सामग्रीमा जानुहोस्

माथागढी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माथागढी गाउँपालिका
माथागढी गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
माथागढी गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा माथागढी गाउँपालिकाको अवस्थिति
माथागढी गाउँपालिका मा पर्दछ नेपाल
माथागढी गाउँपालिका
माथागढी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°४६′१२″N ८३°५५′२६″E / 27.770111°N 83.923796°E / 27.770111; 83.923796
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापाल्पा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षयमबहादुर चिदी (नेकपा (एमाले))
  उपाध्यक्षविष्णुमाया लुङचे (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२१५.४९ किमी (८३.२० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२४,०५३
  घनत्व११०/किमी (२९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७५
केन्द्रसाविक झडेवा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

माथागढी गाउँपालिका पाल्पा जिल्लाका ८ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका चिदिपानी, रुप्से, कसेनी, झडेवा, गोठादी, रहबासबहादुरपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार माथागढी गाउँपालिकाको कुल जनसङ्ख्या २४,०५३ रहेको छ भने यहाँ ५,८२३ घरधुरी रहेका छन्।[]

माथागढी गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
चिदिपानी३,५०८२०.२५१७३.२३
रुप्से२,३३२९.८६२३६.५१
कसेनी (१-३, ५-७, ९)६,३४५२४.९३२५४.५१
झडेवा३,९१२३६.७८१०६.३६
कसेनी (४, ८) र गोठादी (५, ६, ८, ९)२,४३८३३.९७७१.७७
गोठादी (१-४, ७)१,९९६४५.३३४४.०३
रहबास२,११८२४.१६८७.६७
बहादुरपुर१,४०४२०.२१६९.४७
कुल२४,०५३२१५.४९१११.६२

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

माथागढी गाउँपालिकाको क्षेत्रफल २१५.५९ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा पूर्वखोलानिस्दी गाउँपालिका, पश्चिममा तिनाउ गाउँपालिका, उत्तरमा रम्भा, पूर्वखोलाबगनासकाली गाउँपालिका तथा दक्षिणमा नवलपरासीरुपन्देही जिल्ला रहेका छन्। []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]