भुवनपोखरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भुवनपोखरी
Bhuwanpokhari
—  गाउँ विकास समिति  —
PalpaMap.jpg

छाप
भुवनपोखरी is located in Nepal
भुवनपोखरी
भुवनपोखरी
नेपालको नक्शामा भुवनपोखरी
निर्देशाङ्क: २७°५५′००″उत्तर ८३°२०′००″पूर्व / २७.९१६६६७° उत्तर ८३.३३३३३३° पूर्व / 27.916667; 83.333333निर्देशाङ्क: २७°५५′००″उत्तर ८३°२०′००″पूर्व / २७.९१६६६७° उत्तर ८३.३३३३३३° पूर्व / 27.916667; 83.333333
राष्ट्र  नेपाल
विकास क्षेत्र पश्चिमाञ्चल
अञ्चल लुम्बिनी
जिल्ला पाल्पा
जनसङ्ख्या (बि.स.२०६८)
 - जम्मा ५,४०८[१]
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
 - गर्मीयाम (डिएसटि) बुटवल (युटिसी)
टेलिफोन कोड ०७५

बन्दीपोखरा नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने पाल्पा जिल्लामा अवस्थित एक गाउँ विकास समिति[२] हो । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको पाल्पाको जिल्ला सदरमुकाम तानसेनदेखि पश्चिममा पाल्पा, गुल्मीअर्घाखाँची जिल्लाको सिमानामा समुन्द्री सतह देखि १,३७२ मिटरको उचाइमा भुवनपोखरी गाविस पर्दछ । भुवनपोखरी नामाकरण हुनु अघि यो ठाउँ गोखुंगाका नामले परिचित थियो । गाविसको माथिल्लो भेगमा रहेको घनाजङ्गलको बीचमा प्रसिद्ध रैनादेवीको मन्दिर रहेको छ । मन्दिर क्षेत्र २७ डिग्री ५४ मिनेट १४.८ सेकेन्ड उत्तरी अक्षांसदेखि ८३ डिग्री २० मिनेट १९.७ सेकेन्ड पूर्वी देशान्तरसम्म फैलिएको छ ।

विषयसूची

ऐतिहासिक पृष्ठभूमि[सम्पादन गर्ने]

तानसेनबाट आधाघण्टाको पक्की सडक त्यसपछि करिब ४० मिनेटको ग्राभेल सडक र करिब आधाघण्टाको कच्ची नागबेली सडक बसमा यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ । गोखुङाको लेक, वैदिक कालदेखि नै तपोभूमिको रूपमा रहेको पाइन्छ । गुम्बजाकारको मन्दिर निर्माणको शैलीले पनि यसलाई पुष्टि गरेको छ । देवीको मुख्य मन्दिरसतह वर्गाकार भई जमीनमा डेढ मिटर गहिरो छ भने छानो काठका बलोहरूलाई जोडेर गुम्बजाकारमा निर्माण गरिएको छ । वैदिककालमा निर्माण गरिएका नेपालको कर्णाली प्रदेशका अधिकांश मन्दिरहरू पनि प्रायः यस्तै शैलीका भएको पाइन्छ । ऋग्वेदमा पनि हजार स्तम्भ भएको यस्तै गुम्बज शैलीको वारुणी भवनको वर्णन पाइन्छ (१।४।१—५।६३।६ ऋग्वेद) ।

पौराणिक कालमा माण्डव्य ऋषिको तपोभूमि माडी, और्व ऋषिको तपोभूमि अर्गली, अत्रि ऋषिका पुत्र दुर्वाशाको तपोभूमि दुर्गाखोला, व्याकरणका ज्ञाता पाणिनिले महादेवबाट १४ वटा सुत्रहरू (अइउण, ऋलृक, ...) प्राप्तगरेको क्षेत्र पणेना दह, ऋष्य शृङ्गको तपोभूमि शृङ्गा, रुरु कन्याको तपोभूमि तथा ज्ञवाली वंशका आदिपुरुष सुमेरुको तपोस्थल रिडी, भृगु वंशीय महर्षिहरू, वाल्मिकि र कपिलमुनिको तपोस्थल यसै क्षेत्र वरपर पर्ने हुनाले पनि यो क्षेत्र परापूर्वकालदेखि नै पवित्र भूमिको रूपमा रहेको अनुमान गर्न सकिन्छ । त्यसो त पवित्र श्रीकृष्णगण्डकी क्षेत्र आफैमा पावन भूमिको रूपमा आदिकालदेखि नै प्रसिद्ध छ (टिकाराम पन्थी, केही जनश्रुतिहरू) ।

शक्तिसँगमन्त्रका अनुसार प्राचिनकालमा मानसरोवरदेखि दक्षिण र महाकालीदेखि पश्चिमको भूभाग कुमाउँको नामले प्रसिद्ध रहेको थियो (समुद्र गुप्तको प्रयागस्थित स्तम्भ ) । नेपालको इतिहासमा अहिलेसम्म लिखित प्रमाणिक मानिएको लिच्छवी काल हो । लिच्छवी कालको नेपाल पूर्वमा आसामदेखि पश्चिममा कुमाउँसम्म फैलिएको थियो । त्यस समयमा पाल्पा क्षेत्रलाई मल्लपुरी भनिन्थ्यो । लिच्छवी, शाक्य जस्तै कोलीयहरू पनि नेपालका पुराना राजवंश मानिन्छन् । कपिलवस्तुको पूर्वतर्फको राज्यलाई कोलीय राज्य भनिन्थ्यो र त्यसमा पाल्पा पनि पर्दथ्यो (धनवज्र वज्राचार्य, लिच्छवीकालीन अभिलेख) ।

गण्डकीप्रस्रवण क्षेत्रको लौकिक नाम ‘मगरात’ हो । ‘मगरात’ मगरहरूको उत्पत्तिस्थल हो । यो क्षेत्र पनि मगरात क्षेत्रमै पर्छ । र, यस क्षेत्रमा मगरहरूकै बाहुल्यता रहेको छ । किराँत मुन्धत्रुमअनुसार मगरहरू हिमालयको उत्तरभागमा ‘सिन’ नामक स्थानमा देखापरेका थिए । सिङ र चितु मगरको नेतृत्वमा उनीहरू उत्तरबाट दक्षिणतिर हालको रुकुम, रोल्पा, पाल्पालगायतका क्षेत्रमा झरेका थिए । उनीहरूको बाह्र जात भए त्यसैले यस क्षेत्रलाई ‘बाह्र मगरात’ भनियो । पश्चिम नेपालमा ई. ११०० तिरको एक ताम्रपत्रमा ‘मग्वर विषय’ (जिल्ला)को उल्लेख गरेको पाइएको छ । भुवनपोखरी क्षेत्रमा रहेका मगर वस्तिहरू पनि निकै पुराना रहेको त्यहाँका मगर वंशावलीले प्रमाणित गर्दछ । इतिहासका विभिन्न कालखण्डमा मगरहरू राज्यसञ्चालनको महत्वपूर्ण पदमा रहेको पाइन्छ । रैनादेवीको मूलपुजारी पनि मगर रहनुले धार्मिक कार्यमा पनि मगरहरू अगाडि रहेको पुष्टि हुन्छ ।

ई.स्वी १४२० तिर गण्डकी भेगका सामन्त गजब्रह्मको मृत्युपछि उनका छोरा धर्मपालले भुवनपोखरीदेखि दक्षिण—पूर्व करिब १५ किलोमिटरको दुरीमा रहेको ‘रिब्दिकोट’मा राज्य गरेको लिखित इतिहास पाइन्छ । पाल्पा राज्य स्थापना हुनुअघि यो क्षेत्र ‘रिब्दिकोट’ राज्यको रूपमा रहेको थियो । त्यस समय डोटीमा रिपुमल्ल, जुम्लामा वत्सराज, दुल्लुमा संसार ब्रह्म, अछाममा ईन्द्र ब्रह्म तथा उपत्यकामा ज्योतिर्मल्ल र वनेपा भेगमा शक्तिसिंहराम बद्र्धनको शासन थियो ।

खनालहरूको पुराना टिपोटहरूमा वि.सं. १४४२ सालमा चामुपाध्यायकी धर्मपत्नी भागा बज्यैले अर्धाकोटका राजाबाट खन विर्ता पाएकी थिइन् । उनका नाति रामकृष्णलाई रिब्दीकोटका राजा धर्मपालले राजगुरु बनाई विर्ता दिएको ताम्रपत्र पाइएको छ (कर्णबहादुर बानियाँ, पाल्पा गौंडाको इतिहास) । धर्मपालका पनाति रुद्रसेन अघिका ११ पुस्ताले यसै क्षेत्रमा राज्य गरेको र उनीहरू मगर राजा रहेको प्राचिन सेन वंशावलीमा उल्लेख छ ।

सत्रौं शताब्दीको सुरुमा पाल्पाका सेन वंशीय राजा मुकुन्द सेनको प्रथमकालीन राज्य सीमा पूर्वमा बराह क्षेत्र, पश्चिममा रुरु क्षेत्र, उत्तरमा मुक्ति क्षेत्र र दक्षिणमा हरिहर क्षेत्रसम्म पुगेको थियो । महाभारतमा शक, यवन र किराँतका साथै पल्लवहरूले पनि यस क्षेत्रमा राज्य गरेको पाइन्छ । हिमवतखण्डका पालक, पाल कुलको वैदिक संस्कृत प्रसूत ‘पाली’ भाषाको मूल केन्द्र पनि ‘पाल्पा’ र ‘पाल्ही’ माझखण्ड हो (गण्डकी माहात्म्य) । पद्मपुराणमा कालीगण्डकीको समीपवर्ति रूपदेश र त्यसको राजधानी ‘पालपापुरी’ भनिएको छ ।

वर्तमान समयमा पनि यस क्षेत्रभित्र पर्ने विभिन्न स्थानमा कतै रैनादेवी त कतै गोखुंगादेवीको नामले मन्दिर बनाई पूजाआजा गर्दै आइएको पाइनुले पनि यो तथ्यलाई पुष्टि गरेको छ । भारतको राजस्थान, गोरखपुर, हिमाञ्चल प्रदेश, नेपालको कर्णाली प्रदेशमा समेत रैनादेवी र गोखुंगाकी देवीको पूजाआजा गरिने गरेको पाइन्छ । यसले परापूर्वकालका रैनादेवीको प्रभाव पश्चिम नेपाल र छिमेकी मुलुक भारतमा समेत पुगेको अनुमान गर्न सकिन्छ ।

माथिका तथ्यहरूले गोखुंगा क्षेत्रमा वैदिक कालमा ऋषिमुनिहरूले तपोभूमिको रूपमा प्रयोग गरेको सहजै अनुमान गर्न सकिन्छ । यस क्षेत्रमा रहेको प्राकृतिक सुन्दरता, प्राचिन गुफाहरू र त्यस क्षेत्रमा प्राप्त पाषाणकालीन सामग्रीहरूले यस तथ्यलाई प्रमाणित गरेका छन् । त्यसपछि यस क्षेत्रमा महाभारतका शक, यवन र किराँतका साथै पल्लवहरूले शासन गरे । यिनीहरूको शासनकालपछि यस क्षेत्रमा लिच्छवीकालीन राजा, शाक्य, कोलीय, मगर र सेन वंशीय राजाहरूले राज्य गरेको देखिन्छ ।

यस्तो एैतिहासिक तथा पावन पुण्य भूमिमा रैनादेवीको मन्दिर रहेको छ । मन्दिरको उत्तर र दक्षिण दुबैतिरबाट पवित्र जलधारा बगेका छन् । दक्षिणतर्फबाट बगेको जलधारा बाक्लीखोला हुँदै रिडीखोलामा मिसिन्छ भने उत्तरतर्फबाट बगेको जलधारा आरुखोला हुँदै रिडीखोलामा मिसिन्छ । रिडीखोला पवित्र कालीगण्डकीमा मिसिनपुग्छ । रैनादेवीको शिरोभागबाट बगेका यी जलधाराले दक्षिणतर्फबाट देवीको पाउ धुँदै पवित्र रुरु क्षेत्रमा गएको किंवदन्ती यस क्षेत्रमा पाइनछ । यी जलधारा मार्गमा स्नान गरे वा पित्री तर्पण गरे मुक्ति पाइने जनविश्वास रहेको छ ।

गोखुंगादेवीबाट रैनादेवी कसरी भइन् ?[सम्पादन गर्ने]

रैनादेवी नाम कसरी रहन गयो भन्ने विषयमा विभिन्न मतहरू पाइन्छन् । गुल्मी र अर्घाखाँचीलगायतका क्षेत्रमा रैनादेवीलाई अहिले पनि गोखुंगाकी देवी भन्ने प्रचलन छ । सन् १९१९मा दोस्रो विश्वयुद्धताका छहराका एक पल्टनीयाले रैनादेवीलाई चढाएको घण्टामा ‘रोइनादेवी’ उल्लेख गरिएको छ । यसले त्यस समयमा रैनादेवीलाई ‘रोइनदेवी’ भनिने गरेको प्रष्ट हुन्छ ।

यस क्षेत्रमा परापूर्व कालदेखि नै मगरहरूको राज्य रहेको अगाडि नै उल्लेख गरेका छौं । यस क्षेत्रका धेरैजसो ठाउँहरूको नामाकरण पनि मगर भाषाबाटै भएको देखिन्छ । पूर्वी पाल्पामा मगर ढूटको बाहुल्यता छ भने पश्चिमतर्फ रुकुम, रोल्पासम्म मगर खाम—पाङ भाषाको बाहुल्यता छ । रेसुङ्गा, देलुङ्गा, केरुङ्गा, माडी, केलाडी, सपाङ्दी, बराङ्डी जस्ता ठाउँका नाम पनि मगर भाषाबाट रहेको पाइन्छ छ । यसरी हेर्दा गोखुंगाको नाम पनि मगर भाषाको ‘गों’ र ‘खुं’ शब्दबाट बनेको मान्न सकिन्छ । मगर भाषामा ‘गों’ शब्दको अर्थ हिमालनेरका पहाडको सेपिलो ठाउँ वा गाउँमाथिको भाग भन्ने बुझिन्छ भने ‘खुं’ शब्दले गुराँसलाई जनाउँछ । यसरी हेर्दा गुराँस फुल्ने डाँडालाई ‘गोंखुं’ भन्दाभन्दै कालान्तरमा गोखुंगा भएको मान्न सकिन्छ ।

रैनादेवीको मन्दिरमा पुख्र्यौलीदेखि मालश्री गाउँदै आएका लम्साल वंशका स्थानीय वुद्धिजीवी चन्द्रप्रसाद लम्सालका अनुसार यस लेकमा परापूर्वकालदेखि नै गाई पालिँदै आएको हुनाले गाई पालिने थुम्कोलाई ‘गोथुम्का’ भन्दाभन्दै कालान्तरमा गोखुंगा हुन गएको हो । पृथ्वीनारायण शाहकालीन नेपालमा इलाका वा क्षेत्रलाई ‘थुम’को रूपमा चिनिने हुनाले ‘गोथुम’बाट गोखुंगा भएको भन्ने अनुमान गर्न सकिन्छ ।

स्थानीय बुढापाकाहरू टाढाबाट हेर्दा एउटै रेखामा रहेका देलुङ्गा, गोखुंगा, कुटी र हालको रैनादेवी उच्चमावि रहेको लेक गाईका चार थुनजस्तै देखिने हुनाले ‘गोथुन’ भन्दाभन्दै गोखुंगा रहन गएको हुनसक्ने बताउँछन् ।

यी सबै मतलाई हेर्दा र रैनादेवीसँग जोडिएका किंवदन्तीहरूलाई केलाउँदा चन्द्रप्रसाद लम्सालको तर्क (गोथुम्काबाट गोखुंगा) निकै सान्दर्भिक देखिन्छ । स्थानीय ‘खामटुङ’ गाउँको नाम पनि संस्कृत भाषाबाटै रहेको देखिन्छ । संस्कृतमा टुङ्ले चराहेर्ने थलोलाई जनाउँछ । मगर खामहरूको बसोवास भएको खर्कमा चराहेर्ने ठाउँलाई खामटुङ भनिएको हुनसक्छ ।

हामीले गोखुंगा कसरी नामाकरण भयो भन्ने विषयमा चर्चा गरिसक्यौं । अब रोइनादेवीबाट रैनादेवी कसरी हुनगयो भन्ने विषयमा केही चर्चा गरौं । यस सम्बन्धी एउटा किंवदन्ती निकै चर्चित रहेको छ । परापूर्वकालमा भगवान शङ्करको विर्यबाट उठेको ज्वालाबाट दुई परीको गर्भ रही एउटीबाट कुमार र अर्किबाट मष्टा देवता पैदा भएको वर्णन पाइन्छ । यहाँका दर्लामी थरका मगरहरूले रैनादेवीलाई कुलदेवताकै रूपमा मान्ने गरेका छन् । यसले मष्टाकै सन्तानको रूपमा रैनादेवी जन्मिएको हुनसक्ने आधार देखिन्छ । रैनादेवीले भगवान शङ्करसँग म के गरुँ भनेर प्रश्न गर्दा ‘पृथ्वीतलमा गएर गोखुंगा नामको पवित्र भूमि छ त्यहाँ गएर मानवको रक्षार्थ काम गर्नु’ भनी आज्ञा पाएपछि उनी यस स्थानमा आई एक चित्तले तपस्यामा लिन भइन् ।

स्थानीय बुद्धिजीवी चन्द्रप्रसाद लम्सालले आफ्ना बाबुबाजेबाट रैनादेवीको बारेमा थाहा पाएअनुसार हालको देवीको मुख्य मन्दिर रहेको ठाउँमा एकजना न्यौपाने थरका ब्राह्मण र उनका छहरी थरका मगर सहयोगी गाई पालेर बसेका थिए । हाल कोटघर रहेको ठाउँमा गाईगोठ थियो भने मन्दिर क्षेत्रमा तोरी बारी थियो ।

असोजको महिना थियो । बारीमा पहेँलपुर तोरी फुलेको थियो । गोठमा अत्यन्तै दूधालु लैनु गाई थिइन् । छहरी मगर सधै गाई चराउन गोठालो जान्थे । तर, ती दूधालु गाई सधै आफ्नो बथान छाडेर हराउँथिन् । साँझ गोठमा फर्किएर लैनु गाईले दूध दिन छाडिन् । यसले न्यौपाने ब्राह्मण र छहरी सहयोगी चिन्तित थिए । एक दिन उनीहरूले गाईले किन दूध दिइनन् भन्ने कुराको चियो गर्ने निधो गरे । सधैं झैं गाईको हुल चराउनको लागि वनतिर गए । अकस्मात ती लैनु गाई आफ्नो बथान छाडेर तोरीबारीको बीच भागमा पुगी उभिइन् । उनको थुनबाट एकाएक दूधका धारा बग्न थाले । यो देखेर गोठाला गएकाहरू त्यहाँ के रहेछ भनी हेर्न गए । उनीहरूले त्यहाँ सुनको एउटा मौलो देखे । सुनको मौलो खनेर झिक्ने लोभले उनीहरूले दिनभर लगाएर मौलो खन्न थाले । तर, उनीहरू जतिजति खन्दै जान्छन् सुनको मौलो त्यत्ति नै भासिदै गयो । अन्त्यमा उनीहरू हार खाएर गोठमा फर्किए । अहिले पनि गोठालाहरूले सुनको मौलो झिक्न खनेको खाडल जस्ताकोतस्तै देख्न सकिन्छ । गोठमा फर्किसकेपछि राति सपनामा चार हात भएकी र बाघमाथि चढेकी देवी प्रकट भएर न्यौपाने ब्राह्मणलाई आफू स्वर्गबाट तपस्याका लागि यस ठाउँमा आएको बताउँदै आइन्दा सुनको मौलो खनेको ठाउँमा ब्राह्मण र छहरी मगरहरू आएमा उनीहरूको वंश नै नाश हुने श्राप दिइन् । त्यसको भोलिपल्ट झिसमिसेमा स्थानीय दर्लामी थरका एक सिपाही पल्टनतर्फ जाँदै रहेछन् । हालको गोखुंगा पँधेरानेर रहेको फलाँटको रुखनेर आइपुग्दा उनले एउटी कन्या रोइरहेको सुने । त्यो रुवाई क्रमशः उनीतर्फ आयो । उनले बाघमा चढेकी एक सुन्दर कन्यालाई रोइरहेको देखे । तिमी कोहौ भनेर सोध्दा ती कन्याले आफू स्वर्गबाट तपस्या गर्न यस ठाउँमा आएको तर न्यौपाने ब्राह्मण र उनका सहयोगीले आफ्नो तपस्या भङ्ग गरिदिएको हुनाले आफू त्यसठाउँमा बस्न नसकी अन्तकतै जानलागेको बताइन् । यो सुनिसकेपछि दर्लामी थरका ती सिपाहीले देवीको शरणमा पर्दै त्यो ठाउँ छाडेर अन्तकतै नजान आग्रहगर्दै देवीको रक्षार्थ आफू र आफ्ना सन्तान लागिरहने बताए । त्यसपछि देवी अलप भइन् । यस्ता तरहले ती सिपाहीले न्यौपाने ब्राह्मण र उनका सहयोगीहरूले सुनमौलो खनेको ठाउँमा गुम्बज आकारको मन्दिर निर्माण गरी हरेक आइतबार, नवदुर्गाको नवै दिन, बैशाखे पुर्णिमा र मङ्सिरमा धुमधामसित देवीको पूजाआजा गर्ने चलन चलाए ।

यसरी देवी रुँदै हिडेकी हुनाले ‘रोई हिड्न्या देवी’ भन्दाभन्दै कालान्तरमा ‘रोइनादेवी’ हुँदै ‘रैनादेवी’ भएको भन्ने जनश्रुती पाइन्छ । केहीले हिँदेकी देवी फर्किइन् वा देवी यहीँ रहिन्, ‘रहिन्देवी’ भन्दाभन्दै रैनादेवी भएको भन्ने पनि मत पाइन्छ । मष्टा संस्कृतिको रूपमा रैनादेवी

=== * प्रथमं वज्रदेवं च गाणदेवं द्वितीयकम् ।

  • तृतीय सोमलिङ्ग च मष्टादेवी तदन्तरमं् ।।
  • पञ्चमं तु वराहं च सुरपालं च षष्ठमम्ं ।
  • सप्तमं ब्रह्मदेवं च घन्देश्वरी ततः परम् ।।
  • मादिष्टोच रुादिर्लो राहान्तोवः पुनस्तथा ।
  • त्रपालान्तः क्षेकाराश्य पालान्तो वंशगोस्मृत ।।
  • पञ्चैते खिल विप्राणि कुलदेवता प्रकीर्तिताः ।
  • पुज्यन्ते लोकपालानां चर्तुर्वेदोक्तकर्मणा ।। ===

नेपालका सबैजसो बासिन्दाले प्रत्यक्ष वा परोक्ष रूपले मष्टा देवताको पूजागरेको पाइन्छ । एकपटक विश्वका सबै जातिहरू खस थिए । पछि भौगोलिक तथा सांस्कृतिक विभाजनले विभिन्न जातिहरूमा विभाजित भए । देवी पूजन सम्पूर्ण खसहरूको परम्परा छ । तर, अभिलेखहरूमा मष्टा परम्पराहरूबारे कुनै लिखित तथ्यहरू पाइएका छैनन् । हिमाली क्षेत्रका खसहरूले मष्टालाई बपौति पेवाजस्तै ठान्छन् । खसहरूले पहिले देखि नै मष्टाको पूजा गर्थे । यस्तो परम्परा नेपालमण्डलमा पनि चलेको कुरा एसियाटिक सोसाइटी बङ्गालको मुखपत्रमा श्री चिन्ताहरण चक्रवर्तीले अनुसन्धान गरेका थिए ।

कुलपुजालाई हेर्दा स्थानीय मगरहरूले रैनादेवीलाई कुलायनको रूपमा पुज्ने गरेको जिउँदो इतिहास छ । दक्षिण र दक्षिण—पूर्वी, मध्य एसियाका धेरैजसो मुलुकहरूमा धामी झाँक्रीहरूले मष्टासँग सोधेर बली वा रोट चढाउने परम्परा छ । यस्तो परम्परा रैनादेवी मन्दिरमा पनि छ । यहाँ मुठी सोध्दा, गाउँमा कुनै विपत् पर्दा धामीले देवीसँग सोध्ने प्रचलन छ । नेपालका शाह, ठकुरी, चन्द्रवंशी र खाँडहरूले मूलदेवी, आलमदेवी, विन्ध्यावासिनी र बारामष्टालाई कुलदेवता मान्छन् । रैनादेवीको इतिहास पनि यी देवीहरूको इतिहासको सन्निकट छ ।

डोल्पास्थित त्रिपुरासुन्दरी देवीलाई बुद्ध, कोन र हिन्दुधर्मका अनुयायीले मष्टा देवताकै रूपमा पुजा गर्दै आएका छन् । ६ सय वर्ष पुरानो अभिलेखबाट मष्टा देवताको प्रमाणिक आधार पाइन्छ । यसै तथ्यलाई प्रमाणित गर्ने आधार गोरखा राज्यका अज्र्यालकूलका ब्राह्मणहरूले राजाको कुलायन पुजा गर्दा “मादिष्टान्तरुमार्दिलः पालान्तो क्षेत्रगो पुनः राहान्तोबै ब्राह्मणानां पञ्चैते कुलदेवताः” भन्दथे । वि.सं १४४६मा भाद्र महिनाको पुजा गर्दा पश्चिम क्षेत्रका राजा मलयवर्माले प्रदान गरेको ताम्रपत्रमा ‘कनुकवा’ नामको स्थान वर्णन गरेको हुनाले कालामष्टा वा कवामष्टाको नाम उल्लेख गरेको हो कि भन्ने अनुमान गर्न सकिन्छ । कनफट्टा योगीहरूका चौरासी सिद्धहरूको नाममा जालन्धरपा, मष्टपा, सरज्या रहेजस्तै सपादलक्ष्य साम्राज्यमा निमपाको नाम पनि प्रख्यात छ ।

बाह्र मगरातका मगरहरूले मण्डलीदेउ भनी आफ्नो देवाली गर्ने गरेको पाइन्छ । मष्टालाई मगरहरूले तिनै लोकका देवता मान्छन् । पश्चिम नेपालमा मष्टादेवतालाई अनिष्ट, अनिकाल, अल्पायु, अतिक्रमण हटाइ कुलको रक्षा गर्ने देवताको रूपमा मानिन्छ । यस्ता तथ्यहरूले रैनादेवीलाई मष्टा देवताकै सन्तानको रूपमा लिन सकिन्छ । कुनै नयाँ काचम गर्दा, नयाँ अन्न भित्रयाउँदा देवीका धामीले धुपधुवाँ र आरती दियो बालेर निर्णय गर्ने मष्टा परम्परा र मतवाली खसहरूले मष्टालाई दिने बलि प्रचलन यहाँ पनि यथापत रहेकाले रैनादेवी मष्टा देवताकै सन्तान हुन् भन्नेमा दुई मत हुनै सक्दैन । नेपालको मूल संस्कृति भन्नु नै मष्टा संस्कृति रहेकोले पनि रैनादेवीको पुजा परम्परा र अस्तित्व मष्टा संस्कृतिसँगै सुरुभएको प्रमाणित हुन्छ ।

न्वागी संस्कृति र रैनादेवी[सम्पादन गर्ने]

कृषिसँग गाँसिएका हाम्रा अनेकौं सामाजिक संस्कार हाम्रो लोकजीवनको अभित्र संस्कृतिकै रूपमा विकसित हुँदै आएका छन् । ‘न्वागी’ पर्व पनि यसै अन्तर्गत पर्दछ । संस्कृतको ‘नवात्र’ शब्द नेपालीमा ‘नुवागी’ हुँदै हाम्रो जनजीब्रोले ‘न्वागी’ उच्चारण गरेको पाइन्छ । यो पर्वमा प्रत्येक वर्ष नयाँ धानबाली पाकेपछि काँचो चामलमा दही, केरा, सुकुमेल र अन्य मसला एकै ठाउँमा मिलाई त्यसलाई राम्ररी मुछेर विधिर्पूवक देवता तथा पितृहरूलाई चढाइसकेपछि त्यसलाई प्रसादस्वरूप खाने परम्परा रही आएको छ ।

हाम्रा प्रत्येक संस्कृतिहरूले मूल रूपमा आध्यात्मिक संस्कृतिलाई नै वरण गरेका हुन्छन् । यसभित्र मानवताको महत्व, आस्था, विश्वास र सामूहिक हितको पक्ष प्रबल बनेर उभिन पुगेको पाइन्छ । देवता र पितृहरूलाई नचढाई केही कुरा नखाने हाम्रो आस्था र विश्वासलाई यो संस्कृतिले पनि स्वीकारेको छ । नयाँ धान भित्र्याई तुलसी, राधा, दामोदरको विधिर्पूवक विवाह सम्पत्र गरी न्वागी खाने गरिन्छ ।

दुष्कृतंहि मनुष्यस्य सर्वमन्ने व्यवस्थितम्
पो यस्यान्नं समश्वाति स तस्याश्नति किल्विषम् ।
—कूर्मपुराण —१७।१५

यो श्लोकको अर्थ हुन्छ मान्छेले जति पाप गर्छ त्यो उसले खाएको अन्नको कारणले हुन्छ । वेवास्ताले विना विधि अन्न खाने मान्छे आफै सङ्कटमा पर्दछ । कूर्मपूराणको यो श्लोकले पनि परापूर्वकालदेखि नै अन्न खाँदा निश्चित प्रक्रिया पु¥याएर खानु पर्ने शन्देश दिएको छ । त्यसैले पनि कृषि पेशामा आश्रित सबैका लागि न्वागी पर्व जीवनशैलीकै रूपमा विकसित हुँदै आएको देखिन्छ । खासगरी ग्रामीण क्षेत्रका कर्मयोगी किसानहरूले प्रत्येक वर्षविशेष हर्ष उमङ्ग र उल्लासर्पूवक मनाउने यो पर्वलाई नेपाली समाजको एउटा नितान्त बेग्लै किसिमको पर्व मात्र सकिन्छ ।

हाम्रा धर्मग्रन्थ र पुराणहरूले आषाढ शुक्ल एकादशी तिथिका दिन पर्ने हरिशयनी एकादशी तिथिदेखि कार्तिक शुक्ल एकादशीको तिथिसम्मको चार महिनाको समयावधिलाई ‘चर्तुमास’को रूपमा परिभाषित गरेको पाइन्छ ।

असार महिनामा धान रोपिसकेपछि चर्तुमासका चार महिना कर्मयोगी किसानहरूले आप्mनो व्यस्त जीवनबाट केही मात्रामा मुक्ति पाउँछन् । विशेष गरी यो चार महिना उनीहरूका लागि विभित्र किसिमका व्रत, उपासना, यज्ञ, अनुष्टान आदि गर्ने र विभित्र किसिमका जात्राहरू चलाउने, पर्वहरू मनाउने अवसरका रूपमा पनि देखापर्दछ ।

न्वागी पर्व मनाउनासाथ किसानहरू आप्mनो उब्जनीमा आधारित सामग्रीको व्यवस्थापन, त्यसको परिचालन र व्यवसायमा केन्द्रित हुन थाल्दछन् । उनीहरूको जीवन पुनः अत्यन्त व्यस्त हुनपुग्छ । यसरी उनीहरूको जीवनलाई कर्मका प्रति पुनः समर्पित हुने भावना जाग्रत गराउने भएकोले पनि हाम्रो जनजीवनमा न्वागी परम्पराको विशेष सामाजिक महत्व रही आएको पाइन्छ । नेपालको सबैजसो क्षेत्रमा नयाँ अन्न भित्र्याउने आ—आफ्नै परम्परा छन् । पूर्वी नेपालको किराँत समुदायभित्र पर्ने राई, लिम्बु, सुनुवार, याख्खा जातिहरूले यो चाडलाई ‘चासोक तङनाम’को रूपमा मनाउँछन् भने पश्चिम नेपालमा यस पर्वलाई ‘न्वागी’ पर्वकै रूपमा मनाउने गरिन्छ ।

किराँत संस्कृतिमा ‘तागेरा निवाफुमा’ले मानिसलाई धान, जांै र कोदोको बिउ दिएर अत्र बाली लगाउन र बाली पाकिसकेपछि पकाएर खान सिकाएको भन्ने किंवदन्ती पाइन्छ । यसरी नयाँ बाली पाकिसकेपछि युमा साममांग, थेबासममांग, थुंग थान्ग्बा, चोखोबा, मिक्सामको पूजा—अर्चना गरी बाली भित्र्याउने परम्परा छ । यस पर्वलाई लिम्बु जातिले चासोक तङनाम, राई जातिले साकेला, याख्खा जातिले चोसोवा र सुनुवार जातिले फोलष्यादरको रूपमा मनाउने गर्छन् । मङ्सिर पूर्णीमामा पर्ने यस पर्वलाई उधौली पनि भत्रे गरिन्छ । किराँतहरूले मङ्सिरे पूर्णिमालाई उधौली र वैशाखे पूर्णिमालाई उभौलीको रूपमा मात्रे गर्छन् । परम्परागत रूपमा मनाइँदै आइएको किराँत उधौली र उभौली पर्वलाई नेपाल सरकारले वि.सं. २०५८ देखि राष्ट्रिय पर्वको मान्यता दिएको छ । पश्चिम नेपालका आदिवासी जनजाति समुदायमा हरेक वर्ष नयाँ बाली भित्र्याउँदा सिमे, भूमे, नाग, खोलापारेलगायतका देवी देवताको पूजा—अर्चना गर्ने परम्परा छ । नेपालको सुदूर, मध्य र पश्चिमाञ्चल विकास क्षेत्रका धेरैजसो स्थानमा प्रायः हरिबोधिनी एकादशी तिथिको भोलिपल्ट अर्थात् कार्तिक शुल्क द्वादशीका दिन यो पर्व मनाइने गरिन्छ । तर, पश्चिम पाल्पातिर मनाइने न्वागी पर्वले वेग्लै विशेषता बोकेको पाइन्छ । यहाँ पश्चिम पाल्पामा मनाइने न्वागी पर्वको चर्चा गर्ने प्रयास गरिएको छ ।

गोखुङ्गा रैनादेवीको न्वागी[सम्पादन गर्ने]

पाल्पा जिल्ला भाषा, कला र संस्कृतिमा निकै धनी मानिन्छ । यहाँको सांस्कृतिक विविधताको एउटा महत्वपूर्ण अङ्ग हो रैनादेवीको न्वागी पर्व । रैनादेवीको मन्दिर पाल्पा, गुल्मी र अर्घाखाँचीलगायत यस क्षेत्रको प्रसिद्ध तीर्थस्थल हो । पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाको संगमस्थलको रूपमा रहेको यो मन्दिरको उत्तरमा गुल्मी जिल्लाको दांैघा गाविस, दक्षिणमा अर्घाखाँची जिल्लाको पणेना र खिदिम गाविस त्यस्तै पूर्वमा पाल्पा जिल्लाकै छहरा, सोमादी र सिद्घेश्वर गाविस पर्छन् । अधिकांस मगर समुदायको वाहुल्यता रहेको भुवनपोखरी गाविसमा ब्राह्मण, क्षेत्री, कुमाललगायत अल्पसङ्ख्यक दमाई, कामी, सार्की र चुँदाराहरूको बसोवास रहेको छ ।

पाल्पा जिल्ला सदरमुकाम तानसेन देखि करिब ३८ किलोमिटरको दुरीमा अवस्थित रैनादेवी मन्दिर महाभारत पर्वत श्रृङ्खलाअन्तर्गत समुद्री सतहदेखि करिब १,६०० मिटरको उचाइमा रहेको छ । मन्दिर क्षेत्र प्राचीन, धार्मिक, ऐतिहासिक, पर्यटकीय एंव पुरातात्विक महत्वका हिसाबले जिल्लामै सम्पन्न मानिन्छ ।

नेपालकै प्रसिद्ध तीर्थस्थल भैरवस्थान मन्दिरको बाटो हुँदै यहाँ पुग्न सकिन्छ । गुल्मी जिल्लाको पवित्र तीर्थस्थल रुरु क्षेत्र, ऋष्य शृङ्गको तपोभूमि श्रृङ्गा, र गुल्मी जिल्लाको सदरमुकाम तम्घासदेखि पुगनपुग पाँच घन्टाको पैदल यात्रापछि पनि यो क्षेत्रमा पुग्न सकिन्छ । अर्धाखाँची जिल्लाको ऐतिहासिक स्थल पाणेनि तपोभूमि र दुर्वासा भूमि यो मन्दिर क्षेत्रबाट करिब दुई घन्टाको दूरीमा रहेका छन् । चाँप, गुराँस, कटुस, सौर, काफल, श्रीखण्डलगायतका दुर्लभ एवं बहुमुल्य वनस्पतिको घना जङ्गलको बीच भागमा रहेको यस मन्दिरमा वर्षैभरि पुजापाठ गर्ने र पशुपंक्षीको बली चडाउने गरिन्छ । दशैंको नवदुर्गाभर र न्वागी पर्वको अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्छ ।

दशैंको महाअष्ठमीका दिन मध्यरातमा गरिने कालिकाको पुजा, सोरठी नाच, सराँय, मालश्री, बालुन र ख्याली नाच यहाँका प्रमुख आकर्षण हुन् । जङ्गलभित्र रैनादेवीको शक्ति पीठ, सत्य देवी र कालिकाको मन्दिर रहेकाछन् । मन्दिरमा आठ सय वर्ष पुरानो घन्ट रहेको स्थानीय बुद्धिजीवी चन्द्र लम्साल बताउनुहुन्छ । घन्टमा उल्लेख भएअनुसार मन्दिरको नाम पहिले ‘रोइन देवी’ रहेको र पछि सजिलोका लागि रैनादेवी रहेको उहाँले बताउनुभयो । यस मन्दिरमा ब्राह्मण र छहरी मगरहरूलाई प्रवेश निषेध छ ।

यसै मन्दिरको नामबाट दैलेखको विन्ध्याबासिनी गाविसमा समेत रैनादेवीको मन्दिर स्थापना गरिएको छ । त्यसैगरी भारतको राजस्थानको जोधपुर क्षेत्रमा पनि रैनादेवीको पुजा गर्ने प्रचलन रहेको पाइन्छ । लुम्बिनी अञ्चलका धेरैजसो जिल्लाहरूमा गोखुङ्गाको रैनादेवीको स्थान स्थापना गरेर पुजा गर्ने गरेको पाइन्छ । र, नयाँ अन्न भित्र्याउँदा यहाँकै न्वागीलाई मान्ने गरिन्छ । यस्ता तथ्यहरूले परापूर्वकालमा रैनादेवीको प्रचार—प्रसार पश्चिम नेपालमा मात्र नभएर छिमेकी मुलुकमा समेत रहेको देखिन्छ । तर पछिल्लो समयमा प्रचार—प्रसारको कमीले यो क्षेत्र ओझेलमा परेको स्थानीय जगलाल नेपाली बताउनुहुन्छ ।

मन्दिरमा पृथ्वीनारायण शाहकालीन हातहतियार र खड्ग, ताम्रपत्र र रैनादेवीको आफ्नै मालश्री रहेको स्थानीय फर्सबहादुर खाम्चा बताउनुहुन्छ । मन्दिरमा अक्षता कुट्नको लागि जङ्गलको बीचमा ढिकी राखिएको छ भने धुपका लागि कोलको व्यवस्था गरिएको छ । मन्दिर सञ्चालनार्थ परापूर्वकालदेखि स्थानीय राजा रजौटाहरूद्वारा गुठीको व्यवस्था गरी मगरजातिका पुजारीले पूजाआजा गर्ने व्यवस्था छ । मन्दिर क्षेत्रबाट धौलागिरी, अन्नपूर्ण, माछापुछ«ेलगायतका दर्जनौ हिमश्रङखलाहरूको मनमोहक दृश्यावलोकन गर्न सकिने यो स्थान अत्यन्त सुन्दर एंव प्राकृतिक सुन्दरताले परिपूर्ण छ । यस मन्दिर सतहको पश्चिम—उत्तरबाट रिडी खोला र वाक्लीे खोला बगिरहेका छन् । रैनादेवी जङ्गल क्षेत्रमा कालिज, तित्रा, लुइँचे, काँडेभ्याकुर, मृग, जङ्गली खरायो, नियाली बाघलगायतका दूर्लभ चराचुरुङ्गी तथा वन्यजन्तुहरूको बासस्थान रहेको छ । यस गाविसको वरिपरि दुरदराजका गाउँहरूसम्म कात्र्तिक महिनामा धानबाली स्याहारी नयाँ अन्नको प्रसाद(अक्षता) देवीलाई चढाई मात्र दही चामल मिलाई प्रसादका रूपमा ग्रहण गर्ने परम्परा चलिआएको छ । सोही अक्षता देवीलाई चढाउने पुजा कार्यक्रमलाई न्वागी पर्व भन्ने गरिएको छ ।

न्वागी मनाउने परम्परा यसक्षेत्रमा कहिले देखि सुरुभयो भन्ने कुनै प्रमाण नभेटिएपनि अन्न भित्र्यान कार्तिक १७ गतेका दिन विधि पूर्वक धामी झाँक्रीद्वारा देवीसँग सोधी प्रत्येक कार्तिक २३, २५, २७ र २९ गतेमध्ये एक दिन धान काटने (मुठी लाने) गरिन्छ र सोही दिन देखिे ११ औं दिनका दिन देवीलाई पशुपंक्षीको भाकल दिइन्छ । रैनादेवीसँग मागेको बर कहिल्यै पनि खेर नजाने स्थानीय बासिन्दाहरूको विश्वास रहेको छ । यहाँका स्थानीय बासिन्दाहरू वर्षभर परदेशी भएपनि न्वागीको समय पारेर घर आउने गर्छन् । न्वागीको दिन बिहानैदेखि मन्दिरमा पुजाआजा हुने गर्छ भने रातभर सोरठी, ख्याली, बालुन र मालश्री गाउने तथा नाच्ने गरिन्छ । पछिल्लो समयमा स्थानीय बासिन्दाको पहलमा न्वागी मेलालाई महोत्सवकै रूपमा मनाउन थालिएको छ ।

गोखुंगा क्षेत्र र रैनादेवीको महत्व[सम्पादन गर्ने]

रैनादेवी मन्दिर र यस वरपरको क्षेत्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थलको रूपमा रहे ता पनि यस सम्बन्धी खासै खोज तथा अनुसन्धान हुनसकेको देखिँदैन ।

यस क्षेत्रको भौगोलिक अवस्थितिलाई हेर्दा यस क्षेत्रले इतिहासमा महत्वपूर्ण सामरिक महत्व राख्ने गरेको सहजै अनुमान गर्न सकिन्छ । पाल्पा, गुल्मी र अर्घाखाँचीको सिमानामा पर्ने यो मन्दिरमा पाइएका पाषाणकालीन हतियार, शाहकालीन तरबार, ढाल र अन्य युद्ध सामग्रीहरूले पनि यो स्थल कुनै महत्थ्वपूर्ण किल्लाको रूपमा रहेको प्रमाणित हुन्छ ।

पृथ्वीनारायण शाहको नेपाल एकिकरणको समयमा एकदिन रैनादेवी सपनामा प्रकट भएपछि अर्कोदिन विहानै राजाले ‘हे ! गोखुंगाकी देवी तिमी यदि सत्तकी छौ भने मैले यो पाडोलाई बलिको रूपमा पठाएको छु’ भनी बली पठाएको किंवदन्ती पाइन्छ । राजाले पठाएको उक्त पाडो नवरात्रको नवौं दिन महानवमीको विहान गोखुंगा देवी मन्दिरमा आइपुग्यो । मन्दिरमा पुजाआजा चलिआएको थियो अकस्मात पाडो आएर मौलोनेर घाँटी थापेर उभिएपछि त्यहाँ उपस्थित सबै डराए । पाडोको घाँटीमा बाँधेर राखेको कागज खोलेर हेर्दा राजाले बलिदिनु भनी पठाएको पत्र रहेछ । त्यसपछि त्यो पाडोलाई पहिलो बलिको रूपमा मौलोमा बध गरियो । अचम्मको कुरा बध गरिएको पाडोको शिरलाई कोटघरमा रहेको महाकालीको मुर्तिमा नचढाउँदासम्म शिर काटिएको पाडो उभिइनै रह्यो भन्ने किंवदन्ती पाइन्छ । त्यसपछि गोरखाबाट हरेक वर्ष राजाले बलिको लागि पाडो पठाउने व्यवस्था गरिदिए र त्यसपाडोलाई सरकारी पाडो वा जेठो पाडो भन्ने गरियो ।

अहिले पनि मन्दिरको कोषबाट जेठोपाडोको बलिदिने परम्परा छ । पछिसम्म जिल्ला विकास समितिबाट जेठोपाडोको लागि छुट्टै रकमम आउने गरेको र पछिल्लो समयमा रोकिएकाले मन्दिरको कोषबाटै जेठो पाडो किन्ने गरिएको पुजारीहरू बताउँछन् । अहिले पनि जेठोपाडोको बलि दिएपछि महाकालीको मूर्तिमा नचढाउँदा सम्म चल्दैन । यसलाई सबैले रैनादेवीको चमत्कारका रूपमा लिन्छन् । यहीँ चमत्कार हेर्न टाढाटाढाबाट मानिसहरू अखाउने गर्छन् ।

पृथ्वीनारायण शाहभन्दा अगाडि नै पाल्पाका तत्कालीन सेन वंशीय राजा मुकुन्द सेन द्वितीयले १८२९ तिर देवीको दैनिक पुजाआजाको लागि ४० मुरी धान फल्ने खेत गुठीको रूपमा व्यवस्था गरिदिएको बुढापाकाहरू बताउँछन् । मुकुन्द सेन द्वितीयले हालको भुवनपोखरी गाविस वाड नं. ३ स्थित लामपातेमा गुठीको व्यवस्था गरी ताम्रपत्र प्रदान गरेका थिए भन्ने उनीहरू बताउँछन् । तर, त्यो ताम्रपत्र वि.सं. १९५०को आगलागीमा नष्ट भएको भन्ने सुनिन आएको छ । यो इतिहासमै खोजिको मुख्य विषय हो । हाल यो गुठीको खेत रिडीखोलाको बगरमा परिणत भएको छ । खेत बनाउन खोज्दा हरेक ढुङ्गामुनि सर्प भेटिएपछि देवीको डरले त्यो काम रोकिएको स्थानीय समाजसेवी फर्सबहादुर खाम्चा बताउँछन् ।

भुवनपोखरी गाविसको वाडनं ५ निवासी नारायण मरासिनीको घरमा “.....संवत् १८२९ साल मि. भाद्र सुदि १३ रोज ४ मु. नुवाकोट” लेखेको मुकुन्द सेन द्वितीयको एउटा ताम्रपत्र पाइएको छ । तर, त्यो ताम्रपत्रलाई कतिले विर्तापत्र पनि भनेका छन् । मरासिनीकै भनाइलाई आधारमान्ने हो भने वि.सं १८७७ सालमा श्री ५ रावजेन्द्र विक्रम शाहले विर्ता थामिदिएकोमा वि.सं १९५०मा घरमा आगलागी हुँदा सो ताम्रपत्र डढेर दुई टुक्रा भएको छ । यता मन्दिरका पुजारीहरू पनि रैनादेवीको अक्षता राख्ने मन्दिरमा भएको आगलागी र मरासीनीको घरमा भएको आगलागीको समय मिल्न गएको बताउँछन् । यसले कतै त्यो ताम्रपत्र रैनादेवीकै गुठीको हो कि भन्ने आशङ्का जगाइदिएको छ । यसलाई अर्को तथ्यले थप प्रमाणित गरेको छ कि मुकुन्द सेन द्वितीयका पालामा विर्ता दिँदा सबै विर्ता पत्रमा ‘विर्ति दिहल’ भनेर लेखेको पाइन्छ । तर, यो तम्रपत्रमा ‘विर्ति दिहल’ भनेर लेखिएको छैन ।

सोही गाउँकै चतुर्भुज अधिकारीसँग रहेको मुकुन्द सेन द्वितीयकै पालाको “.......संवत् १८१९ साल मोती श्रवण वदि ३ मुकाम पाल्पा” लेखिएको विर्तापत्रमा समेत ‘विर्ती दिहल’ लेखिएको छ । मरासिनीसँग भएको ताम्रपत्रमा लेखिएको “....तिलक राषि षातिरज्मा आसिंष...” भन्ने शब्द उल्लेख छ । यस क्षेत्रमा रैनादेवीको अक्षतालाई आजसम्म पनि ‘तिलक’ भनिन्छ । रैनादेवीको गुठी खेत पनि दैनिक पूजाआजाकै लागि दिइएको समाजसेवी खाम्चा बताउँछन् । यसले सो ताम्रपत्र विर्ताको नभई रैनादेवीको गुठीकै हो भन्ने प्रमाण दिन्छ ।

यसले के देखाउँछ भने सो समयमा मन्दिरको लागि विर्ता दिँदा पुजारीप्लाई नदिई गाउँका भद्र वा प्रमुखलाई राख्न दिएको हुन सक्छ । अर्को यहाँका पुजारी पढेलेखेका नभएका हुनाले पढ्न जान्ने ब्राह्मण समुदायका व्यक्तिले उक्त ताम्रपत्र राखेको हुनसक्छ । यस विषयमा खोजिनु आवश्यक छ । तर, यी दुवै विर्तापत्र वा गुठी पत्र जे भएपनि नेपालको इतिहास तथा पाल्पा राज्यको इतिहासको अध्ययनका लागि निकै महत्वपूर्ण र अहिलेसम्म प्राप्त पुराना ताम्रपत्र हुन् भन्नेमा दुईमत छैन ।

१. भुवनपोखरी गाविस वडा नं. ५ निवासी नारायण मरासिनीसँँग रहेको तम्रपत्रको पूर्णांश ः[सम्पादन गर्ने]

श्री हृषीकेशौ जयतः स्वस्ती श्री श्रर्चरनसरनपूर्व क रूपनारायणेत्यादि विविध विरुदावली विराजमानमा न यातमानोन्नत श्रीमन्महा राजाधिराज श्री श्री श्रीराजा मनमुकुन्दसेन बहादुर देवानां सदा समर विजयीनां........ आगे गृहपति पाध्यायकजो बरमार झिक्री निव्यं समेतव्य र्ति बेत जयादिहल से तावापत्र कै सदर्थि दिहल तिलकरा षि षातिरज्मा से षां आसिं ष देसुमनिंतनकरै सघन सकठ समय चतुसिंमाउ चित्तकै दिहल संवत् १८ २९ साल मि. भाद्र सुदि १३ रोज ४ मु. नुवाकोट सुभम्.....................

२. भुवनपोखरी गाविस वडा नं. ५ निवासी चुतर्भुज अधिकारीसँग भएको ताम्रपत्रको पूर्णांश[सम्पादन गर्ने]

श्री हृषीकेशौ जयतः स्वस्ती श्रीश्वरश्ररणपूर्वक रूपनारायणेत्यादि विविध विरुदावली वीराजमानमाननोन्नत श्रीमहाराजाधिराज श्री श्री श्री श्री मन्मुकुन्दसेन देवानां सदा समर विजयीनां.......... कासीराम जैसीकै वडह¥या षेत मुरी ४०÷चालीस हलेवा मुरी १०÷दस पचासमुरी विर्तिरहल सेदर्थी

दिहल वडह¥याकै सिवानपूर्व वर पहरा साँध दषीन वर खोलसी साध पूर्व वर गन्यारीकै रुष साध उत्तर वर पोष¥यालकै विर्ति साध पछिम वर पवढ्यालकै विर्ति साधकै दिहल संवत् १८१९ साल मोती श्रवण वदि ३ मुकाम पाल्पा शुभं........

रैनादेवी क्षेत्र सांस्कृतिक हिसावले पनि निकै महत्वपूर्ण मानिन्छ । यहाँ रहेको कुमाल तथा मगर संस्कृति, सोरठी, बालुन, सराएँ र न्वागी संस्कृति नेपालका अन्य संस्कृतिभन्दा पृथक छन् । पश्चिमाञ्चल क्षेत्रमा ठूलो नाचका नामले चिनीने सोरठी नाचको दोस्रो खण्डमा ‘हा गोखुंगाकी रैनादेवी सरन परें’ भन्ने प्रचलन हुनुले पनि यससम्बन्धी थप अध्धयन हुनु जरुरी छ । त्यसैगरी मन्दिरको भेटी नचलाउने परम्परा रहेकाले यहाँका प्रचिन मुद्राहरूको खोजी हुनु आवश्यक छ ।

मन्दिर क्षेत्रमा रहेको सल्ला, कटुस, चाँप, सौर, टिमुर, झ्याउ, गुँरासलगायतका दूर्लभ तथा बहुमुल्य बनौषधि, काँडेभ्याकुर, लुइँचे, तित्रा, कालिज, न्याउली, खरायो, दुम्सी, मृग, चितुवा, स्याल, फ्याउरो, निगाली बाघजस्ता वन्यजन्तु र यहाँको प्राचिन वनजङ्गल पर्यटकीय तथा वनविज्ञानको अध्ययनका दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । त्यसैगरी रत्यौली, झाम्रे, हनुमान उत्रने, हिम्पोई नाच्ने परम्परा यहाँको निकै प्रचिन परम्परा हुन् । पाषाणकालीन संस्कृतिको अध्ययनका लागि रानीदुला गुफा, सिद्धपानी गुफा, बाख्रेगुफा र कमेरे गुफा प्रमुख छन् । यहाँका अन्य साना तिना गुफाहरूमा पाइने चमेराका प्रजातिहरू अध्ययनका अर्को विषय हुनसक्छन् । करिब डेढ किलोमिटर अग्लो लिस्ने पहाडमा दूर्लभ गिद्धका विभिन्न प्रजातिहरू पनि पाइन्छन् ।

गोखुंगा कसरी पुग्ने ?[सम्पादन गर्ने]

पाल्पा जिल्लाको भुवनपोखरी गाविसमा अवस्थित रैनादेवी मन्दिर क्षेत्रको उत्तरमा गुल्मी जिल्लाको दांैघा गाविस, दक्षिणमा अर्घाखाँची जिल्लाको पणेना र खिदिम गाविस त्यस्तै पूर्वमा पाल्पा जिल्लाकै छहरा, सोमादी र सिद्घेश्वर गाविस पर्छन् । सत्तेदेवि, कालिका र रैनादेवीका विभिन्न शक्ति पीठहरूले यो लेकको धार्मिक महत्वलाई बढाएका छन् । यो क्षेत्र प्राकृतिक सौन्दर्यका अलावा अदुवा, अम्लिसो र दालचिनी, सुन्तला र जडीबुटीको उत्पादनका दृष्टिले जिल्लामै प्रख्यात छ ।

गोखुङ्गाबाट उत्तरतिर हेर्दा एकैदिनमा पुगिएला जत्तिकै नजीकमा अत्रपूर्ण प्रथम, दोस्रो र तेस्रोका साथै धवलागिरि, माछापुच्छ«ेलगायत १५ भन्दा बढी हिमाल देखिन्छन् । सूर्यास्तको बेला धवलागिरिको छायाँ त गोखुङ्गामै पर्दछ । चिसो हावापानी, घना वन र जैविक विविधताले त्यत्तिकै आकर्षित गर्छ । अझ्ै फागुनदेखि चैतको समयमा पुग्नुभयो भने त डाँडाभरि लाली छर्ने गुराँसले स्वागत गर्ने छन् ।

धार्मिक भावनाले गोखुङ्गा जाने हो भने हरेक आइतबार, दशैंको नवरात्रभर, वैशाखे पूर्णिमा, वैशाखे पूर्णिको १५ दिन पछि पर्ने छोटी पूजा, चैते दशैं, दशैको पूर्णिमा र मङ्सिरको न्वागीमा यहाँ मेला लाग्छ । यहाँको मन्दिरमा दर्लामी थरका पुजारी छन् । मुख्य मन्दिरभित्र ब्राह्मण र छहरी मगरलाई प्रवेश निषेध छ तर बाहीरबाटै फूल, अक्ष्यता चढाउन सकिन्छ । तपाइँ देवीको नाममा रोट पनि चढाउन सक्नुहुन्छ । यदि पञ्चवली लैजाने हो भने एकदिन अघि स्थानीय परियार थरका अगुवाहरूलाई भेट्न सक्नुहुन्छ । आज पनि स्थानीय बुढापाकाहरू हरेक नवरात्रमा अग्नि ज्वालासहित देवी गुल्मी जिल्लाको दौघा गाविसमा रहेको देवी थानमा घुम्न जानेगरेको बताउँछन् । कतिपय धामीहरू रैनादेवीको वनमा देवीलाई दिउँसै देखेको समेत बताउँछन् । यस क्षेत्रका सबै जाति तथा समुदायले कुनै नयाँ काम गर्दा, घिऊ तताउँदा, भैंसी व्याउँदा, परदेश जाँदा, विवाहलगायतका अन्य कुनै शुभकार्य गर्दा पहिले रैनादेवीलाई चढाउने प्रचलन छ । परिवारमा जेठो सन्तान जन्मिएपछि देवीलाई पूर्वढाई दिने र पञ्चवली लैजाने प्रचलन आजभोलि समेत चलिरहेको छ । रैनादेवीसँग मागेको बर पुरा हुने विश्वास गरिन्छ ।

पुग्ने कसरी ?[सम्पादन गर्ने]

बुटवल वा पोखराबाट बस चढेर पाल्पा, तानसेन पुग्न सकिन्छ । तानसेन सदुमुकामबाट पश्चिमतर्फ ३० मिनेटको पक्कि, ३० मिनेटको ग्राभेल र बाँकी २५ मिनेटको कच्चि सडकमा करिब डेढ—दुई घण्टाको बस यात्राबाट गोखुंगा चौपारी पुगिन्छ । गोखुंगा चौपारीबाट १० मिनेट उकालो हिँडेपछि मन्दिरमै पुग्न सकिन्छ ।

तानसेनबाट भुवनपोखरी सम्मको बाटोभर तपाइँलाई ग्रामीण जीवनमात्र होइन बसबाटै सुन्दर हिमालहरूको लामो मालाले मोहनी लाउनेछन् । बाटोमै रिब्दिकोटको लेक देख्नुहुनेछ । उत्तरमा रेसुङ्गा लेक र दक्षिणका पाणेनि तपोभूमिको बीचमा उभिएको छ गोखुंगा । एकैदिनमा गोखुंगा घुमेर बास बस्न साँझ् तानसेन फर्किन सकिन्छ । अथवा पाल टाँगेर पनि रात बिताउन सकिन्छ । यहाँ होटल र लजको सुविधा भने छैन । गाउँमै केही दिन बसेर घुम्न पनि सकिन्छ । स्थानीय समुदायले पाहुनालाई निकै राम्रो स्वागत गर्छन् र न्यूनतम खर्चमा पारिवारिक रूपमा खान र वस्नको लागि सुविधा दिन्छन् ।

तपाइँ यस गाविसका प्रमुख स्थलहरू झिरवासको रानीदुला गुफा, अर्दाइँको कमेरे गुफा, तालपोखराको बाख्रे गुफा, पलाँसपाटाको सिद्धपानी गुफा घुम्न सक्नुहुन्छ । अमिलेमा चर्चित झाम्रे, खामटुङको बालुन, कैलाशनगरको मालश्री, गोखुंगाको पञ्चेवाजामा रमाउन सक्नुहुन्छ । रिडीखोलामा जलविहार गर्न सक्नुहुन्छ भने बाक्ली खोलामा झर्नाहरूको मनोरम दृश्यहरू अबलोकन गर्न सक्नुहुन्छ । छचुवाको कुमाल संस्कृतिले तपाइँलाई मोहनी लाउने छ ।

तपाइँसँग केही दिन बाँकी समय छ भने दुर्वाशा ऋषिको तपोभूमि, पाणेनि तपोभूमि, श्रृङ्गा र रूरू क्षेत्रसम्म पुग्न सक्नुहुन्छ । पाणेनि तपोभूमि यहाँबाट ३० मिनेटको बाटो हो । पणेना गाउँको सिरानमा एउटा ठूलो चौर र दह छ । जहाँ पाणिनि ऋषिले तपस्या गरेका थिए र महादेवप्रसत्र भई १४ वटा सुत्रहरू (अइउण, ऋलृक, ...) पाणिनिलाई सुनाएका थिए, जसको आधारमा पाणिनिले विश्वकै सबैभन्दा वैज्ञानिक मानिएको संस्कृतव्याकरण, अष्टाध्यायी, लेखेका थिए भत्रे विश्वास गरिन्छ । यस क्षेत्रमा रहेको घना जङ्गल र विभिन्न प्रजातिका जङ्गली जनावर तथा पंक्षीहरू पाइन्छन् । यहाँबाट रातमा भारतको गारखपुरदेखि नौतुनहवा र नेपालकै रूपन्देही जिल्लाका विभिन्न ठाउँहरू देख्न सकिन्छ । पणेनामा गोरखनाथको मन्दिर र कुटी(उपल्लाखर्क), शिव मन्दिर(चौर), कृष्णा मन्दिर (ठान), हनुमान मन्दिर(दह), बरजुको मन्दिर(दह), सिद्धाश्रम(दह, तुलेडाँडा) आदि मन्दिरहरू छन् ।

फर्किने क्रममा बाटोमै पर्ने पाल्पाको भैरवस्थान मन्दिरको दर्शन गर्न सकिन्छ, जसको प्रमुख विशेषता ठूलो त्रिशूल हो । तानसेनको रणउद्देश्वरी मन्दिरलाई नेपाल­अङ्ग्रेज युद्धताका कर्नेल उजिरसिंह थापाले भाकल गरेर अङ्ग्रेज फौजलाई बुटबलको जितगढी किल्लामा हराएको कथासँग जोडेर हेरिन्छ । युद्ध जितेपछि विजयोत्सव स्वरूप तानसेनमा वि.सं. १८७६ देखि थालिएको भगवती जात्रा अहिलेसम्म निकालिन्छ ।

थप दुई दिनको समय छ भने, गोखुंगाबाट फर्केर पाल्पाको प्राकृतिक सुन्दरता र मगर संस्कृतिको नजीकबाट अवलोकन गर्न सकिन्छ । तानसेनबाट चारघण्टाको पैदल बाटोमा पुगिने नेपालको ताजमहल रानीमहल गएर फर्किन सकिन्छ । वि.सं. १९५१­५४मा पाल्पाका बडाहाकिम खड्ग सम्शेरले आप्mनी प्रेमिकाको नाममा निर्माण गराएका यो महल तानसेनबाट उत्तरतर्फ कालीगण्डकीको किनारमा ढुङ्गाको पहरामाथि बनाइएको छ ।

पाल्पापछि सिद्धार्थ राजमार्गबाट पोखरा निस्किन पनि सकिन्छ । अथवा ३९ किलोमिटर तल बुटबल जाने हो भने जितगढी, मणिमुकुन्द सेनको दरबार र पार्कहरू हेर्न सकिन्छ । बुटवलबाट केही पूर्व गौतम बुद्धको मामाघर रहेको ठाउँ देवदह, भैरहवादेखि २२ किमि पश्चिम बुद्धको जन्मस्थल लुम्बिनी र अझ्ै पश्चिम कपिलबस्तुस्थित तिलौराकोट दरबारको भ्रमण गर्न सकिन्छ । यहाँबाट भैरहवा वा बुटवल फर्केपछि देशका जुनसुकै ठाउँमा पुग्ने यातायातको सुविधा उपलब्ध हुनेछ ।

गोखुंगा क्षेत्रका केही विशिष्ठ सांस्कृतिक परम्पराहरू ः[सम्पादन गर्ने]

गोखुंगा क्षेत्र भन्नाले यहाँ भुवनपमेखरी गाविसमा परम्परागत रूपमा चल्दै आएका केही विशिगष्ठ सांस्कृतिक परम्पराहरूलाई जनाउन खोजिएको हो । नेपालका अन्य क्षेत्रमा जस्तै खोलापारे, सिमे, भूमे, भोटानी, वायु, समय, देउराली र थानी देवीदेवता पूजागर्ने प्रचलन यहाँ पनि जिवितै छन् । स्थानीय प्रविधिको प्रयोग गरी काठका भाँडा, ठेकी, चौठी बनाउने, फलामका भाँडा, छालाका जुत्ता, हलो, जुवा, मोहलालगायतका सामग्रीहरू बनाउने प्रचलन पनि यहाँ प्रचलित छन् । यस खण्डमा गोखुङ्गा क्षेत्रमा मात्र विशेषरूपमा प्रचलित केही संस्कृतिक प्रचलनहरूलाई मात्र उल्लेख गर्ने प्रयास गरिएको छ ।

हनुमान उतार्ने ः[सम्पादन गर्ने]

यस क्षेत्रमा विशेषगरी ब्राह्मण समुदायमा वीर चढ्ने अर्थात् हनुमान उतार्ने प्रचलन निकै प्रचलित छ । भुवनपोखरी गाविसका वाड नं. ९, ३ र २ का ब्राह्मण समुदायमा बालुन (भजन) गाउँदा हनुमान उतार्ने गरिन्छ । खामटुङ्मा हरेक १५ दिन बिराएर हनुमान उतार्ने गरिन्छ । रामायणको भजन गाउँदा केही भजन गाउनेहरूलाई वीर चढेको पाइन्छ । यसरी वीर चढेका पुरुषहरूले जस्तोसुकै चमत्कारिक काम अह्राए पनि गर्न सक्ने विश्वास राखिन्छ । यहाँका गिरी ढकाल, पिताम्बर ज्ञवाली, लक्ष्मण ज्ञवालीलगायतलाई वीर चढेर रुखमा बाँदर जस्तै हिड्ने गरेको, भरि गाग्री दाँतले टोकेर बोकेको, बाढी आएको खोला तरेर फलफूल खोजेर ल्याएका किस्साहरू निकै चर्चित छन् । हनुमान उतार्दा यस्तो बालुन गाइन्छ ः

पम्फा भन्ने तलाउमा जाँदा, बडेमानका हनुमान लड्का सुग्रिव आए गहना बुझाए, मितेरी लाउने तरिका भन्छन् रामज्यूले यै होनी भैया पम्फाको तलाउ चले हनुमान पम्फाको फूलबारीमा लो वीर हनुमान सिता खोजि ल्याइदेउन ।

रत्यौली (जिउँती) ः[सम्पादन गर्ने]

बेहुलो अन्माएपछि विहे घरमा आइमाइहरू जम्मा भएर रत्यौली खेल्छन् । यो क्षेत्रमा रत्यैलीलाई जिउँती भनिन्छ । यस्ता गीतहरूमा केही अश्लिलता पनि पाइने गर्छ । यस नाचमा पुरुषहरूलाई सहभागि गराइँदैन । यस नाचमा महिलाहरू पुरुष वा जोगीको भेषमा हास्यात्मक ढङ्गले नाच्ने गर्छन् । रत्यौली नाचीसकेपछि ‘जिउँतीको पिठो कति नमिठो’ भन्दै प्रसाद खाने प्रचलन छ । दुलाहाका तर्फबाट जिउँतीमाथिको कोशेली दिने प्रचलन पनि छ ।

रत्यौलीमा यस्तो गीत गाइन्छ ः[सम्पादन गर्ने]

पँधेरा माथि पँधेरा मुनि, ओ मेरा बाँदुरै बाँदुर पाकोको मेरा बाँदुरै रातो चोलो फिँजेझैं बाँदुर पाकेको । लामोपराल गुदरीलाई छोटो गाईलाई के भनेर बोलाउने जेठाजुको भाइलाई सिन्का चिरे धारो पाल्पाली पँधेरो आजका जोइपोइलाई दिउँसै अँधेरो भित्र लग्यो नाठाले, बाहिर विसुन खायो पाठाले ।

हिम्पोइ नाच ः[सम्पादन गर्ने]

हिम्पोइ नाच विशेषगरी तिजको गीत गाउँदा र कहीलेकाहीँ बालुन गाउँदा पनि नाच्ने गरिन्छ । पुरुषहरू डोको ओढेर डोकोलाई महिलाको रूपमा सिगारेर नाच्ने गर्छन् । हिम्पोइ नाच्दा विभिन्न किसिमको प्रहसन समेत गरिन्छ ।

यो नाचमा गाइने गीतको एक टुक्रा ः

पालपा पुरका हामरा राजै आ हे हिम्पोइ राजै जिउलाई ढोगन नवै डाँडा परिका हामरा समधी आ हे हिम्पोइ समधीलाई ढोधन ।

गोखुंगा क्षेत्रमा प्रचलित सोरठी गीत (ठूलो नाच) ः[सम्पादन गर्ने]

सो्रठी नाच नेपालमा प्रचलित निकै लोकप्रिय नाच हो । लामो समयसम्म गाइने हुनाले यस नाचलाई ठूलोनाच, सोरठी, पाङ्दुरे, नचरी नाच पनि भन्ने गरिन्छ ।

यहाँको कुमाल र मगर समुदायमा यो नाच निकै प्रचलित छ । तिहारको देउँसीरेका दिन अमिलेमा सोरठी नाचको ठूलो मेला नै लाग्छ । त्यस अवसरमा करिब एक दर्जन टोलीहरूले आ—आफ्नै सोरठी गाउँछन् । त्यसैगरी रैनादेवीको मन्दिरमा न्वागीमा पनि सो नाच नाचिने गरिन्छ । सोरठी सुरु गर्ने प्रमुख व्यक्तिलाई गुर्रा भन्ने चलन छ । सोरठीमा नाच्ने गाउने र बजाउने तिनथरी हुन्छन् । सुरुमा गुर्राले पहिलो गित गाउँछ र त्यसलाई अन्यले छोप्छन् । सोरठीको आरम्भमा गुर्राले देवीको नामा सबै दलेवीलाई सम्झेर देवी बाँध्छन् । नाच्नेहरूमा दुई या चार जना महिलाको भेषमा पुरुषहरू मारुनी बन्छन् र एउटा बीचमा नाच्ने पुर्स¬गें हुन्छ । गीतको बिचबिचमा छोटो ख्याली पनि नाच्ने गरिन्छ । कृष्ण चरित्र, रामायण, नागकथा गाउँदा पनि सोरठीकै जस्तैगरी गीत गाइन्छ तर कथा भने फरक—फरक हुन्छ । त्यस्ता गीतमा पनि सोरठीकै आधार लिइन्छ । यहाँ सोरठी गीतका शब्दहरूलाई उतार्ने मात्र प्रयास गरिएको छ । कुराकानी र अन्तर्वार्तालाई आधार मानेर लेखिएको हुनाले केही प्रसंग छुटेका पनि हुनसक्छन् भने केही सिलसिला नमिलेका प्रसंगलाई आफै मिलाएको छु । पढ्दा कुनै अर्थ नलाग्ने जस्तो देखिएता पनि गाउँदा निकै कर्णप्रिय र रयात्मक सुनिन्छ ।

सोरठी गीतको केही अंश ः[सम्पादन गर्ने]

* (सोरठीको सुरुवात कथा)[सम्पादन गर्ने]

  • एकुमा देशको राजा एकुमादेशको रानी
  • भया पिरती भयो रानी गरिभ रह्यो ।
  • एकैर मास दुवैर महिना, दुवैर मास तीनै र महिना
  • चारैर मास पाँचैर महिना, जाना जानी भयो रानी
  • छवईर मास सातैर महिना,
  • बामै कोखी चलन लाग्यो
  • सातैर महिना आठैर मास,
  • दाहिने कोखी चलन लाग्यो
  • नवइ र मास दशैर महिना
  • रानीलाई लाग्यो पिरै र कष्ट
  • (सुत्केरी गराउन सुँढेनीलाई बोलाईन्छ)
  • गावैकरे कटुवाल बोलाईमा ल्यायो राजै ज्यूको घर
  • सुनमा सुन कटुवाले हामरो हुकुम
  • जावमा जाव कटुवाले हामरो हुकुम
  • सोध्यानी माईलाई बोल्याई ल्याओ
  • गइमा पुग्यो कटुवाले
  • सोध्यानी माईको यागन ठडिया
  • सुनमा सुन सोध्यानी माई एकु महाराजको हुकुम
  • राजैको रानीलाई लागैला पिरकष्ट
  • सोही कामले आइपुग्यो सोध्यानी माई
  • हिँडमा हिँड सोध्यानीमाई राजैको दरिबार बोलायो
  • जनता म त जानेहो कटुवाले
  • सिरमा लाउने मुज्यात्रोन ाइ
  • सिरैमा लाउने मुज्यात्रो उही राजैज्यूले दिनेछन्
  • जान मत जाने हो कटुवाले
  • कुमै लाउने चोलिया नाइ
  • कुमै लाउने चोलीया राजैज्यूले दिनेछन् ।
  • जान त जाने हो म कटुवाले
  • याँगैमा लाउने बरकी नाइ
  • याँगैमा लाउने बरकी राजैज्यूले दिनेछन्
  • जाँदा त म त जाँदा हो कटुवाले
  • गुँदै लाउने फरिया नाइ
  • गँुदै लाउने फरिया उहीँ राजैज्यूले दिनेछन्
  • याघीमा याघी सोध्यानी माइ पछिमा पछि कटुवाले
  • आइमा पुग्यो राजै सोध्यानी माई
  • रानीजीको बिस्तरैमा बसैला सोध्यानी माई
  • रानीजीलाई लागैला कष्ट हेरी देउन सोध्यानी माई
  • जावैमा ल्यावै महाराजै
  • कटुवा तेल रानीज्यूलाई मरिदन
  • जरीबुटी ओखती चन्द्र सूर्यले दिनेछन्
  • सोही ओखती खाइ सइ सित्तल हुनेछ
  • ओखती र विखती जोगी टमाटेले दिनेछ
  • सोहीमा ओखती खाइ जनिमन भयो
  • दिवैमा बत्ति बालिमा बाली
  • बेटा हो कि बेटि हो हेरिमा देउन सोध्यानी
  • बेटा नही बेटिया जनिम भयो
  • सिलाङ्गे काठमा बेरी धागोले बेरी
  • रूपकेरे छुरिया धागोले बाँधी
  • नलि बेडाओ सुनको झरिया
  • गङ्गाजलको पानी भरिमा आओ
  • बालिखलाई नुहाओ
  • अन्नपुरे तोरिया मलकपुरे केलिया
  • पेलिमा आओ सोध्यानीमाई
  • बालखलाई मरिदन
  • घिवैलाउने घिवै खाने घिवै तेलको मरिदन
==== (बालिकाको चिना हेर्न जैसीलाई बोलाईन्छ) ====
  • गावैकेरे कटुवालेलाई बोलायो
  • जावमा जाओ कटुवाले
  • विजया जैसीलाई बोलाई ल्याओ
  • गइमा पुग्यो कटुवाले जैशिको यागन ठडियो
  • जैशिजीलाई बोलायो
  • नमस्कार जैसीज्यू , जयमा जय, विश्वाशै
  • केहीमा काम केहीमा हुकुमले आइपुग्यो कटुवाले
  • सुनमा सुन जैसीज्यू एकुमा महाराजको हुकुम
  • हिँडमा हिँड जैसीज्यू राजैजीले बोलायो
  • जान त जाने हो म कटुवाले सिरैमा पोगरी नाइ
  • सिरैमा लाउने पोगरी राजैज्यूले दिनेछन्
  • जान त जाने हो म कटुवाले
  • याँगैमा लाउने कमिज नाइ
  • याँगैमा लाउने कमिज राजैज्यूले दिनेछन्
  • जान त जाने हो म कटुवाले
  • टेकीमा हिड्ने लौरी नाइ
  • टेकीमा हिड्ने लौरी राजैज्यूले दिनेछन्
  • जान त जाने हो म कटुवाले
  • गोडै लाउने जुतिया नाइ
  • गोडै लाउने जुतिया राजैज्यूले दिनेछन्
  • हातैमा लेइ लौरी कम्मरमा लेइ पोस्तक
  • अघिमा अघि जैसीज्यू पछिमा पछि कटुवाले
  • आइमा पुग्यो राजैज्यू जैसीज्यू
  • यगनैमा गयो ठडियो
  • नमस्कार महाराजज्यू
  • राजैज्यूले जैसीलाई पैलाकी
  • जय कल्याण महाराजा
  • केही कामले बोलायौकी
  • रानीजीले बेटिया जनम्यो
  • सोही बालखको जनिम हेरीदेउ जैसीज्यू
  • हातैमा लेउ महरे जैसी यक्षाँता
  • उपरै लेउ जैसीजी पोस्तक
  • पावैमा लेउ जैसीजी ढलवट
  • ढलवटे कोटीमा कोटी हेरिदेउ जैसीजी
  • याक्षता गनीमा गनी बाला सोधीन हेरिदेउ जैसीजी
  • पोस्तक पढीमा पढी हेरिदेउ जैसीजी
  • बालै सोधिन हेरी देउ जैसीजी
  • जस्तोमा देख्छौ जस्तोमा भनी देउ जैसीजी
  • गाह्रो केलाई मान्छौ जैसीजी
  • एकै घरिका लगाइला ढलवटी
  • आफै पण्डित मलिम
  • दुवै घरिका लगाइला ढलवटी
  • आफै पण्डित रोओइला
  • तिनै घरिका लगाइला ढलवटी
  • आफै पण्डित हाँसोइला
  • पैलामा खावैला दाना र पानी
  • खावैला आमा र बाबु
  • खावैला दानार पानी
  • खावैला दाजुर भाई
  • खावैला दानार पानी
  • खावैला दिदी र बहिनी
  • खावैला दानार पानी
  • सातैर मूलको पानी जमरी
  • मूलै शान्तिपो गराउ
  • आमा नही खावैला बाबा नही खावैला
  • खावैला दाना र पानी
  • दाजी नही खावैला बहिनी नही खावैला
  • खावैला दाना र पानी

* (बालिकालाई समुद्रमा बगाइन्छ)[सम्पादन गर्ने]

  • गावैकेरे कटुवालेलाई बोलायो
  • याई पुग्यो कटुवाले
  • राजैजीको यागन ठडियो
  • गावैकेरे कटुवालेलाई बोलायो
  • राजैजीलाई बोलायो नमस्कार महाराजा
  • जय कटुवाले विश्वासै कटुवाले
  • केहीमा काम केहीमा हुकुमले आइपुग्यो कटुवाले
  • सुनमा सुन कटुवाले एकुमा महाराजको हुकुम
  • जाओमा जाओ कटुवाले
  • वेटिया सुसारेलाई बोलाओ
  • गइमा पुग्यो कटुवाले
  • वेटिया सुन्हारैको यागन ठढियो
  • वेटिया सुन्हारेलाई बोलायो
  • नमस्कार सुन्हारे
  • जयमाजय कटुवाले
  • केहीमा कामले आइपुग्यौ कटुवाले
  • राजै दरिवार बोलायो वेटिया सुन्हारे
  • हिँडमा हिँड वेटिया सुन्हारे राजैजीको दरिबार
  • हातैमा लेउ लौरी कम्मरमा लेउ जाविया
  • अघिमा अघि सुन्हारे पछिमा पछि कटुवाले
  • आइमा पुग्यो राजैज्यू वेटिया सुन्हारे
  • यगनैमा गयो ठडियो
  • सप्तरंगे गुन्डी झिकीमाझिकी
  • विछ्यायो बस सुन्हारे
  • सुनै गेडुवा गालीमागाली मधुस बनायो
  • रूपकेरे गेडुवा आफै तौली लेउ सुन्हारे
  • सपैकेरे झपनी बनायो
  • देखमादेख राजैज्यू सुनकी मधुस
  • देखमादेख राजैज्यू सपैको झपनी
  • सुनकी बाकस उघारी
  • भित्रको बालक बाहिर निकाली
  • सुनै मधुसमा खेलायो
  • धित्रको बालक झिकिमाझिकी
  • सुनै मधुसमा खेलायो
  • गनिया ताला उचाली चापी लगाइबन्द ग¥यो
  • सुनै मधुसलाई सपै झपनीलाई ढाकैला
  • आओमा आओ लोकै पञ्च
  • सुनै मधुस बनाउन
  • कोहीमा भाइ अघिमाअघि
  • कोहीमा भाइ पछिमापछि
  • सुनै मधुस काँधैमा बोकी
  • हिँडमा हिँड लोकैमा पञ्च
  • समुद्रको छेवैमाछेउँ
  • याइमापुग्यो राजैज्यू समुद्रको छेवै
  • वारी भंगालो पारी भंगालो
  • माझै सेती गण्डकी जमुना
  • जमुनाको तिरैमातिरै मधुस बगायो
  • फरकी आयो राजै
  • घरैमा आयो राजै
  • अभागिनी रहिछौ रानी
  • बाबुको जात निरमाया
  • आमाको जात मायालु
  • आमाज्यू रोइला ६ महिना वर्ष दिन
  • बाबुज्यू रोइला छिनघरी

* (रानीले विलौना गर्छिन्)[सम्पादन गर्ने]

  • काखैको बालख खोसीमा खोसी समुद्र बगाई
  • बाबुकोजात निरमाया आमाको जात मायालु
  • बाहिर हेर्दा रमाइलो भितर हेर्दा अँध्यारो
  • कैसेमा गरी विरसम्ला बालो मेरो सुन्दर वेटिया
  • आँसुमा मेरो बहिमाबहि हियार भिजायो
  • दूधमा मेरो बहिमाबही चोलिया भिजायो
  • कैसे गरी विरसमला बालै मेरि वेटिया
  • हियासको बालmै दूधै पियौला
  • हामरी बालै समुद्र
  • यारुको बाला छलैर मलै
  • हामरो बाला समुद्र
  • यारुको बालै भिर बाहिर
  • हामरो बालै समुद्र
  • यारुको बाला यघिर पछि हामरो बालै समुद्र
  • कैसेमा गरी विरसम्ला बालै मेरि बेटीया
  • संसारै हेरीमाहेरी मनबुझाउ रानी
  • यो पापी संसार यस्तैछ मायाजाल

* (कृष्ण चरित्रमा यस्तो गाइन्छ)[सम्पादन गर्ने]

  • अरूको बाला छमर छम
  • हामरो बाला खोजी कहाँ पाई
  • हरिमा दियोकी कंश राजाले
  • डसिमा दियोकी बासुकी नागले
  • फर्किमा आइनौ हामरो बाला...।

* (कुमालेले सुनको मधुस भेटाउँछन्)[सम्पादन गर्ने]

  • एकु देशको कुमाले एकुदेशको मल्हारे
  • दुनु भाइ मिलीरजुली
  • माछिया मारन जाम
  • हातैमा लेउ मरे जालिया
  • कम्मरै लेउ केलिया
  • जाउन त जाउँ मल्हारे दाजै
  • बाचै बाँधी जाउँ
  • एकाली बाचा दुवाली बाचा
  • बाचै बाँधी तिनत्याली
  • जाउन त जाउ मल्हारे दाजै
  • पुरिवै दिशा जाउँ
  • पूरिवै दिशा सेती गण्डकी
  • कुनै दिशा जाउँ
  • उत्तरै दिशा मूलै गण्डकी
  • कुनै दिशा जाउँ
  • पश्चिमै दिशा काली गण्डकी
  • कुनै दिशा जाउँ
  • उँभोमा हेरौं हिमैरचुली
  • उँधोमा हेरुँ सातै समुद्र
  • समुद्रको तिरैतिर माछिया मारन जाम
  • एकहोरी जाल फिँजैला मैया
  • एकु नही माछिया
  • दोसरी जाल फिँजैला मल्हारे
  • जालै फेरि मछिया
  • कुमाले जालैजाल फिँजैला मैया
  • एकुनही माछिया
  • मल्हारे जाल टिकुरे पाखुरो माछिया
  • कुमाले जालकि नही माछिया
  • तिसरी जाल फिँजैला कुमाले
  • श्रीखण्ड जलै जमुनातिर
  • एकु अचम्म देखियो
  • आओमा आओ मल्हारे दाजु
  • एकु अचम्म देखियो
  • जलक जलक जल्किन्छ
  • याओमा हेर मल्हारे दाजु
  • भूतपो हो क दैते पो हो कि
  • छल्नपो लाग्यो कि
  • भूतपो नही होला दैते पो नही होला
  • सुनै माछियापो होला
  • दुनुमा भाइ मिलीमाजुली
  • सुनै माछिया पक्डन जाम
  • वारि नि भैगालो
  • पारि नि भंगालो
  • माझै गैरी जंघार
  • छामीमाछामी वारि उतारौं कि
  • पारी उतारौं वारि बगर
  • हेरमाहेर लोकै पञ्चसुनसरी माछिया
  • बाँधीमा देउ चुँडीमा देउ तिसरी भैया
  • सुनसरी माछिया
  • कुमालेले जालै उघारी हेर्दा
  • रूपैको झपनी
  • रूपको झपनी उघारी हेर्दा
  • सुनैको मधुस
  • ल्याउमा ल्याउ तालामाकँडी
  • सुनै मधुस उघार्न
  • सुनै मधुस उघारी हेर्दा
  • बालै सुन्दर बेटिया
  • बाहिरको अलमल तुम धनी लिवैला
  • भित्रको अलमल हामी धनी लिवैला
  • हातैमा लेउ भरे कुमाले
  • बालै सुन्दर बेटिया
  • काखैमा लेउ भरे कुमाले
  • बालै सुन्दर बेटिया
  • पाउमा लेउ भरे कुमाले
  • बालै सुन्दर बेटिया
  • काँधैमा लेउ भरे कुमाले
  • बालै सुन्दर बेटिया
  • देखमादेख घरकी माई
  • बालै सुन्दर बेटिया
  • झाँकरीपो हो कि भँयारपो हो कि
  • छल्नपो लाग्यो कि
  • झाँकरी नही भँयार नही
  • बालै सुन्दर बेटिया
  • मागीपो ल्यायो कि चोरी पो ल्यायो कि
  • याही पापी कुमालेले
  • मागेको होइन
  • चोरेको होइन
  • जालै जमुनामा पाएको
  • हातैमा लेओर घरकीमाई
  • बालै सुन्दर बेटिया
  • दूधै पिआओ घरकीमाई
  • बालै सुन्दर बेटिया
  • न त मेरो हियारै दूध
  • न त मेरो भैँसिको दूध
  • कैसेमा गरी पालुँला
  • बालै सुन्दर बेटिया

* शिकार खण्ड[सम्पादन गर्ने]

  • (पहिलो गीत गाएपछि शिखारै
  • खेलन जाम् दोहो¥याइन्छ ।)
  • शिखारै खेलन जामरे (जाम् भैया लछुमान् )
  • यावैमा यावै लोगैमा पञ्च गैरिगामले
  • शिखारै खेलन जाम
  • हातैमा लेउ भरे धनुकी, काँधैमा लेउ भरे ठोकरी
  • पूरिवै दिशा मधुवन उत्तरै दिशा रानीवन
  • पश्चिमै दिशा मिरिङ्जेवन दखिनै दिशा कालीवन
  • पूरिवै दिशा मधुवन जोरै हरिनको वथान
  • उत्तरै दिशा रानीवन जोरै चराको बथान
  • पश्चिमै दिशा मिरिङ् जेवन
  • कालिजै कुखुरीको बथान
  • दखिनै दिशा कालीवन जोरै मुजुरको बथान
  • सवैमा भाई मिलीरजुली शिखारै खेलन जाम् ।
  • (यहाँ मादल फर्काइन्छ)

* (शिकार खेल्न जानेबेला भयो)[सम्पादन गर्ने]

  • डाकिमा ल्याउ हासिल पासिल कुकुर
  • धुले पैला खेलीखेली लगाउ खेदुवा
  • अघिमा कुकुर पछिमापछि खेदुवा
  • जाउमा जाउ याहेरी ठार्दे बथान
  • चारै दिशा, चारै कुना घेरी लगाउ बथान
  • सवन घुमायो कुकुर, खेदुवाले खेदेर
  • याव उठो हरिन जागो रहो यारी
  • आयो हरिनैको बथान हानैला र राजै
  • एकुमा वान लागैला र हरिनलाई
  • मारोकि मारेइन हेरिमा देउ खेदुवा
  • लागो राजै हरिनलाई रगतैको घटिका
  • रगतैको घटिका हेर रगतैको पोखरी
  • रगतैको घटिका हेर्दा म¥यो
  • हरिनैको बथान राजैज्यूको वान
  • कोहीमा भाइ अघि कोही भाइ पछि
  • आओमा आओ यारी सुनै हरिन पक्रन
  • घिसार्दै ल्याउ हरिन राजैज्यूको पास
  • सुनैको छुरिया झिकीमा झिकी काम खुटाउ गराउ
  • एकुमा पाउ काटिमा काटी राजैज्यूलाई शिखार
  • मुटुमा कलेजो झिकिमाझिकी पकुवा बनाउ
  • त्यहीँ पकुवा बाँडीमाबाँडी सुरिज चढाउ
  • त्यहीँ पकुवा बाँडीमाबाँडी भूमेलाई चढाउ
  • त्यहीँ पकुवा बाँडीमाबाँडी अघिनि चढाउ
  • त्यहीँ पकुवा बाँडीमाबाँडी खाव राजैज्यू
  • सोइमा पकुवा खाईमाखाई रावैला पानीको पियास
  • (राजाको लागि पानीको खोजी हुन्छ ।)
  • हेर भाइ पानीको कुवा कति पर होला ?
  • एकादेश मैदानैमा कसैकसैको झुपडि
  • यो देश मैदानैमा कसैको गिरिया
  • कुमालेको गिरिया देउमादेउ घर पति
  • वनवासी अयायीलाई पानी पिओन
  • कुमाले घर खोलियाको पानी
  • तुम राजैला सुहाउँदैन खोलियाको पानी
  • कुमालेको घर खोलियाको पानी
  • हाम राजैला सुहाउँछ खोलीयाको पानी
  • कुमालेको घर करुवाको पानी
  • तुम राजैला सुहाउँदैन करुवाको पानी
  • हाम राजैलाई सुहाउँछ देउमा देउ पानी पिओन
  • कुमारी बालैले दिएको पानी
  • हामरा राजैले पिउँछ ।
  • विवाह खण्ड
  • बरु हेरन जाम हो
  • पुरिवै दिशा राजैघर
  • उत्तरदिशा राजैघर
  • पश्चिमै दिशा राजैघर
  • दखि नै दिशा राजैघर
  • बरु हेरन जाम
  • (यसको पनि बाँकी भाग छ...)

* बन्धन बाँध्ने (पहिलो चरण)[सम्पादन गर्ने]

  • (पहिलो गीत गाइसकेपछि सबैमा हाइहाई गुरु सरन तिमरो सवै हामरो भन्ने चलन छ । )
  • पहिला केरे समझौं चन्द्र र सूर्यको नाउँ
  • हाइहाई गुरु हाइहाई गुरु सरन तिमरो सेवै हामरो
  • आकाश केरे समझौं नौ लाख ताराको नाउँ
  • पाताल केरे समझौं बासुकी नागैको नाउँ
  • नेपालकेरे समझौं पशुपति नाथको नाउँ
  • गोर्खाकेरे समझौं मनकामनाको नाउँ
  • हिमालकेरे समझौं धौलासिरीको नाउँ
  • पाल्पा केरे समझौं भगवतीमाईको नाउँ
  • यहीँकेरे समझौं सिमे, भूमेको नाउँ
  • गाउँकेरे समझौं गोखुंगा देवीको नाउँ
  • (सामुहिक) गोखुंगाकी रइनादेवी सरन परें हो ।

मादलको ताल फेर्ने फेरिसकेपछि (पहिलो गीत गाइसकेपछि सबैमा बाँधेर हेर संगी सरन तिमरो सेवै हामरो दोहो¥याउने चलन छ ।)

बन्धन[सम्पादन गर्ने]

  • पूर्व बाँध्यो पश्चिम बाँध्यौ चारै दिशा बाँधेर
  • बाँधेर हेर संगी सरन तिमरो सेवै हामरो
  • उत्तर बाँध्यो दक्षिण बाँध्यो
  • बाँध्यो चारै दिशा बाँधेर
  • आकाश बाँध्यौं पाताल बाँध्यौं
  • बाँध्यो चारै दिशा बाँधेर
  • मादल बाँध्यो मारुनी बाँध्यो
  • बाँध्यो संगीसाथ बाँधेर
  • झेरियै बाँध्यो मुजुरै बाँध्यो
  • बाँध्यो कठताल बाँधेर
  • पुर्शुङ्गे बाँध्यो भैलीभाइ बाँध्यो
  • बाँध्यो संगीसाथ बाँधेर
  • एकाली बाचा, दुवाली बाचा
  • तीनत्याली बाचा बाँधेर

* ख्याली (छिटो ताल)[सम्पादन गर्ने]

  • बाघमारी छालाको तरकु बनायो
  • हस्ति हाडको पासा बनायो
  • चलो भाइ डमरे पासाखेलन जाम
  • कर्कलीको गाभा काटी छुकुनी बनायो
  • माछिया मिस्यो सिमीमा
  • पातली नानी नजर बस्यो तिमीमा
  • हेर तमसा राजै हेर तमसा
  • काली र नागको हेर तमसा

* बन्धन पछिको चरण[सम्पादन गर्ने]

  • शिरै सिंदूर शिरैया सुहायो हो
  • सरस्वती सर नमूना
  • हा ओ सखी हो सरस्वती सर नमुना
  • लिलै टिकीया लिलैयामा सुहायो
  • हो सरस्वती सर नमूना
  • कानै सुनिया कानैया सुहायो हो
  • सरस्वती सर नमूना
  • आँखी गाजलु आँखीया सुहायो हो
  • सरस्वती सर नमूना
  • गलै कण्ठिया गलैया सुहायो हो
  • सरस्वती सर नमूना
  • कुमै चोलीया कुमैमा सुहायो हो
  • सरस्वती सर नमूना
  • कम्मर पटुकी कम्मरैमा सुहायो हो
  • सरस्वती सर नमूना
  • हातै चुरिया हातैमा सुहायो हो सरस्वती
  • सर नमूना
  • गुँदै गुनीया गुँदैया सुहायो हो
  • सरस्वती सर नमूना
  • पावै पैँजरी पावैया सुहायो हो
  • सरस्वती सर नमूना
  • ख्याली (छिटो ताल)
  • आ हो रोइनादेवी तुमै शरन
  • मटियाज ओछ्याउने मटियाज बिछ्याउने
  • मटियाज बनायो सिरानी
  • आ हो रोइनादेवी तुमै शरन

* बन्धन फुकाउने गीत ः[सम्पादन गर्ने]

  • पूर्व फुक्यो पश्चिम फुक्यो फुक्यो चारै दिशा
  • फुक्यो नि हेर गुरु सरन तिमरो सेवै हामरो
  • उत्तर फुक्यो दक्षिण फुक्यो फुक्यो चारै दिशा
  • आकाश फुक्यो पाताल फुक्यो फुक्यो चारै दिशा
  • मादल फुक्यो मारुनी फुक्यो फुक्यो संगीसाथ
  • झेरियै फुक्यो मुजुरै फुक्यो फुक्यो कठताल
  • पुर्शुङ्गे फुक्यो भैलीभाइ फुक्यो फुक्यो सरस्वती
  • बाचै फुक्यो बन्धन फुक्यो फुक्यो संगीसाथ ।

* ख्याली (छिटो ताल)[सम्पादन गर्ने]

  • (सबैमा त्यही र बासना टपक्कै टिपी लैजाउ ए भगवान दोहो¥याइन्छ ।)
  • डाँडैै परिको इन्द्रकमल फूल डाँडैै वरिको वासना
  • त्यही र बासना टपक्कै टिपी लैजाउ ए भगवान
  • डाँडैै परिको सयपत्री फूल डाँडैै वरिको वासना
  • डाँडैै परिको थुंगेश्वरी फूल डाँडैै वरिको वासना
  • डाँडैै परिको मखमली फूल डाँडैै वरिको वासना

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अभिगमन मिति नोभेम्बर २०१२ 
  2. "गाउँ विकास समिति", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 

बाहिरी कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]