सामग्रीमा जानुहोस्

नुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नून (अङ्ग्रेजी : Common Salt) मुख्य रूपमा सोडियम क्लोराइडद्वारा (NaCl) बनेको एक प्रकारको खनिज पदार्थ हो । नुन अधिक मात्रामा समुद्रमा पाइन्छ, एक लिटर समुद्री पानीमा ३५ ग्रामसम्म नुन पाइन्छ ।

नुन मानव जीवनको लागि महत्त्वपूर्ण छ, यो मानव स्वादहरू मध्येको एक हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक वयस्क व्यक्तिले २००० मिलिग्राम भन्दा कम नुन सेवन गर्नुपर्छ, जुन ५ ग्राम नुन प्रति दिन बराबर हो ।[]

नून
  • आँखाको जालो, धमिलो, फुलोमा
सिधेनुनको धूलो एक चम्चा, काल्चि मिश्रीको धूलो २ चम्चा दुबैलाई धूलो पारेर मिसाउने र आधा ग्लास सफा पानीमा पकाउने र शिशीमा राख्ने र आवश्यकता अनुसार २\२ थोपा आँखामा हाल्ने ।
  • पेट गडबड भैरहेमा
उमेर हेरी आधा चम्चा वा एक चम्चा विरेनुन आधा ग्लास पानीमा विहान वेलुका ठिक नभए सम्म एक हप्ता सम्म खाएमा पेट दुख्न ठिक हुन्छ ।
  • साधारण खोकीमा
सिधेनुनको ढिको आगोमा तताएर आधा ग्लास पानीमा तातै हाल्ने र त्यो पानी ३ मात्रा गरेर खाएमा खोकी ठिक हुन्छ ।
  • साधारण ज्वरोमा
सिदेनुन एक भाग, चिनी चार भाग धूलो पारेर मिसाएर शिशीमा राख्ने र १\१ चम्चा एक ग्लास पानीमा पकाएर दिनको तीन पटक खान दिएमा साधारण ज्वरो ठिक हुन्छ ।
  • पेट फुल्ने रोग भएमा
हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने भएमा १ चम्चा बेसार र १ चम्चा नून १ गिलास पानीमा पकाएर बिहान\बेलुका खानाले ठिक हुन्छ ।
  • वायुगोला\गानो गएमाः
१ चम्चा घ्यू कुमारीको गुदी, १ चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।
  • कब्जियत र अधिक वायु भएमाः
आँपको कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १\४ भाग हिङ र सिदेनून मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १\२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १\२ दिनमै ठीक हुन्छ ।
  • कान दुख्ने, पिप आउने , खटिरा आदि भएमाः
ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनूनको धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।
  • शूल भएमा , धेरै दीसा लागेमा
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
  • अजीर्ण (खाएको नपच्ने) भएमा
छोकडा, मरिच, सिदेनून, मुनक्का दाखजीरा बराबर पिनेर कागति हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
  • टाउको दुखेमा
सिमालीको २\३ वटा पातमा नून हालेर काँढा पानी बनाएर खाएमा ठीक हुन्छ ।
  • घाँटीको रोगमा
३/४ वटा सिमालीको पात २ वटा पिल्ला नून हालेर काँढा बनाएर पिएमा घाँटी सम्बन्धी रोग निको हुन्छ ।
  • शरीर सुनिएमा
सिमालीको ३\४ पातको काँढा नून हालेर पकाएर खानु ३\४ दिनमै सुनिएको ठीक हुन्छ ।
  • निद्रा नलाग्नेमा
भाँङको लड्डु खानाले जस्तो मानिसलाई पनि राम्ररी निद्रा पर्दछ । भाँङको गेडाको चूर्ण आधा चम्चा सिदेनून १ चिम्टी हालेर पानीसँग खाएमा मस्तसँग निद्रा लाग्नेछ ।
  • कफ जमेमा
भुटेको रायोको आधा चम्चामा एक चिम्टी सिदेनून र आधा चम्चा चिनी मिसाएर बिहान/बेलुका तातो पानी सँग सेवन गर्नाले कफ जमेको ठीक हुन्छ ।
  • दाँत बलियो बनाउन
रायोको तेलमा नून बेसार मिलाएर नित्य सुत्ने बेलामा औंलाले दाँत राम्ररी माझेर मनतातो पानीमा कुल्ला गर्ने गरेमा १/२ हप्तामा नै गिजा तथा दाँत जरैदेखि बलियो हुन्छ ।
  • घाँटी बसेमा
मनतातो पानीमा कागतीको रस, नून हालेर बिहान/बेलुका गारगल गर्नाले घाँटी बसेको ठीक हुन्छ ।
  • ओठ फुट्ने भएमा
एक चम्चा घ्यूमा एक चिम्टी नून हालेर तताएर राख्नुहोस् र ओठ फुटेको बेलामा दिनको २/४ पटक लगाउनु होस् ।
  • घाँटी सुन्निएमा
कण्ठकारीको फलमा एक चम्चा रसमा १ चिम्टी सिदेनून हालेर खाने गरेमा १/२ दिनमै ठीक हुन्छ ।
  • ज्वरो आएमा
सिमालीको पात ३/४ वटा र नून हालेर काँढा बनाएर बिहान/बेलुका खाने गरेमा जस्तोसुकै ज्वरो पनि ठीक हुन्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]
  1. "WHO issues new guidance on dietary salt and potassium", WHO, ३१ जनवरी २०१३। 
"https://ne.wikipedia.org/w/index.php?title=नुन&oldid=1204836" बाट अनुप्रेषित