हिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिङ
Ferula scorodosma syn. assa-foetida
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
F. assa-foetida
वैज्ञानिक नाम
Ferula assa-foetida
L.

हिङ एउटा फेरुला वर्गका केही बहुवर्षीय पोथ्राहरूको जराबाट निकालिने औषधीय गुण भएको खोटो हो । यो प्रजातिको वनस्पति अफगानिस्तानको हिमाली क्षेत्रको रैथाने वनस्पति हो र यसको खेती यस आसपासका भारतीय तथा इरानी भूभागहरूमा गरिन्छ ।

औषधोपचार[सम्पादन गर्नुहोस्]

  • हिङबाट अनेकौँ किसिमका रोगहरूको उपचार गर्न सकिन्छ । हिंगलाई पहिले घ्यूमा फुराएर मात्र औषधिको रूपमा प्रयोगगर्नुपर्छ । छालामा लगाउँदा मात्र घ्यूमा नफुराई प्रयोग गर्न सकिन्छ ।

असली र शुद्ध हिङ मात्र औषधी उपचारमा प्रयोग गर्नु आवश्यक छ ।

  • पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने भएमाः
हिङ, जाइफल, केशरमरिच १५\१५ ग्राम सबै बराबर पिनेर धूलो पार्ने र तातो पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने र सुकाएर राख्ने । आवश्यकता अनुसार १\२ गोली मनतातो पानीसँग खाएमा निको हुन्छ ।
  • कब्जियत र अधिक वायु भएमाः
आँपको कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १\४ भाग हिङ र सिदेनून मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १\२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १\२ दिनमै ठीक हुन्छ ।
  • कान दुख्ने, पिप आउने , खटिरा आदि भएमाः
ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनून धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।
  • दम रोगमा
एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई\दुई गोली तातो पानीसँग बिहान\बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठकि हुन्छ ।
  • हिङवाष्टक चूर्ण
पेट सम्बन्धी समस्याहरु जस्तै ग्याष्ट्रिक, अमलपित्त, अजीर्ण, मन्दाग्नि, खाना, अपच, खाना नरुच्ने आदिका लागि हिंगवाष्टक चूर्ण बनाएर प्रयोग गरेमा लाभकारी हुनेछ ।

बनाउने तरिकाː

ज्वानो, मरिच, पिप्ला, जिरा, सुठो, सिदेनून र अलिकति हिङ सबै बराबर मात्रामा धूलो बनाएर मिसाउने, घ्यूमा पहिले हिङ फूराउने र सबै धूलोलाई मिसाएर राम्ररी तताउने अलिकति सानो हर्रोको धूलो पनि मिसाउने अनि हिङवाष्टक चूर्ण तयार हुन्छ त्यसपछि सिसीमा राख्ने । आवश्यकता अनुसार १\१ चम्चा मनतातो पानीमा खाने ।
  • कम्मर दुख्ने रोगमा
आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।
  • शूल भएमा , धेरै दीसा लागेमा
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
  • आइमाइको हिस्टिरिया रोगमा
१ चम्चा भाङको रसमा १ चिम्टी फुराएको हिङ फिटेर बिहान\बेलुका खाने गरेमा ठीक हुन्छ ।
  • कम्मर दुख्ने रोगमा
आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।





[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]



"https://ne.wikipedia.org/w/index.php?title=हिङ&oldid=1136739" बाट अनुप्रेषित