भाँटेझार
स्वरूप
| भाँटेझार | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | |
| (श्रेणीविहीन): | |
| (श्रेणीविहीन): | |
| (श्रेणीविहीन): | |
| गण: | |
| कुल: | |
| वंश: | |
| प्रजाति: | infortunatum |
| वैज्ञानिक नाम | |
| Clerodendrum infortunatum L. | |
भाँटेझार औषधीय गुण भएको बहुवर्षीय बुट्यान वर्गमा पर्ने वनस्पति हो ।
भाँटेझारको औषधीय गुणहरू
[सम्पादन गर्नुहोस्]यसको डाँठले दाँत माझ्दा दाँत र गिजाका रोग निको हुन्छ । बिहान खाली पेटमा कलिलो मुन्टा पिंधेर खाँदा खानाप्रति रुची बढ्छ र पेटको जुका मर्छ । कब्जियत, अजीर्ण–अपच, जीउ चिलाउने– चर्चराउने, जीउमा घाउ आएको–सुन्निएको, रक्त विकार, कफ, कमजोरी, ज्वरोमा यसको जराको सेवन गरिन्छ । गाइवस्तुको पेटमा जुका परेमा पात र जराको रस ख्वाइन्छ तथा जुम्रा परेमा रस दलिन्छ । महिनाबारी हुँदा धेरै रगत बग्ने भएमा यसको जरा, पात र बीउको सेवन गरिन्छ । [१]
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री