१ वर्ग मी)
अधिकतम उचाईं १,९३६ मि (६,३५२ फिट)
न्युनतम उचाईं १५२ मि (४९९ फिट)
जनसङ्ख्या (वि. सं. २०६८)नेपालको राष्ट्रिय जनगणना[२][३]
 - जम्मा २६१,१८०
 जनघनत्व १९०.२/किमी (४९२.७/वर्ग मी)
जातीयता
 - मुख्य जातीयता ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार, दमाई, सुनार
भाषा
 - मुख्य भाषाहरू नेपाली, अवधी, गुरुङ, नेवारी, मगर
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-७५
गाविस संख्या ६०
नगरपालिकाहरू
वेबसाइट ddcpalpa.gov.np

पाल्पा जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चलमा अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्लाको सदरमुकाम तानसेन हो।

नामाकरण[सम्पादन गर्ने]

इटालीका प्रसिद्ध विद्धान तथा इतिहासकार प्रो. जोशेफ टुचीको भनाई अनुसार यस जिल्लाको अस्तित्व ईसाको पाचौं शताब्दी तिर थियो। त्यस समयमा भारतवर्ष र चीन प्रदेशको ठूलो क्षेत्र मंगोलियाको अधिपत्यमा रहेको अड्कल काटिएको छ। उनको भनाई अनुसार मंगोलियन शव्द "वाल्वा" यसको अर्थ "सीप कला र कालीगढ"बाट पाल्पा बन्न गएको हो।[१]

इतिहास[सम्पादन गर्ने]

भारतमा मुगलहरूको आक्रमण सहन नसकी तुथारय सेन पैयागबाट धपिएर बुटवलको बाटो भएर रिसिङ हालको फेक गाविस वडा नम्बर ४मा लामो समयसम्म बसी पछि रिब्दीकोट कुसुमखोला पालुङमैनादी र ठिमुरे गाविसको साँधमा पर्नेमा आपुनो स्वतन्त्र राज्य स्थापना गरे। तानसेन आउनु अघि सेनवंशीय राजाहरू शिलाङथोकको नजीक हेको पुरानकोट हाल भैरवस्थान गा।वि।स। लाई राजधानी बनाई शासन गरेको इतिहासमा उल्लेख गरेको पाइन्छ। वि.सं. १३६३मा तुथारय सेन देखि प्रारम्भ भइ पाल्पा राज्यको संस्थापक मानिने रुद्र सेनले १५६६मा पाल्पा राज्यको स्थापना गरेका थिए। झण्डै ४९८ बर्षसम्म शासन गर्ने पाल्पाली सेन राजहरू मध्ये पछिल्ला पृथ्वीपाल सेनाको पालमा बहादुर शाह र भीमसेन थापाको रणनैतिक चतुर् याइले पाल्पा राज्य विसं १८६१मा नेपाल राज्यमा गाभियो। मुकुन्द सेन प्रथमको नेतृत्वमा पाल्पाले काठमाडौं, धनकुटा र भोजपुरसम्म राज्य विस्तार गरेको पाईन्छ।[१]

सेन वंशका दशौ पुस्ताका राजा चन्द्र सेनका छोरा रुद्र सेनले वि.सं. १५६३मा पाल्पा राज्यको स्थापना गरेका थिए भने मुकुन्द सेन प्रमको नेतृत्वमा पाल्पा राज्यको विस्तार काठमाडौं धनकुटा र भोजपुर सम्म भएको पाइन्छ। झण्डै ४९८ वर्षसम्म शासन गर्ने सेन राजाहरू मध्ये पछिल्ला राजा पृथ्वीपाल सेनको पालामा वहादुर शाह र भीमसेन थापाको रणनैतिक चतुर्‍याईले पाल्पा राज्य विस १८६१मा नेपाल राज्यमा गाभिएको थियो।[१]

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

नेपाल अधिराज्यको मानचित्रलाई हेर्दा २७ डिग्री ३४ मिनेट उत्तरी अक्षांश देखि २७ डिग्री ५७ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री १५ मिनेट पूर्वी देशान्तर देखि ८४ डिग्री २२ मिनेट पूर्वी देशान्तर बीच फैलिएको पूर्वमा नवलपरासी पश्चिममा अर्घाखाँची र गुल्मी उत्तरमा स्याङ्जा, तनहुँ र गुल्मी दक्षिणमा रूपन्देही र नवलपारसी बीचको भू-भाग पाल्पा हो। यस जिल्लाको भू-भागहरू समुद्री सतहबाट २०० मिटर देखि २००० मीटर उचाईसम्म रहेका छन्।[१]

यो पहाडी जिल्ला भएता पनि माडी, रामपुर, अर्गली, हुंगी, कचल, दर्पूक, सर्देवा, पूर्वखोला, अगांहाखोला, गेझावर्दले, भलायटार, दैलातुङ र दर्पुक जस्ता खेतीयोग्य उर्बर फाँटहरू पनि छन्। उष्ण देखि समशितोष्ण सम्म हावापानी भएको यस भूमिमा प्राकृतिक वनस्पति तथा जैविक क्षेत्रमा विविधता पाइन्छ। यस जिल्लाको सरदर औषत तापक्रम २३ डिग्री सेल्सियस भएता पनि गर्मीयाममा ३५ डिग्री सेल्सियस भन्दा बढी र जाडो याममा ३.७ डिग्री सेल्सियस भन्दा कम हुँदैन।[१]

प्रमुख स्थल[सम्पादन गर्ने]

यस जिल्लामा रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा(dumre), रम्भा देबि, पूर्वखोला, रामपुर, राम्दी सुन गुफा, कालीगण्डकी, दर्लममहाकाली, दर्लमडाँडा,महामृत्युन्जय शिबासन बराङ्दि जस्ता धेरै पर्यटकीय स्थलहरू छन्। केहि समय पहिला अवलोकन चुचुरो पनि बनेको छ । रानीमहल खड्गशम्सेरले आफ्नी रानीको सम्झनामा बनाएको मनोहर भवन हो, जसलाई नेपालको ताजमहल भनिन्छ। यो जिल्ला देशकै सबैभन्दा अनुकूल हावापानी भएको जिल्ला हो।[१]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस जिल्लामा मुख्यतया कफी अदुवा एवं विभिन्न खाद्यबालीको खेती फष्टाएको छ। पाल्पाको सदरमुकाम तानसेन बजार हो । पाल्पाली ढाकाटोपी देशकै उत्कृष्ट ढाका टोपी मानिन्छ। वि.सं. २०५६मा नेपालमा पहिलो पटक वैकल्पिक इन्धनका रूपमा सजीवन, बकाइनो र सल्लाको खोटो गाउँ मै उत्पादन हुने सजीवनको तेलबाट गाडी चलाएर पाल्पादेखि काठमाडौंसम्म करिब तीन सय किलोमिटरको यात्रा पूरा गरे अनुसन्धान प्रमाणका रूपमा माघ १६ गते पाल्पादेखि १६ यात्रु लिएर लु.१ ख १४३५ नम्बरको माइक्रोबसलाई काठमाडौं ल्याएका थिए। पाल्पास्थित भैरवदर्शन सजीवन ऊर्जा प्रबर्द्धन केन्द्र र पाल्पाली करुवा पनि एक हो।[१] पाल्पाली ढाका टाेपीले पनि प्रसिद्ध छ।

प्राकृतिक सम्पदा[सम्पादन गर्ने]

करिब ५२.०१ प्रतिशत भू-भाग ठूला रुख तथा बुट्यानहरूले ढाकिएको यस जिल्लाको वन पैदावरहरूमा साल, सल्लो, उत्तिस, चिलाउने, टुनी, साज, चिउरी, मौवा, खल्लुक आदि पर्दछन्। खास गरेर कचल र दोभान गा.वि.स. हरूमा साल काठ प्रशस्त पाइने र यातायातको किठनाइको कारण रुखहरू त्यसै खेर गइरहेको पनि पाइएको छ। जिल्ला भरमा मदनपोखरा लगयात जिल्लाका विभिन्न ठाउँहरूमा वन उपभोक्ता समितिहरू मार्फत सामुदायिक वनमा बृक्षारोपण र संरक्षण कार्य पनि गरिएको छ। जिल्लामा पाइने वन्यजन्तुहरूमा बाघ, भालु, स्याल, चितुवा, बँदेल, घोरल, ढेडुबाँदर, खरायो, मृग, फ्याउरो, दुम्सी आदि पाइन्छन् भने वन्यपंक्षीहरूमा डाँफे, लुइचे, कालिज, ढुकुर, जुरेली, काठखोलुवा, फिस्टो, तित्रो, बट्टाई, मैना, सारस, काँडेभ्याकुर, कोइली, सुगा, न्याउली, गिद्ध, चिल, बाज, गौथली, भँगेरा आदि देख्न पाइन्छ।[१]

नदीनालाहरू[सम्पादन गर्ने]

काली गण्डकी
पाल्पा जिल्लाको उत्तरी सीमानाको रूपमा रहेको यस काली गण्डकी उद्गम स्थल मुस्ताङ जिल्ला भएतापनि रिडीदेखि गाडाकोट हुँदै वाकामलाङ्सम्म यसले सीमानाको काम गरेको छ। यस नदीमा र्याफटिङ्ग गर्न र डुङ्गा चलाउन पनि सकिन्छ। यो नदीमा भगवान विष्णुको प्रतिक सालीकग्राम पाइने हुँदा उत्तम मानिन्छ। यस नदीको यम्घा गा.वि.स. र स्याङ्गजा जिल्लामा पर्ने कृष्ण गण्डकी गा.वि.स.को बीचमा १४४ मेघावाट क्षमताको 'काली गण्डकी ए' जलविद्युत परियोजना संचालन गरिएको छ।[१]
तिनाउ नदी
पाल्पा जिल्लाको देवीनगरबाट उद्गम भएको यो नदी माडीफाँट हुँदै बुटवलतर्फ पुगेको छ। बुटवलमा पुगी विभाजन भएपछि दानव नदी र तिनाउ नदीको नामबाट पुकारिन्छ।
निस्दी खोला
देवीनगर गाविसबाट निस्किएर पूर्व खोला हुँदै बग्ने यो खोला विभिन्न गाविसहरू हुँदै बगेर काली गण्डकीमा मिसिएको छ।
आरुङ खोला
देवीनगर उद्गम स्थल भएको यस खोला बहादुरपुर ज्यामिरे हुँदै नवलपरासी आरुङखोला तर्फ बगेको छ। यस खोलाको माछा ज्यादै चोपिलो र मीठो हुन्छ भन्ने भनाई छ।
रिडी खोला
अर्घाखाँची र गुल्मीको विभिन्न उचो भागबाट आएको यो खोला पाल्पाको भुवन पोखरी सिद्धेश्वर ख्याहा अर्गलीलाई स्पर्श गर्दै काली गण्डकीको रिडीमा मिसिएको छ।
अँगाहा खोला
रम्भादेवी ताहु हुमिन पिपलडाँडा फोक्सिङ्कोट बीच उत्पत्ति भइ राम्दीघाट काली गण्डकीमा प्रवेश गरेको छ।
सर्देवा खोला
देउराली र कुसुमखोलाबाट उत्पन्न भइ रिडी खोलामा मिलन भएको छ।
वराङ्दी खोला
वराङ्दी चापपानीबाट उत्पत्ति भइ काली गण्डकीमा प्रवेश गरेको छ।
दोभान खोला
फेक ठिमुरे छहरा जुठापौवा कचल आदि गाविसहरूबाट एकत्र हुँदै दोभान तिनाउमा मिलन भएको छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]

ढाँचा:नेपालका नगरपालिकाहरू