रुद्राक्ष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रुद्राक्ष
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
इ.ग्यानीट्रस
वैज्ञानिक नाम
एलेकार्पोस ग्यानीट्रस
(रक्सबर्ग)

रुद्राक्ष(Ultrasum Bead Tree , Rosery Nut), नेपालको मध्य पहाडी क्षेत्रमा पाईने वनस्पति र यसमा फल्ने फल हो । यसको रुख र फल दुबैलाई नेपाली,संस्कृत र हिन्दी भाषामा रुद्राक्ष भनिन्छ । रुद्राक्षको एकै बोटमा एकपटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरू फल्दछन् । यसको दानामा माथिबाट झरेका रेखाहरू (Vertical ) रेखाहरू हुन्छन् । त्यही रेखालाई मुख भनिन्छ र जतिवटा रेखा हुन्छन् त्यति नै मुखे रुद्राक्ष भनिन्छ । यो फल(रुद्राक्ष) एक मुखे देखि २७ मुखे सम्म भएकोविश्वास गरिन्छ । यो संस्कृतको रुद्र र अक्षबाट बनेको हो । शाब्दिक अर्थमा यो भगवान शिवको अश्रु जलबिन्दु मानिन्छ । नेपाली शब्दसागर शब्दकोषमा रुद्राक्ष शब्दलाई "लामा-लामा हरिया केशर हाँगामा-फूल सेता हुने स्याउले एक ठूलो जातको रुख र त्यसैको साना ओखर वा तिमिला खाले काँडे फल" भनेर परिभाषित गरिएको छ । रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर पनि चिनिन्छ । धार्मिक महादेवको वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा धेरै छ । रुद्राक्षको उत्पत्तिका बारेमा पौराणिक कथा अनुसार भगवान शिवले महाबली दैत्य सुरलाई नाश गर्न लामो समयसम्म चिन्तन गरी आँखा खोल्दा शिवको सूर्यमुखी आँखाबाट बगेको आँसुका थोपा निस्की विभिन्न ठाउँमा छरिन गए । यिनै छरिएका आँसुका थोपा वृक्षमा परिणत हुन गएकाले शिवका आँसुका उपजलाई रुद्राक्ष वृक्षहरू भनेर नामाकरण गरियो । 'रुद्राक्ष रहस्य' नामक पुस्तकका अनुसार रुद्राक्ष २७ मुखीसम्म हुन्छ भनेका छन् भने हालैको खोजअनुसार संसारभरि ३८ मुखीसम्म रुद्राक्ष पाइएको खोजकर्ताले बताएका छन् तर सामान्यतः १ देखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छन् । एकमुखी र नौ मुखीदेखि १४ मुखी रुद्राक्ष निकै दुलर्भ मानिन्छ ।

धा‍र्मिक विश्वाश अनुसार एकमुखी रुद्राक्ष भगवान शिव, द्विमुखी श्री गौरी-शंकर, त्रिमुखी तेजोमय अग्नि, चतुर्थमुखी श्री पंचदेव, षष्ठमुखी भगवान कार्तिकेय, सप्तमुखी प्रभु अनंत, अष्टमुखी भगवान श्री गणेश, नवममुखी भगवती देवी दुर्गा, दसमुखी श्री हरि विष्णु, तेरहमुखी श्री इंद्र तथा चौदहमुखी स्वयं हनुमानजीको रूप मानिन्छ । विभिन्न आकारका रुद्राक्ष धारणबाट फल पाइन्छ । अमला आकारको रुद्राक्ष धारण गर्दा सबै अरिष्ट नाश हुन्छ । बयर आकारका रुद्राक्षले सुख र सौभाग्य बढाउँछ । लालगेडी आकारको साना दाना भएको रुद्राक्षबाट सबै मनोरथ पूरा हुन्छन् भनिएको छ ।[१] रातो, कालो, सेतो र पहेँलो रङको पनि रुद्राक्ष हुने हुँदा कालो रङ्गको रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ । यस्तै जुन रुद्राक्षमा प्वाल नपारीकन धागो छिराउन सकिन्छ त्यो सबैभन्दा राम्रो र सर्वश्रेष्ठ मानिन्छन् ।

रुद्राक्ष पाइने मुख्य स्थान[सम्पादन गर्नुहोस्]

पश्चिम नेपालको काश्की, स्याङ्जा, पाल्पा, गुल्मी र पूर्वी नेपालको भोजपुर, सङ्खुवासभाधनकुटामा बढी पाइन्छ । नेपाललगायत भारत, मलेसिया, थाइल्याण्ड, इन्डोनेसिया तथा अस्ट्रेलियाका जङ्गलमा प्रशस्तै पाइन्छ । विश्वभरमा यसका जम्मा १२३ प्रजाति पाइएका छन् । रुद्राक्ष नेपालको अतिरिक्त, बर्मा, इङ्ल्यान्ड, बङ्गलादेश तथा मलेशियामा समेत अत्यधिक पाइने गर्दछ । भारतको बिहार, बङ्गाल, मध्य प्रदेश, आसाम तथा महाराष्ट्र पनि पाइन्छ । विद्वानहरूको भनाई रहेको छ रुद्राक्षको माला धारण गर्नाले मानिसको शरीरमा प्राणको नियमन भै कैयौ प्रकारका शारीरिक तथा मानसिक विकारबाट रक्षा हुने गर्दछ । यसको माला लगाउनाले हृदयविकार तथा रक्तचाप आदि रोगहरूमा विशेष लाभ हुन्छ । यसको बोट १८-२० मीटर सम्म अग्लो हुने र सदाबहार रहने गर्दछ । यसको फल गोलाकार,१.३-२ सेमी व्यास तथा काँचो अवस्थामा हरियो रङ्गको हुन्छ । यसको बीजलाई रुद्राक्ष भनिन्छ । यसको पुष्पकाल तथा फलकाल फेब्रुअरी देखि जुन सम्म हुन्छ ।

रुद्राक्ष
रुद्राक्ष

रुद्राक्षको नाम र त्यसको उपयोग[सम्पादन गर्नुहोस्]

एकमुखे रुद्राक्ष

यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ । विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा । सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।

द्विमुखी रुद्राक्ष

सबै प्रकारका कामनालाई पूरा गर्ने तथा दाम्पत्य जीवनमा सुख, शांति व यश प्रदान गर्ने ,अर्धनारीश्वरको रुप ।

त्रिमुखी रुद्राक्ष

ऐश्वर्य प्रदान गर्ने ।

चतुर्थमुखी रुद्राक्ष

धर्म, अर्थ काम तथा मोक्ष प्रदान गर्ने ।

पञ्चमुखी रुद्राक्ष

सुख प्रदान गर्ने ,सन्तान सुख।

षष्ठमुखी रुद्राक्ष

पापहरुवाट मुक्ति तथा सन्तान सुख प्रदान गर्ने ,भगवान कार्तिकेय को स्वरुप।

सप्तमुखी रुद्राक्ष

दरिद्रता हटाउने ,सप्तग्रह र शनिश्वर को स्वरुप।

अष्टमुखी रुद्राक्ष

श्री गणेश, आयु तथा सकारात्मक ऊर्जा प्रदान गर्ने ।

नवममुखी रुद्राक्ष

भगवती देवी दुर्गा,शक्ति प्रदान गर्ने, मृत्यु भयबाट मुक्त गर्ने ।

दसमुखी रुद्राक्ष

विष्णु को स्वरुप्, शान्ति तथा सौन्दर्य प्रदान गर्ने ।

एघार मुखी रुद्राक्ष

भगवान रुद्र , विजय दिलाउने, ज्ञान तथा भक्ति प्रदान गर्ने ।

बाह्र् मुखी रुद्राक्ष

भगवान नारायण र सूर्य ग्रह , धन प्राप्ति प्रदान गर्ने ।

तेह्र् मुखी रुद्राक्ष

इन्द्र, कुवेर, कामदेव र पितृदेवता, शुभ वा लाभ प्रदान गर्ने ।

चौध मुखी रुद्राक्ष

हनुमानको प्रतीक, सम्पूर्ण पाप नष्ट गराउने ।

रुद्राक्षका औषधीय गुणहरू[सम्पादन गर्नुहोस्]

आयुर्वेद विज्ञानमा रुद्राक्षलाई महाऔषधिको रूपमा लिइन्छ । रुद्राक्ष उष्ण तथा अम्लयुक्त हुने भएकोले वाथ तथा कफ रोग हटाउने गुण यसमा हुन्छ । यसमा भिटामिन ‘सि’ हुने हुँदा रगत बढाउन, सफा गर्न र रक्तविकार नासगर्न उपयोगी छ । रुद्राक्षमा रोग नासगर्ने शक्ति हन्छ । रुद्राक्ष धारणमात्रैले पनि ज्वरो, उत्जेना, अनिन्द्रा । रक्तचाप, मृगी (छारे रोग), स्वप्नदोस जस्ता विकारबाट मुक्ति मिल्छ । रुद्राक्षको धारणबाट दरिद्रता नास हुने जनविश्वास छ । उच्च रक्तचाप, भूतवाधा, शारिरिक दुर्वलता, पेटको रोग र छालाको रोगमा रुद्राक्ष रोग निवारण गर्ने काम गर्छ । रुद्राक्ष धारण र सेवन विषयमा विभिन्न शास्त्रमा उल्लेख गरिएको छ । योग वैद्य वा आयुर्वेद ज्ञाताको परामर्श लिएर रुद्राक्ष धारणा गर्नु बढी लाभलायी हुन्छ । विशेष गरी निम्न लिखित रोगको निवारणमा रुद्राक्षको प्रयोग गरिन्छ ।

  1. मानसिक रोग

गाईको दूधमा चारमुखे रुद्राक्ष डुबाएर उक्त दूध दिनको दुई पटक सेवन गरेमा केही दिनमा मनमस्तिक शान्त हुन्छ र स्मरण शक्ति समेत बढाउन मद्दत गर्छ ।

  1. स्मरणशक्ति बढाउन

चारमुखे अथवा ६ मुखी रुद्राक्ष पूजा गरी धारण गर्नाले स्मरणशक्ति बढ्छ ।

  1. उच्च रक्तचाल

रुद्राक्ष मालाको धारणलेमात्र पनि रक्तचाप नियन्त्रणमा आउँछ । पाँचमुखे रुद्राक्ष र स्वर्णपाक्षिक भष्म बराबर मिलाएर महसँग खाने गरेमा केही दिनमै रक्तचाप नियन्त्रण हुन्छ ।

  1. छालाको रोग

कालो गाईको सुख्खा गोवर र पाँचमुख रुद्राक्षको भष्म गंगा जलमा मिलाएर शरिरमा लगाउने गरेमा सबै छालाको रोग निको हुन्छ ।

  1. पेटको रोग

हरेक दिन साँझको समयमा तामाको भाडामा पानी राखी पाँच ओटा रुद्राक्ष भिजाउने र भोलिपल्ट उक्त पानी पिउने । ४० दिन यो प्रक्रिया गर्दा पेटको प्राय सबै रोग निको हुन्छ ।

  1. मुर्छा वा हिस्टेरिया

महिलामा मुर्छा र हिस्टेरिया हुने रोग छ भने छ मुखे रुद्राक्ष विधिपूर्वक पूजा गरेर धागोको सहायताले कम्मरमा बाधिदिनाले उक्त समस्या समाधान हुन्छ ।

  1. अजिर्ण

दशमुखे रुद्राक्ष गोलमरिच बराबरमात्रामा साँझपख पानीमा पकाएर राख्ने र विहान खाली पेटमा उक्त पानी दुई गिलास पिउने गरेमा केही दिनमै अजिर्ण समाप्त हुन्छ ।

  1. आगोले पोलेमा

तीनमुखे रुद्राक्ष घोटेर नरिवलको तेल तताई मनतातो लगाउने गरेमा पोलेको घाउमा आराम मिल्छ ।

  1. ज्वरो

विधिपूर्वक पूजन गरेर तीनमुखे रुद्राक्ष धारण गर्नाले ज्वरो निको हुन्छ ।

  1. काश रोग

दशमुखे रुद्राक्ष गाईको दुधमा घोटेर दिनको तीन पटक चाट्ने गरेका पुरानो काश रोग समेत निको हुन्छ ।

  1. कम्मर दुखेमा

पाँच मुखे रुद्राक्षलाई ढुंगामा घोटेर बाख्राको दूधमा खाने गरेमा केही दिनमै कम्मर दुख्ने रोग ठिक हुन्छ ।

  1. कपाल झरेमा

नौमुखे रुद्राक्षको भष्म अमलाको रसमा मिलाइ दिनको दुई पटक कपालको फेदमा लगाउने गरेमा दुई महिनाभित्रै कपाल कालो भएर आउँछ र झर्न समेत बन्द हुन्छ ।

  1. भूतप्रेत वाधा हटाउन

विधिपूर्वक पूजा गरी दशमुखे रुद्राक्ष गला वा पाखुरामा धारण गर्नाले भूतप्रेत लाग्दैन ।

  1. चिलाउने रोगमा

हलेदो, नीमकोपात र छमुखे रुद्राक्ष बराबर मिसाइ पानीमा भिजाउने र त्यसलाई पिसेर मालिस गर्नाले चिलाउने रोग निको हुन्छ ।

  1. आँखा दुखेमा

पाँचमुखे रुद्राक्ष घोटेर आँखामा लगाउँदा आँखाको पीडा कम हन्छ ।

  1. दरिद्रता नासगर्ने

सातमुखे रुद्राक्ष विधिपूर्वक पूजा गरी गला अथवा पाखुरामा धारण गरी प्रत्येक दिन महालक्ष्मी मन्त्रपाठ गर्नाले दरिद्रता नास हुन्छ ।[२]


  • रुद्राक्षको शरीरमा स्पर्शले उत्तेजना, रक्तचाप तथा हृदय रोग आदिलाई नियन्त्रित गर्दछ ।
  • रुद्राक्षलाई पिंधेर महको साथमा लगाउँनाले दादमा लाभ हुन्छ ।
  • रुद्राक्षलाई पिंधेर दुधको साथमा अनुहारमा लगाउँनाले अनुहारको डण्डिफोर नष्ट हुन्छ ।
  • रुद्राक्षको फललाई पिंधेर लगाउँनाले दाह (जलन) मा शान्ति हुन्छ। सितलता प्राप्त हुन्छ ।
  • यदि बच्चाको छातिमा कफ जमेको छ भने रुद्राक्ष घोटेर महमा मिलाएर ५-५ मिनट को अन्तरालमा रोगी बच्चालाई चटाउनाले उल्टीद्वारा कफ निस्कन्छ र बच्चालाई एकछीनमा निको महसुस हुन्छ ।

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

==बाह्य लिङ्कहरू..रुद्राक्ष नेपाल ।।बलभद्र

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]