सामग्रीमा जानुहोस्

रैनादेवी छहरा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रैनादेवी छहरा गाउँपालिका
रैनादेवी छहरा गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
रैनादेवी छहरा गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा रैनादेवी छहरा गाउँपालिकाको अवस्थिति
रैनादेवी छहरा गाउँपालिका मा पर्दछ नेपाल
रैनादेवी छहरा गाउँपालिका
रैनादेवी छहरा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°४६′१२″N ८३°५५′२६″E / 27.770111°N 83.923796°E / 27.770111; 83.923796
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापाल्पा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षरुक्मागत भट्टराई (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षयुवराज थापा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१७५.८८ किमी (६७.९१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२३,१४९
  घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७५
केन्द्रसाविक छहरा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

रैनादेवी छहरा गाउँपालिका पाल्पा जिल्लाका ८ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सिद्धेश्वर, सोमादी, भुवनपोखरी, छहरा, मुझुङ, जुठापौवा, बल्डेङगढीसत्यवती गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रैनादेवी छहरा गाउँपालिकाको कुल जनसङ्ख्या २३,१४९ रहेको छ भने यहाँ ६,३३० घरधुरी रहेका छन्।[]

रैनादेवी छहरा गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
सिद्धेश्वर२,५०७११.४४२१९.१४
सोमादी२,०९२१७.५३११९.३४
भुवनपोखरी४,७५६२७.१०१७५.५०
छहरा४,४४५२५.९६१७१.२२
मुझुङ१,८८१७.६९२४४.६०
जुठापौवा२,९६८३१.१६९५.२५
बल्डेङगढी१,७१९२५.३१६७.९२
सत्यवती२,७८१२९.७०९३.६४
कुल२३,१४९१७५.८९१३१.६१

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

रैनादेवी छहरा गाउँपालिकाको क्षेत्रफल १७५.८८ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा रिब्दीकोटतिनाउ गाउँपालिका, पश्चिममा अर्घाखाँची जिल्ला, उत्तरमा गुल्मी जिल्ला तथा दक्षिणमा रुपन्देही जिल्ला रहेका छन्। []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]