दुध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दूधबाट अनुप्रेषित)
एक गिलास दूध

दूध एक पोषक तत्वयुक्त सेतो तरल पदार्थ हो जुन पोथी स्तनपायी प्राणीहरूको स्तन ग्रंथिहरूले उत्पादन गर्दछ । यो अन्य प्रकारका खाना पचाउन सक्नु अघि शिशु स्तनपायी जन्तुहरू (स्तनपान गराएका मानिस सहित) को लागि पोषणको प्राथमिक स्रोत हो । नवजात शिशुहरू प्राय जसो दूधमा निर्भर हुने गर्छन् । सुरुको दुधमा कोलोस्ट्रम हुन्छ, जसले आमाको एन्टिबडीहरू आफ्ना शिशुलाई दिन्छ जसले धेरै रोगहरूको जोखिम कम गर्न सक्छ। यसमा प्रोटीन र ल्याक्टोज सहित अन्य धेरै पोषक तत्वहरु समावेश हुन्छ।[१] दुधको अन्तरप्रजातिय उपभोग असाधारण होइन, विशेष गरी मानवहरूमा, जसमध्ये धेरैले अन्य स्तनपायीहरूको दुध खान्छन्।[२][३]

साधारणतया दूधमा ८५ प्रतिशत पानी हुन्छ र बाँकी भागमा ठोस तत्त्व वा खनिज तथा बोसो हुन्छ । गाई-भैंसी वाहेक बजारमा विभिन्न कम्पनीहरूको प्याक गरिएको दूध पनि उपलब्ध हुन्छन् । दूध प्रोटिन, क्याल्सियम र राइबोफ्लेविन (भिटामिन बी२) युक्त हुन्छ । यस वाहेक यसमा भिटामिन ए, डी र ई सहित फस्फोरस, म्याग्नेसियम, आयोडीन तथा धेरै खनिज र बोसो तथा ऊर्जा पनि हुन्छ । यस वाहेक दूधमा धेरै इन्जाइम र केही जीवित रक्त कोषिकाहरू पनि हुन सक्छन ।[४]

कृषि उत्पादनको रूपमा, दुध गर्भावस्थाको समयमा वा गर्भावस्थाको पश्चात पालिएका जनावरहरूबाट निकालिन्छ। संसारमा दुग्ध फार्मले २०११ मा २६० मिलियन दुग्ध गाईबाट[५] लगभग ७३० मिलियन टन दुध[६] उत्पादन गरेको थियो। विश्वमा भारत दुधको सबैभन्दा ठूलो उत्पादक हो र स्किम्ड दुध पाउडरको अग्रणी निर्यातकर्ता हो, यसले थप अन्य दुध उत्पादनहरू पनि निर्यात गर्दछ।[७][८] दुग्धजन्य उत्पादनहरूको आन्तरिक मागमा निरन्तर वृद्धि र माग-आपूर्ति अन्तर ठूलो हुदै गइरहेको अवस्थामा भारत भविष्यमा दुग्धजन्य उत्पादनहरूको खुद आयातकर्ता हुन सक्छ। [९] न्यूजल्याण्ड, जर्मनी र नेदरल्याण्ड्स दुग्ध उत्पादनको सबैभन्दा ठूलो निर्यातकर्ता हुन्।[१०] २०१६ सम्म दुध र दुग्ध सामाग्रीहरूको लागि विश्वको सबैभन्दा ठूलो आयातकर्ता चीन र रसिया  थिए तर २०१६ पछि दुबै देश आत्मनिर्भर भए र विश्व-दुधमा पचुर्ताको योगदान गरे।[११]

विश्व भर मा, छ अरब भन्दा बढी मानिसहरु दुध र दुध उत्पादनहरु उपभोग गर्छन्। डेरी फार्मिंग गर्ने परिवारहरूमा ७५० मिलियन भन्दा बढी मानिसहरू बस्छन् । [१२]

शब्दावली[सम्पादन गर्नुहोस्]

१९६१ देखि खाना प्रयोगमा हुने milk (दुध) शब्द कोडेक्स अलिमेन्टेरियस मापदण्ड अन्तर्गत परिभाषित गरिएको छ: "दुहुना जनावरहरूबाट एक वा बढी पटक दोइएको सामान्य स्तन स्राव जसमा कुनै थप वा यस भित्र रहेका कुनै बस्तुको निकासी गरिएको हुन्न, जसलाड्ढ तरल दुधको रूपमा उपभोग गर्न वा थप प्रशोधनको अभिप्रायले संचित गरिन्छ"।[१३] "दुग्ध" शब्द पशुको दुध र पशुको दुध उत्पादनसँग सम्बन्धित छ।

परेवाहरूले तिनीहरूका बच्चाहरूलाई खुवाउन निकाल्ने वस्तुलाई "क्रप मिल्क" भनिन्छ र यसले स्तनपायी दुधसँग केही समानता देखाउँदछ, यद्यपि यो दुधको विकल्पको रूपमा खपत हुँदैन।[१४]

दुग्ध दुधका विकल्पहरू[सम्पादन गर्नुहोस्]

माथिको परिभाषाले रङ्ग र बनावटमा दुग्ध दुधसँग मिल्दोजुल्दो हुने गैर-पशु उत्पादनहरू जस्तै बदामको दूध, नरिवलको दूध, चामलको दूध, र सोया दूध लाई दुधको संज्ञा दिएको छैन । तर साधारण तय "दुध" भन्‍नाले "बोटबिरुवा वा खाद्य बस्तुबाट बनाइएका दूध जस्तो रस" लाई नि बुझिन्छ । अमेरिकामा (प्राय: बिरुवामा आधारित) दूधको विकल्पहरूले १३% "दूध" बजार ओगटेको छ, जसले गर्दा डेरी/दुग्ध उद्योगहरूले असफल भएनि धेरै पटक "दुध" नाम दुग्धमा मात्र सीमित राख्‍न मुद्दा हालेका छन्।[१५]

उपभोगका प्रकारहरू[सम्पादन गर्नुहोस्]

दुध खपत मुख्य गरी दुई भिन्न प्रकारहरूमा देखा पर्दछ: (१) सबै शिशु स्तनपायीहरूका लागि पोषणको प्राकृतिक स्रोत र (२) सबै उमेरका मानिसहरु द्वारा खपतका लागि अन्य स्तनपायी जीवहरूबाट प्राप्त खाद्य उत्पादन।

शिशु स्तनपायी प्राणीहरूका लागि पोषण[सम्पादन गर्नुहोस्]

आमाको दुध प्रदान गर्न स्तनपान

लगभग सबै स्तनपायी जन्तुहरूले स्तनपानको माध्यमबाट शिशुहरूलाई दूध खुवाउछन् । दुधलाई सिधै स्तन बाट, कि निकालेर पछि कुनै माध्यमबाट खुवाउने चलन छ। सुरुमा आउने दुधलाई बिगौती दूध (कोलोस्ट्रम) भनिन्छ । बिगौतीमा एन्टिवायोटिक तथा पोषक तत्ववृद्धि कारकहरु हुन्छन् । [१६] बिगौती दुधको बनावट र स्राव को अवधि प्रजातिमा भर पर्छ। [१७]

मानवहरूको लागि विश्व स्वास्थ्य सङ्गठनले छ महिनाको लागि विशेष स्तनपान र दुई वा दुई भन्दा अधिक उमेरका लागि स्तनपानको साथै अन्य खानाको सिफारिस गर्दछ।[१८] केही संस्कृतिहरूमा तीन देखि पाँच वर्ष सम्मको बच्चालाई स्तनपान गराउन सामान्य कुरा हो र यो अवधि अझै लामो हुन सक्छ। [१९] ताजा बाख्राको दूध कहिलेकाँही मानवको दुधको साट्टोमा खुवाउने चलन छ तर यसबाट बच्चालाई इलेक्ट्रोलाइट असंतुलन, मेटाबोलिक एसिडोसिस, मेगालोब्लास्टिक रक्ताल्पता, र एलर्जीको जोखिम रहन्छ। [२०]


मानव को लागि खाद्य उत्पादन[सम्पादन गर्नुहोस्]

विभिन्न स्रोत[सम्पादन गर्नुहोस्]

गाईको दूध[सम्पादन गर्नुहोस्]

गाईको दूधमा प्रति ग्राम ३.१४ मिली ग्राम बोसो हुन्छ। आयुर्वेदको अनुसार गाईको ताजा दूधलाई नै उत्तम मानिन्छ। बत्रा हस्पिटल एन्ड मेडिकल रिसर्च सेन्टरको आयुर्वेदको विभागाध्यक्ष ड . मेहर सिंहको अनुसार गाईको दूध भैंसिको तुलनामा मस्तिष्कको लागि राम्रो हुन्छ।

गाईको दूध

औषधोपचार[सम्पादन गर्नुहोस्]

  • शरीर सुनिएमा मर्केमा
५ ग्राम राम्रो शुद्ध बेसार दूधमा पकाएर बिहान/बेलुका २\४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ ।
  • खोकी लागेमा
१ गिलास दूधमा १ चम्चा बेसार हालेर उमालेर दिनको २ पल्ट खाएमा ठिक हुन्छ । बेसारको टुक्रा पोलेर सुत्ने बेला चुस्ने गरेमा पनि खोकी ठिक हुन्छ ।
  • मुखमा पोतो वा दाग आएमा
जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।
  • ओठ फुट्ने भएमा
दूधको तरमा कागतीको रस मिसाएर दिनको २/३ पटक ओठमा लगाउनु होस्, ओठ फुटेको निको हुन्छ ।

भैंसिको दूध[सम्पादन गर्नुहोस्]

भैंसीको दूधमा प्रति ग्राम ०.६५ मिली ग्राम बोसो हुन्छ । भैंसीको दूधमा गाईको दूधको तुलनामा ९२ प्रतिशत क्याल्सियम, ३७ प्रतिशत फलाम र ११८ प्रतिशत अधिक फस्फोरस हुन्छ । इन्डियन स्पाइनल इन्जरी सेन्टरको मेडिकल डायरेक्टर ड. एच. एस. छाबडाको अनुसार गाईको दूध भन्दा राम्रो भैंसीको दूध हुन्छ। यसमा कम बोसो हुन्छ र मिनरल बढी मात्रामा हुन्छ।

प्याक गरिएको दूध[सम्पादन गर्नुहोस्]

यस तरिकाको दूध डिडिसी (दुग्ध विकास निगम) जस्ता कम्पनीहरूले निर्यात गर्ने गर्छन् । यसमा भिटामिन ए, फलाम र क्याल्सियम पनि मिसाइन्छ। प्याक गरिएको दूध पनि विभिन्न किसिममा पाइने गरेको छ । जसमा फुल क्रिम, टोन्ड, डबल टोन्ड र फ्लेवर्ड मिल्क रहेको छ । फुल क्रिममा पूर्ण मलाई हुन्छ, अतः बोसो सबैभन्दा अधिक हुन्छ। यी सबैको आ-आफ्नो उपयोगिता छ, तर चिकित्सकहरूको सल्लाह अनुसार बच्चाहरूको लागि फुल क्रिम दूध राम्रो हुन्छ भने ठूलाहरूको लागि कम बोसो भएको दूध राम्रो हुन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Pehrsson, P.R.; Haytowitz, D.B.; Holden, J.M.; Perry, C.R.; Beckler, D.G. (२०००), "USDA's National Food and Nutrient Analysis Program: Food Sampling", Journal of Food Composition and Analysis 13 (4): 379–89, डिओआई:10.1006/jfca.1999.0867, मूलबाट अप्रिल ७, २००३-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल ७, २००३ मिति
  2. Van Esterik, Penny (१९९५), "The Politics of Breastfeeding", in Stuart-Macadam, Patricia; Dettwyler, Katherine Ann, Breastfeeding: Biocultural Perspectives, Aldine, आइएसबिएन 978-0-202-01192-9 
  3. Radbill, Samuel X. (१९७६), "The Role of Animals in Infant Feeding", in Hand, Wayland D, American Folk Medicine: A Symposium, University of California Press, आइएसबिएन 978-0-520-04093-9 
  4. दूधको बारेमा सभथोक... वेब्याक मेसिन अभिलेखिकरण २००९-०७-०५ मिति।इकनोमिक टाइम्स, २२ मार्च, २००९
  5. "World Dairy Cow Numbers", [FAO], जनवरी १४, २०१४, मूलबाट मार्च २३, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २३, २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. "Food Outlook – Global Market Analysis", Food and Agriculture Organization of the United Nations, मे २०१२, पृ: 8, 51–54, मे २२, २०१२-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १, २०१२  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  7. Anand Kumar (अक्टोबर २१, २०१३), "India emerging as a leading milk product exporter", Dawn, Pakistan, जुन ३०, २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जुन ३, २०१५  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  8. "Government scraps incentive on milk powder exports to check prices", timesofindia-economictimes, जुन ३०, २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जुन ३, २०१५  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  9. "Milk quality in India", milkproduction.com, जुन ३०, २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जुन ३, २०१५  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण जुन ३०, २०१५ मिति
  10. "Top Milk Exporting Countries", अन्तिम पहुँच ३ जुलाई २०१९ 
  11. Gagnon-Joseph, Nathalie (फेब्रुअरी १७, २०१६), "Three approaches to the milk glut", The Chronicle (Barton, Vermont), पृ: 1A, 24A, 25A, मार्च ७, २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच मार्च १, २०१६  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  12. Hemme, T.; Otte, J., सम्पादकहरू (२०१०), Status and Prospects for Smallholder Milk Production: A Global Perspective, Food and Agriculture Organization of the United Nations, जनवरी १९, २०१२-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १, २०११  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  13. Codex Alimentarius Commission, "General Standard for the Use of Dairy Terms 206-1999", जुलाई ९, २०१७-को मूल रूप सङ्ग्रहित  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  14. Gussekloo, S.W.S. (२००६), "Chapter 2: Feeding Structures in Birds", in Bels, V, Feeding in Domestic Vertebrates: From Structure to Behaviour, CABI Publishing, पृ: २२, आइएसबिएन 978-1-84593-063-9, "A remarkable adaptation can be found in the crop of pigeons. During the breeding season the crop produces a yellow-white fat-rich secretion known as crop milk that is used to feed the nestlings. … The crop milk resembles strongly the milk produced by mammals, except for the fact that carbohydrates and calcium are missing in crop milk." 
  15. "Do we need the government to tell us that almond milk doesn't come from a cow?", USA TODAY (अङ्ग्रेजीमा), डिसेम्बर ९, २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १०, २०१८  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  16. Uruakpa, F.O.; Ismond, M.A.H.; Akobundu, E.N.T. (२००२), "Colostrum and its benefits: A review", Nutrition Research 22 (6): 755–67, डिओआई:10.1016/S0271-5317(02)00373-1 
  17. Saunders Comprehensive Veterinary Dictionary, St. Louis, MO: Saunders Elsevierv, २००७, आइएसबिएन 978-0-7020-2789-5 
  18. The World Health Organization's infant feeding recommendation वेब्याक मेसिन अभिलेखिकरण अप्रिल ११, २०१३ मिति WHO, based on "Global strategy on infant and young child feeding" (2002). Retrieved February 8, 2013.
  19. Dettwyler, Katherine A. (अक्टोबर १९९७), "When to Wean", Natural History, जुन ६, २०१३-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ८, २०१३  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण जुन ६, २०१३ मिति
  20. Basnet, S.; Schneider, M.; Gazit, A.; Mander, G.; Doctor, A. (अप्रिल २०१०), "Fresh Goat's Milk for Infants: Myths and Realities – A Review", Pediatrics 125 (4): e973–77, डिओआई:10.1542/peds.2009-1906, पिएमआइडी 20231186 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=दुध&oldid=1204611" बाट अनुप्रेषित