माथागढी गाउँपालिका
स्वरूप
माथागढी गाउँपालिका | |
|---|---|
| निर्देशाङ्क: २७°४६′१२″N ८३°५५′२६″E / 27.770111°N 83.923796°E | |
| देश | |
| प्रदेश | लुम्बिनी प्रदेश |
| जिल्ला | पाल्पा |
| स्थापित | २७ फागुन २०७३ |
| सरकार | |
| • अध्यक्ष | यमबहादुर चिदी (नेकपा (एमाले)) |
| • उपाध्यक्ष | विष्णुमाया लुङचे (नेकपा (एमाले)) |
| क्षेत्रफल | |
| • जम्मा | २१५.४९ किमी२ (८३.२० वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | २४,०५३ |
| • घनत्व | ११०/किमी२ (२९०/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
| क्षेत्रीय सङ्केत | +९७७-७५ |
| केन्द्र | साविक झडेवा गाविसको कार्यालय |
| वेबसाइट | आधिकारिक वेबसाइट |
माथागढी गाउँपालिका पाल्पा जिल्लाका ८ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका चिदिपानी, रुप्से, कसेनी, झडेवा, गोठादी, रहबास र बहादुरपुर गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार माथागढी गाउँपालिकाको कुल जनसङ्ख्या २४,०५३ रहेको छ भने यहाँ ५,८२३ घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]माथागढी गाउँपालिकाको क्षेत्रफल २१५.५९ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा पूर्वखोला र निस्दी गाउँपालिका, पश्चिममा तिनाउ गाउँपालिका, उत्तरमा रम्भा, पूर्वखोला र बगनासकाली गाउँपालिका तथा दक्षिणमा नवलपरासी र रुपन्देही जिल्ला रहेका छन्। [४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।