भाङ
भाङ | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति जगत
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | Cannabis sativa
|
उपप्रजाति: | Cannabis sativa ssp. indica
|
वैज्ञानिक नाम | |
Cannabis indica Lam. |
भाङ वा भाँगो औषधीय गुण भएको पोथ्रा वर्गमा पर्ने वनस्पति हो । यो नेपालमा फल्ने एक किसिमको बाली हो। यसको फललाई खासगरी अचार बनाउन प्रयोग गरीन्छ भने यसको वोटको बोक्रा (लोता)लाई डोरी बनाउन प्रयोग गरीन्छ। यो बाग्लुङ जिल्लाको प्रसिद्ध उत्पादन हो। पोथी भाँगो चरेस गाँजा जस्ता नशालु पदार्थ बनाउनमा पनि प्रयोग हुन्छ। यसलाई लागुपदार्थको रूपमा मानिएपनि यसका विभिन्न भागहरूमा औषधीय गुण भएको हुनाले गाउँघरमा यसलाई जडीबुटीको रूपमा लिने गरेको पाइन्छ । हिन्दूहरूका विभिन्न धर्मग्रन्थहरूमा भाङलाई भगवान शिवको प्रसादको रूपमा वर्णन गरिएको पाइन्छ ।
भाङको औषधीय गुणहरू[सम्पादन गर्नुहोस्]
भोक नलाग्ने, मांशपेशीको दुखाई, पेट दुखाई, निद्रा नलाग्ने, गोनोरिया, महिनावारी हुँदा धेरै रगत बग्ने, पखाला, हैजा, पानी देखि डराउने, धनुष्टंकारमा पातको रसको सेवन गरिन्छ । रगतमासी परेको बेलामा यसको पातको काढा बनाएर खाइन्छ । अजीर्ण–अपच, रगत बग्ने, यौनशक्तिमा कमी, पेटमा जुका परेमा, घाउ आएको बेलामा बीउको चूर्णको सेवन गरिन्छ । यसको सेवनले मात लाग्छ । होली र शिवरात्री पर्वमा यसको मिठाई बनाएर खाइन्छ । [१]
औषधोपचार[सम्पादन गर्नुहोस्]
- कर्णशूल
- कान चर्कने रोग भएमा भाँङको रस मनतातो गरी २\२ थोपा हाल्ने गरेमा ठीक हुन्छ ।
- निद्रा नलाग्नेमा
- भाँङको लड्डु खानाले जस्तो मानिसलाई पनि राम्ररी निद्रा पर्दछ । भाँङको गेडाको चूर्ण आधा चम्चा सिदेनून १ चिम्टी हालेर पानीसँग खाएमा मस्तसँग निद्रा लाग्नेछ ।
- टाउको दुखेमा
- भाँङको पातको रस कंचटमा दल्नाले पनि टाउको दुखेको ठीक हुन्छ ।
- आइमाइको हिस्टिरिया रोगमा
- १ चम्चा भाँङको रसमा १ चिम्टी फुराएको हिङ फिटेर बिहान\बेलुका खाने गरेमा ठीक हुन्छ ।
- टाउकोको चायामा
- भाँङको पातको रसले नियमित तेल लगाए झै टाउकोमा राम्ररी दलेर नुहाउनाले चाया विस्तारै जान्छ ।
- दम रोगमा
- वाथ भएमा
- भाँङको तेलको मालिस गर्नाले पनि वाथ रोग निको हुन्छ ।
- अल्काई भएमा
- भाँङको पातको लेदो र आलस पिनेर मिसाएर अल्काईको घाउमा लेप लगाउने गरेमा रगत आउने, दुख्ने सम्पूर्ण ठीक हुन्छ ।
- मलेरिया ज्वरो आएमा
- भोक जगाउन
- १ डाडु भाङको गेडाको धूलोमा १ चम्चा मरिचको धूलो मिसाउने र बिहान खाली पेटमा १ चम्चा महसँग फिटेर खाने गर्नुहास्, भोक राम्ररी जाग्नेछ ।
- घाउ, खटिरा आएमा
- भाङको पात पानीमा पिनेर लेप गर्नाले घाउ, खटिरा आदि निको हुन्छ ।
चित्र दिर्घा[सम्पादन गर्नुहोस्]
- Indica leaf.jpg
Broad leaf of a C. indica plant
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

