रामपुर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामपुर
RampurMunicipality.jpg
देश नेपाल
अञ्चललुम्बिनी अञ्चल
जिल्लापाल्पा जिल्ला
स्थापना२०७१ जेष्ठ ४
सरकार
 • मेयररमण बहादुर थापा (ने.का.)
 • उप मेयरविष्णु देवी घिमिरे आचार्य (ने.का.)
क्षेत्रफल
 • जम्मा१२३.३४ किमी (४७.६२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३५,३९६
 • घनत्व२९०/किमी (७४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-७५
वेबसाइटwww.rampurmun.gov.np/ne

रामपुर पाल्पा जिल्लामा अवस्थित एउटा नगरपालिका हो । साविक रामपुर गाबिसको बेझांड बजार रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[२] यसलाई नगरपालिका घोषणा गर्दा रामपुर, गेझा, खालीवन, दर्छागाँडाकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।

संक्षिप्त परिचय[सम्पादन गर्नुहोस्]

रामपुर नगरपालिका नेपाल सरकारले २०७१ बैशाख २५ गते घोषणा गरेको ७२ नगरपालिका मध्येको एक विविध सम्भावना रहेको र भौगोलिक हिसावले ठूलो नगरपालिका हो । राजनीतिक विभाजनका हिसावले पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चल, पाल्पा जिल्ला अन्र्तगत पूर्वि पाल्पामा अवस्थित सदावहार निर्मल, स्वच्छ एवं धार्मिक हिसावले पवित्र काली नदीको तटमा रहेको छ । परापूर्व कालमा नुन, उन र सुनको व्यापारको पैदल मार्ग बनेको रामपुर अहिलेको औद्योगिक तथा व्यापारीक केन्द्रको सम्भाव्य क्षेत्रको रूपमा रहेको छ ।

जिल्ला सदरमुकाम तानसेन देखी ६५ किलोमिटर पूर्वमा पर्ने यस रामपुर नगरपालिका राजधानी काठमाडौँ देखि पक्कि सडक हुंदै करिब ३७५ कि.मी. को दुरीमा छ भने प्रसिद्ध केलादी घाटमा निर्माण भएको पक्की पुल सुचारु भएपछि रामपुर काठमाडौँको दुरी छोटिएर २५० कि.मी. दुरी बनेको छ । यसको भौगोलिक अवस्थितिमा २७ डिग्री ३३ मिनेट देखी २७ डिग्री ५३ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ४६ मिनेट देखी ८३ डिग्री ५४ मिनेट पूर्वि देशान्तरमा रहेको छ । समुन्द्री सतहबाट ३५० मिटर देखी ११०० मिटर उचाईमा रहेको रामपुर नगरपालिकाले १२३.५ वर्ग कि.मि. क्षेत्र ओगटेको छ । पूर्वमा वाकामलाङ, पश्चिममा हेक्लाङ, सिलुवा, विरकोट उत्तरमा काली नदी पारी स्याङ्गजाको चापाकोट नगरपालिका, साँखर गा.वि.स., तनहुँको गजरकोट गा.वि.स. र दक्षिणमा पाल्पा जिल्लाको सहलकोट, झिरुवास, गल्धा गा.वि.स सिमानामा रहेका छन् ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

रामपुर, गेझा, खालीवन, दर्छागाँडाकोट गाविसहरूलाई मिलाएर रामपुर नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ३५,३९६ रहेको छ ।[३]

ब्यास बसपार्क[सम्पादन गर्नुहोस्]

रामपुर नगरपालिका वडा नं ६ मा ब्यास बसपार्क[४] को घोषणा ।

सामुदायिक रेडियो[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ 
  3. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२ 
  4. "रामपुरमा ब्यास बसपार्क", ekaruwa, २०१५, अन्तिम पहुँच १ जुन २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]