सामग्रीमा जानुहोस्

भुवनपोखरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भुवनपोखरी
पूर्व गाविस
भुवनपोखरी को लुम्बिनी प्रदेश मा अवस्थिति
भुवनपोखरी
नेपालको नक्सामा भुवनपोखरीको अवस्थिति
भुवनपोखरी को नेपाल मा अवस्थिति
भुवनपोखरी
भुवनपोखरी (नेपाल)
निर्देशाङ्क: २७°४६′N ८३°५१′E / 27.77°N 83.85°E / 27.77; 83.85
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापाल्पा जिल्ला
क्षेत्रफल
  जम्मा२७.१ किमी (१०.५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५,४०८
  घनत्व२००/किमी (५२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

भुवनपोखरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, पाल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५४०८ रहेको थियो जसमध्ये २२७९ पुरुष र ३१२९ महिला रहेका थिए भने यहाँ १२३६ घरधुरी रहेको थियो।[] यो हाल रैनादेवी छहरा गाउँपालिकामा पर्दछ। यो रैनादेवी छहरा गाउँपालिकाको वडा नम्बर ३ हो।

ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको पाल्पाको जिल्ला सदरमुकाम तानसेनदेखि पश्चिममा पाल्पा, गुल्मीअर्घाखाँची जिल्लाको सिमानामा समुन्द्री सतहबाट १,३७२ मिटरको उचाइमा भुवनपोखरी गाविस पर्दछ। भुवनपोखरी नामाकरण हुनु अघि यो ठाउँ गोखुंगाका नामले परिचित थियो। गाविसको माथिल्लो भेगमा रहेको घनाजङ्गलको बीचमा प्रसिद्ध रैनादेवीको मन्दिर रहेको छ। मन्दिर क्षेत्र २७ डिग्री ५४ मिनेट १४.८ सेकेन्ड उत्तरी अक्षांसदेखि ८३ डिग्री २० मिनेट १९.७ सेकेन्ड पूर्वी देशान्तरसम्म फैलिएको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. राष्ट्रिय जनगणना २०६८ ((पिडिएफ)), राष्ट्रिय योजना आयोग सचिवालय: नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग