अर्थुङ्गे (वनस्पति)
अर्थुङ्गे | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
वंश: | |
प्रजाति: | H. contortus
|
वैज्ञानिक नाम | |
Heteropogon contortus (L.) P.Beauv. ex Roem. & Schult.[१] |
अर्थुङ्गे पोथ्रा वर्गमा पर्ने औषाधीय गुण भएको वनस्पति हो । एकदलीय यो वनस्पति २-३ फिट अग्लो रातो डाँठ भएको हुन्छ । यसमा भदौतिर कालो फुल लाग्ने र कार्तिकतिर पाक्ने तिखो कुरो फलको रूपमा लाग्ने गर्दछ । यसको कुरोलाई पानी अथवा थुकले भिजाउँदा घडीको सुइ घुमेजस्तो घुम्ने गर्दछ । अरथुङ्गेको जरा गुलियो हुन्छ, कलिलोमा खाए यसले भोक मेटाउँछ । नेपालको पहाडी भूभागमा यसलाई घर तथा गोठको छाना छाउन खरको रूपमा प्रयोग गरिन्छ । अरथुङ्गेको घाँस घरपालुवा जनावरलाई खुवाउन प्रयोग गरिन्छ । घरपालुवा जनावरलाई अरथुङ्गेको घाँस खुवाउनाले पशुहरूको दूधमा घिउ धेरै लाग्ने गर्दछ ।
औषधीय गुण
[सम्पादन गर्नुहोस्]अरथुङ्गेको बीउलाई पिँस्दा पिठो निस्कन्छ । जसको सेवनले चिसो, रूघा, खोकी, बाथ जस्ता रोगहरूबाट छुटकारा मिल्छ भने शरिरलाई यसले बल प्रदान गर्दछ । दैनिक रूपमा १/१ माना काँढापानी बनाएर खानाले विषेश फाइदा हुन्छ ।
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]-
Single seed demonstrating long twisted awn
-
Ripe seedhead -
Form
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Heteropogon contortus (L.) P. Beauv. ex Roem. & Schult.", Germplasm Resources Information Network, United States Department of Agriculture, १९९७-०५-२२, अन्तिम पहुँच २००९-०३-२७।