जेठी मधु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिभाषा[सम्पादन गर्नुहोस्]

  • जेठीमधु : ठूला पात, ससाना हरिया फल फल्ने र मोटो गुलियो जरा हुने एक लहरो, यष्टिमधु । त्यसैको फूल वा जरो ।
  • मधु : औषधीमा प्रयोग गरिने, सानो नली भएको, गुलियो स्वाद हुने लेकाली बुटी, जेठीमधु ।
  • मधूलिका : जेठीमधु ।
  • मुलेठी : जेठीमधु, मरहट्टी ।
  • यष्टि : जेठीमधु, यष्टी ।
  • रातीगेडी : चनाका जस्ता पात हुने, हल्का गुलाफी रङ्गका फूल फुल्ने, केराउका जस्ता कोसा लाग्ने, जरा “जेठीमधु” कहिने एक प्रकारको लता वा त्यसमा फल्ने, सुन आदि तौलिँदा लाल वा रत्तीको परिमाण बनाइने, कालो टीका भएको रातो गेडो, लालगेडी, आँखीगेडी ।
  • यसलाई अंग्रेजीमा Liquorice Root, Sweetwood वा Common licorice तथा ल्याटिन भाषामा Glycyrrhiza glabra, Linn. भनिन्छ ।

रातीगेडीको जरालाई समेत जेठीमधु भनी उपयोगमा लेराइन्छ तर अधिकांश प्राचीन आचार्यहरू यस कुरामा सहमत छैनन् ।

जेठी मधु
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
वंश:
प्रजाति:
G. glabra
वैज्ञानिक नाम
Glycyrrhiza glabra
L.[१]
पर्याय
Glycyrrhiza glabra

स्वाद :[सम्पादन गर्नुहोस्]

यो गुलियो र केही तीतो हुन्छ ।

फाइदा :[सम्पादन गर्नुहोस्]

  1. शीतल गर्दछ,
  2. आँखाका लागि लाभदायक हुन्छ.
  3. बल दिन्छ.
  4. शरीरको वर्णका लागि हीतकारी हुन्छ,
  5. चिल्लो हुन्छ,
  6. वीर्यवर्धक हुन्छ,
  7. कपाल तथा स्वरका लागि लाभदायक हुन्छ,
  8. पित्तजन्य वातरोग, रगतका विकार, पित्तका विकार, सुन्निएको घाउ, विष, वाकवाकी, तिर्खा, ग्लानि (मानसिक थकाई), सुजन, घाउखटिरा र क्षयरोग नाश गर्दछ,
  9. खानमा रुची जगाउँदछ,
  10. जेठीमधुको अर्कले विषविकार, वाकवाकी, तिर्खा, ग्लानि (मानसिक थकाई), क्षयरोग, जरो, कुष्ठरोग, आउँ र मुटुका रोग निको पार्दछ,
  11. जेठीमधुको धुलो र सक्खरको काँडापानीमा दूध मिसाएर खाने गरे वीर्यहीन पुरुष पनि वीर्यशाली हुन्छ र
  12. जेठीमधु र ताजा अमला बराबर मिसाएर पिस्नू । जतिहुन्छ त्यसको चौबर तिलको तेल, तेलको चौबर गाईको दूध र तेलको चौबर नै पानीमा त्यो ओखती हालेर पानी र दूध सुकी तेलमात्र बाँकी नहुँदासम्म पकाउनू । यसपछि झिकेर छान्नू । यो तेलको नस लिने गर्नाले (लगाउने होइन) खुइलेका टाउकाका कपाल, दाह्री र जुँगा पुनः पलाउँदछ र झर्न पनि बन्द हुन्छ ।

(जेठीमधुको अन्य ओखतीसँग मिसाएर गरिने प्रयोग धेरै भएकोले सबै राख्न सकिएन)

बेफाइदा :[सम्पादन गर्नुहोस्]

यो पचाउन कठिन हुन्छ ।

सन्दर्भ ग्रन्थ :[सम्पादन गर्नुहोस्]

  • अमरकोश, कुलचन्द्र शर्मा,
  • नेपाली बृहत् शब्दकोश, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान,
  • भावप्रकाश निघण्टु, टीकाकार डा.कृष्णचन्द्र चुनेकर,
  • आचार्य बालकृष्णको लेख,
  • राज निघण्टु, टीकाकार डा.सतिश चन्द्र साङ्ख्यधर,
  • मदनपाल निघण्टु,
  • अर्कप्रकाश, रावण,
  • आयुर्वेद महोदधि वा सुषेण निघण्टु र
  • शार्ङ्गधर संहिता

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Glycyrrhiza glabra information from NPGS/GRIN", www.ars-grin.gov, अन्तिम पहुँच ६ मार्च २००८