वडा कार्यालय (नेपाल)
वडा कार्यालय स्थानीय तहको सबभन्दा तल्लो प्रशासनिक केन्द्र हो । पहिले नगरपालिकामा मात्रै भएतापनि हाल वडा कार्यालय गाउँपालिकामा पनि छ ।[१] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा देशभरि ४ वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका कायम भएका छन् ।[२][३] स्थानीय तहमा ६ हजार ६ सय ८० वटा वडा कायम भएका छन् ।[४]
मन्त्रालयले २०७४ जेष्ठमा तराईका १६ जिल्लामा स्थानीय तहको संख्या र सीमा हेरफेर तथा स्तरोन्नति गर्दा हाल स्थानीय तहको कुल संख्या ७ सय ४४बाट बढेर ७ सय ६६ पुगेको छ (६ महानगर, ११ उपमहानगर, २८६ नगरपालिका[५] र ४६३ गाउँपालिका) ।[६][७] साबिक ४ सय ८१ गाउँपालिकाको संख्या घटेर ४ सय ६३ कायम भएको छ ।[८][९]
वडा कार्यालयबाट पाइने सुबिधाहरू[१०][सम्पादन गर्नुहोस्]
(१) नाता प्रमाणित,
(२) नागरिकताको सिफारीस र नागरिकताको प्रतिलिपि लिनको लागि सिफारिस,
(३) बहाल करको लेखाजोखा सिफारिस,
(४) कोठा खोल्न रोहबर बस्ने,
(५) मोही लगत कट्टा सिफारिस,
(६) घरजग्गा करको लेखाजोखा सिफारीस,
(७) जन्ममिति प्रमाणित,
(८) ब्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा हुँदै नभएको सिफारिस,
(९) मिलापत्र कागज बनाउने निवेदन दर्ता सिफारिस,
(१०) विवाह प्रमाणित अविवाहित प्रमाणित,
(११) निःशुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिस,
(१२) आफ्नो अधिकार क्षेत्रको विषयमा अंग्रेजी भाषामा सिफारीस, प्रमाणित,
(१३) घर पातल प्रमाणित,
(१४) व्यक्तिगत विवरण प्रमाणित,
(१५) पुर्जामा घर कायम गर्ने सिफारिस,
(१६) फरक–फरक नाम, थर र जन्म मितिको सिफारिस, प्रमाणित तथा दुबै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस,
(१७) नाम, थर र जन्म मिति संशोधनको सिफारिस,
(१८) जग्गा धनीपूर्जा हराएको सिफारिस,
(१९) कागज र मन्जुरीनामा प्रमाणित,
(२०) कित्ताकाट सिफारिस,
(२१) संरक्षक प्रमाणित तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस,
(२२) जिवीतसंगको नाता प्रमाणित,
(२३) हकवाला वा हकदार प्रमाणित,
(२४) नामसारि सिफारिस,
(२५) जग्गाको हक सम्बन्धि सिफारिस,
(२६) मृतकको नाता प्रमाणित, सर्जमिन र सिफारिस,
(२७) उद्योग ठाउँसारी सिफारिस,
(२८) जिवित रहेको सिफारिस,
(२९) पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस,
(३०) जग्गा मूल्यांकन सिफारिस प्रमाणित,
(३१) विद्यालयको कक्षाबृद्धि सिफारिस,
(३२) पालन पोषण सिफारिस,
(३३) बैवाहिक अंगिकृत नागरिकता सिफारिस,
(३४) आर्थिक अवस्था कमजोर, विपन्नता वा सम्पन्नता सिफारिस,
(३५) विद्यालय ठाउँसारी सिफारिस,
(३६) धारा तथा विद्युत जडान सिफारिस,
(३७) प्रचलित कानुन बमोजिम अन्य सिफारिस तथा प्रमाणित र गाउँपालिका वा नगरपालिकाले तोकिदिएका अन्य कार्यहरू
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "स्थानीय तह कार्यान्वयनमा", नागरिक दैनिक, २८ फागुन २०७३, अन्तिम पहुँच २८ फागुन २०७३।
- ↑ "७ सय ४४ स्थानीय तह कार्यान्वयनमा", कान्तिपुर दैनिक, २७ फाल्गुन २०७३, अन्तिम पहुँच २७ फाल्गुन २०७३।
- ↑ "नेपालका नगरपालिकाहरूको आधिकारिक वेबसाइट", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १४।
- ↑ "१९ जिल्लामा थप गाउँपालिका र नगरपालिका", बीबीसी, २०७४ जेठ ८, अन्तिम पहुँच २०७४ जेठ ८।
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।
- ↑ "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४।
- ↑ "यी हुन् थपिएका गाउँपालिका र नगरपालिका (सूचीसहित)", OnlineKhabar, २०७४ जेठ ११, अन्तिम पहुँच २०७४ जेठ १०।
- ↑ "मन्त्रीपरिषदबाट मिति २०७४/२/१७ मा जारी गरिएको स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १८।