हनुमान

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
हनुमान

११औं शताब्दी तिरको हनुमानको मूर्ती
वानरहरू
संस्कृत हनुमान
वर्ग: Devotee of राम
अश्त्र: गदा
यस शृंखलाको एक भाग

हिन्दू धर्म

Aum

इतिहास · देवी-देवता
मूल्यवर्ग
पुराण

आस्था र विश्वास

दर्शन शास्त्र · धर्म
अर्थ · काम · मोक्ष
कर्म · संसार
योग · भक्ति · माया
पूजा · मन्दिर

वेद · उपनिषद
रामायण · महाभारत
भागवद् गीता · पुराण
धर्म शास्त्र · अन्य

सम्बन्धित विषयहरू

हिन्दू बसोबास भएका देशहरू
हिन्दू गुरु र सन्त
धर्म-सुधार · आलोचना
पञ्चाङ्ग · हिन्दू रीति-रिवाज
आयुर्वेद · ज्योतिष
चाडपर्व · शब्दावली पीडा उत्पीडन

यस बाकसलाई: हेर्नुहोस्  संवाद  सम्पादन

हनुमान (हनुमान्, अंजनेय र मारुति पनि) परमेश्वरको भक्ति (हिन्दू धर्ममा भगवानको भक्ति)को सबैभन्दा लोकप्रिय अवधारणाहरू मध्ये र भारतीय महाकाव्य रामायणमा सबैभन्दा महत्वपूर्ण व्यक्तिहरू मध्ये एक हुन। उनी केही विचारहरूको अनुसार ११औँ अवतार रुद्रावतार(रुद्र - भगवान शिवको अवतार), सबैभन्दा तागतवर र बुद्धिमान अवतार मानिन्छ। उनको सबैभन्दा प्रसिद्ध उपलब्धि, जसरी कि रामायणमा वर्णित छ, बाँदरहरूको सेनाको तथा अग्रणी रूपमा रहेको राक्षस राजा रावण सित युद्ध।

उनलाई बजरंग बली पनि भनिन्छ किन भनें उनको शरीर एक वज्रको समान थियो। हनुमान पवन-पुत्रको रूपमा चिनिनु हुन्छ किन भनें पवन देव (हावाको देवता)ले हनुमानको पालन-पोषणमा महत्वपूर्ण भूमिका देखाउनुभाको थियो।

हनुमान : शव्दको विवेचना[सम्पादन गर्ने]

संस्कृत व्याकरणअनुसार 'हनु' धातुमा 'मतुप' प्रत्यय लागेर हनुमान शब्दको उत्पत्ति भएको छ। हनुको अर्थ चिउँडो हो जो हन् धातुबाट बनेको छ। 'हन्' धातुको अर्थ हिंसा अथवा गति भने पनि हुन्छ। अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ। हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ। त्यसैले पनि हनुमान भगवान् राम भक्त थिए भनिन्छ। भगवान् रामको जीवनमा घटित घटनाहरूले हनुमानको व्यक्तित्व विशेषताहरूले उनलाई सर्व प्रतिष्ठित 'देव' बनाइदियो। भय मनुष्यको मूलभूत प्रवृत्ति हो। दुष्ट आत्माको प्रकोपबाट बचाउने वाला शक्तिको नाम हनुमान हो। यो आश्चर्यजनक कुरा छ कि पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो। गज -हात्ती) लाई शुभ मानिन्थ्यो। तसर्थ गणेशजीको गजवदन प्राप्त भयो तर मध्यकालीन परम्परामा हनुमानको महìव वृद्धि भयो। 'मंगलमूरत'को रूपमा अथवा शङ्कट मोचकको रूपमा पुजन गर्न थालियो। त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिको लागि 'हनुमान चालिसा'को पाठ गर्ने परम्परा सुरु भयो।

हनुमान

हनुमान संबन्धि कथन[सम्पादन गर्ने]

हनुमान वायुका छोरा मानिएका छन्। उनले कुनै रूप धारण गर्न सक्थे। उनी रामका परमभक्त हुन्। शतरुद्र संहितामा हनुमानलाई एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ। रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेका थिए।­­ यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्वको आभाष भए तापनि रामायण नै हनुमानको बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो। कुस्ती खेल्ने हरेक अखडाहरू, शारीरिक स्वास्थ्य केन्द्रमा हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन्। विशेषगरी गाउँको सीमा क्षेत्रमा पनि हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन्। स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन। परब्रम्हा, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनिएको छ।

पवन तनय ब्ल पवन समाना

बुद्धि विवेक विज्ञान निधाना |

कवन् सो काज कठिन जग माही

जो नहि होय तात तुम्ह पाहीं ||

हनुमान र शनि[सम्पादन गर्ने]

शनिको बक्र दृष्टि वाट ब्रम्हा,विष्णु, महेश्वर सवै नै प्रताडित भएको पुराण कथा पढन पाइन्छ तर हनुमान माथि शनिको वक्रदृष्टि कहिलै पर्न सकेन|यस सन्दर्भमा एउटा प्रसिद्ध कथा छ। रावण एक ज्योतिष पनि थियो तसर्थ उसले आफ़्नो जेठा छोरा इन्द्रजित जन्मने बेला सबै ग्रहहरूलाई आफ्नो अनुकूल बनायो। यहाँसम्म कि शनिश्चरलाई समेत अनुकूल बनाउन शनिको पृष्ठ भागमा खुट्टा राखेर र अरू ग्रहहरूको गतिलाई रोकेर पुत्रको जन्म गराएर आफू इन्द्रजितको माध्यमबाट अजेय हुन चाहन्थ्यो रावण। नारदले यो कुरा बुझेर प्रकृतिविपरीत केही हुन सक्दैन र हुन पनि हुँदैन भनेर रावणलाई नारदमुनिले यो सल्लाह दिनुभयो कि शत्रुको पृष्ठमा चढेर होइन छातीमा खुट्टा टेकेर प्रहार गर्नुपर्दछ। यस्तो नारदको कुरा सुनेर रावणले शनिको गति परिवर्तन गरिदियो। जब शनिको वक्रदृष्टि उसमाथि पर्न थाल्यो। तब रावणको पनि पतन सुरु भयो भनिन्छ तर रावणले पनि शनिको वक्रदृष्टि परेको थाहा पाई शनिलाई अँध्यारो कोठामा थुनिदियो। जब हनुमान लङ्कामा पुगे, तब उनले बन्दी शनिलाई मुक्त गरे तर 'शनि'को वक्रदृष्टि उनमा दुष्प्रभाव परेन। हनुमानको दृढ शरीरमा जब कुनै प्रभाव परेन तब शनिले हनुमानको सामु हात जोडेर वरदान माग्न अनुरोध गरे। भक्तवत्सल हनुमानले भक्तहरूमा कुदृष्टि नराख्न आग्रह गरे। 'शनि'ले 'तथास्तु' भने। यस कथाको भाव यही हो कि भक्तिको सामु दुष्ट ग्रहले पनि केही बिगार्न सक्दैन।

हनुमान र सिन्दुर लेपन[सम्पादन गर्ने]

हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ, सिन्दूरको सम्बन्धमा आयुर्वेदको यो मत छकि यसले हड्डी एवं मांशलाई सुसँगठित शरीर निमार्णमा अहं भूमिका खेन्दछ। रामको दरबारमा सीताले हनुमानजीलाई एउटा दिव्य हार दिनुभयो। त्यो हार पाएपछि हनुमानले हारलाई चुँडालेर फुटाएर हेर्न थाले तब दरबारका अधिकारीहरूले हनुमानलाई सोधे। हनुमान भन्नुहुन्छ कि यो हारभित्र भगवान्-राम र सीता छ कि छैन ? ती अधिकारीहरू भन्छन् तिम्रो हृदयभित्र पनि त राम र सीता छैनन् होला नि अनि हनुमानले आफ्नो हृदय च्यातेर आत्मामा रामसीता देखाइदिनुभयो। त्यस्तो दृश्य देखेर सीताले हनुमानको शरीरमा सिन्दूर र तेल लगाएर शरीरलाई जोडी पहिलेको भन्दा पनि तेजिलो शरीर बनाइदिएको कथा प्रसङ्गले पनि हनुमानको शरीरलाई सिन्दूर र तेल लेपन गर्नुको महìव अझै बढेको प्रस्ट हुन्छ।

हनुमान र बाँदर रूप[सम्पादन गर्ने]

वास्तवमा बाँदर जाति विंध्य पर्वतमालाको दक्षिणमा निवास गर्ने एक वनचर जाति थियो भन्ने विश्वाश गरिन्छ। बाँदर, रीछ, जययु, यी सबै 'टाटेम' (चिहृन) जातिहरू थिए। जसरी उत्तर भारतमा एउटा ऋषिको सन्तान एक गोत्र हुन्छ, त्यसरी नै दक्षिण भारतमा एउटा चिहृन (टाटेम) हुन्थ्यो। यिनीहरू पशुपक्षी नभएर मनुष्य थिए। यथार्थमा हनुमान बाँदर गोत्रीय आदिवासी थिए। बानर उसको 'टाटेम' थियो। यिनीहरू बानरको भेषभूषा बनाई राख्दथे। एउटा कृत्रिम पुच्छर पनि पछाडि झुण्ड्याउँथे। आधुनिक भारतको आदिवासीहरूमा यस्तो 'टाटेम' या गोत्र वर्तमान छ। रामायणकालीन बानर मनुष्यजस्तै सम्पन्न थिए। मानवको भाषा नै बोल्दथे, वस्त्र लगाउँथे। पुरुष-स्त्री सम्बन्ध, धर्म अधर्म विचार पनि यिनीहरूकोमा थियो।

हनुमानको विभिन्न स्वरूप[सम्पादन गर्ने]

पञ्चमुखी हनुमान

धनशमशेरको ग्रन्थ बृहत्पूर्णश्चयार्नवमा पञ्चमुखी हनुमानको ध्यान यसप्रकार दिइएको छ। पाँचमुखी हनुमान अन्त्यन्त तेजस्वी पराक्रमी, पञ्चतìव र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै कार्य पूर्ण हुन्छन्।

  • पूर्वतर्फको बानर रूप भएका हनुमान करोडौँ सूर्यको जस्तो तेज भएका कुच्चिएको वा टेढो अनुहार भएका कोमल देखिने भएका रामचन्द्रको भक्त समान हुन्छ।
  • दक्षिणतर्फको नृसिंह रूप भएका हनुमान- अद्भूत स्वरूप भएका, उग्र स्वभावका कान्तियुक्त, डरलाग्दो, सम्पूर्ण डर र त्रासलाई हटाउन सक्ने यस्तो दक्षिणवक्त्रको स्वरूप हुन्छ।
  • पश्चिमतर्फको गरुँड रूप भएको हनुमान- बाङ्गो चुच्चो भएको सम्पूर्ण बल र तागतहरू त्यही चुच्चोमा समावेश भएका, भुवाहरू रूपी गहनाले सुसज्जित भएका, सर्पहरूलाई नास गरेझैँ शत्रुलाई नाश गर्ने भएका यस्तो पश्चिमवक्त्रको स्वरूप हुन्छ।
  • उत्तरतर्फको सुंगुर रूप भएका हनुमान- चम्किलो कालो स्वरूप भएका भूत, प्रेत बेताललाई पाताल लोकमा पठाउन समर्थ भएका, ज्वर आदि रोग निवारण गर्न सक्ने शक्ति भएको यस्तो उत्तरवक्त्रको स्वरूप छ।
  • उध्र्वतर्फको- घोडाको रूप भएको हनुमान उध्र्वगामी अश्वमुख हनुमान दानवहरूलाई नाश गराउन समर्थवान्, महावली, ग्रह तारालाई पनि वशमा राख्न सक्ने, उध्र्ववक्त्र हनुमानको स्वरूप हुन्छ।

हनुमान मुर्ति निर्माण[सम्पादन गर्ने]

अग्निपुराणअनुसार हनुमानको मूर्ति बनाउँदा एउटा हातमा बज्र लिएका र उनको खुट्टा तल जमीन भास्सिएको देखाउनु पर्दछ। रावले हनुमानको मूर्ति बनाउँदा रामको नाइटो, छाती वा तिघ्राभन्दा अलिकति माथिसम्म पुग्ने गरेर लम्बाई बनाउनु पर्दछ भनेका छन्। सप्तताल नापअनुसार ८४ लङ्गुर नापेर हनुमानको मूर्ति बनाउनु पर्दछ र दुईवटा हात मात्र बनाउनु पर्दछ। दायाँहात मुखनजीकै लगेको र देब्रे हात घुडाँसम्म लत्रिने गरेर बनाउनु पर्दछ। भक्त सेवकको जस्तो हनुमान अनुहार बनाउनु पर्दछ।

हनुमान पुजन महत्व[सम्पादन गर्ने]

वैष्णव सम्प्रदायमा हनुमानलाई ब्रम्हचारी, सङ्कटमोचक, सिद्धिदाता, शत्रुविजयको लागि पनि पूजा गर्ने गरिन्छ। उनको पूजा र उपासना गरेमा रोग व्याधिबाट, शत्रु बाधाबाट, राजाको भयबाट, प्राकृतिक शक्तिको बाधाबाट, पिचासी शक्तिबाट, भूतबाट, बोक्सीबाट, बतासबाट, खोलाबाट, आगोबाट, राक्षसी शक्तिको प्रकोपबाट र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने धारणा आज पनि वैष्णव सम्प्रदायका समर्थकहरूले विश्वास गर्ने गर्दछन्। वर्तमान समयमा मानिसहरू उनलाई सङ्कटमोचन, कष्टबाट मुक्ति, शत्रु विजय र भूत, पिचासबाट मुक्ति पाउनको लागि पूजा गर्दछन्। हनुमानको पूजा विशेषगरी सङ्कटबाट मुक्ति पाउनका लागि यस सम्प्रदायको मानिसहरूले गर्दछन्।विशेष गरी प्रयाभिज्ञा शक्ति, ब्रम्हचार्य शक्ति, कठोर व्रत शक्ति, बुद्धि, माधुर्य शक्ति प्राप्त गर्नको लागि हनुमानको पूजा गरिन्छ। यस मतका अनुयायीहरूले उनलाई शत्रु विजय प्राप्त गर्नको लागि पनि पूजा गर्ने गर्दछन्। हनुमानलाई भक्तियोगको लागि महत्त्वपूर्ण मानिन्छ। उनले भक्तियोग र कर्मयोगद्वारा रामको सामिप्य प्राप्त गरेका थिए। वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिको लागि पनि पूजा गर्ने चलन छ। आठ प्रकारका यौगिक शक्तिहरू अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व उनमा थिए। साथै हनुमानलाई परब्रम्हा र रौद्ररूपमा पनि स्मरण गरिन्छ।

नेपालमा हनुमान पुजन[सम्पादन गर्ने]

नेपालका प्रसिद्ध कलाविद् लैनसिंह वाङ्गदेलले पाँचौँ शताब्दीदेखि नै हनुमानको पूजा परम्परा सुरु भइसकेको र मूर्तिहरू पनि बन्न थालेको कुरा फर्पिङ्गस्थित हनुमानको मूर्तिलाई आधार मानी पुष्टि गर्न खोज्नुभएको छ। मूर्तिको स्वरूप अध्ययन गर्दा र तत्कालीन समयको धार्मिक इतिहासको अध्ययन गर्दा यसमा अझै पनि सोच्नुपर्ने देखिएको छ। राम र हनुमान सम्प्रदाय पूर्व-मध्यकालदेखि नेपाली समाजमा लोकपि्रय हुन थाले तापनि हनुमानका मूर्तिहरू सत्रौँ शताब्दीदेखिका मात्र भेटिएका छन्। सत्रौँ शताब्दीदेखि हनुमान सम्प्रदाय प्रख्यात हुन थालेको देखिन्छ। जगतज्योति मल्ल, सिद्धिनरसिंह मल्ल, प्रताप मल्ल, श्रीनिवास मल्ल, भूपतिन्द्र मल्लजस्ता राजाहरूले हनुमान सम्प्रदायलाई लोकपि्रय बनाउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। शाहकालमा पनि हनुमान सम्प्रदायको विकास भएको कुरा विभिन्न मूर्तिहरूले पुष्टि गरेका छन्। वर्तमान समयमा पनि हनुमान सम्प्रदाय नेपालमा लोकपि्रय रहेको छ।

लिच्छविमा कुनै पनि अभिलेख हनुमानको उल्लेख भएको पाइँदैन। राम अवतारको त्यति प्रचार नभएकोले उनका भक्त हनुमानको उल्लेख नहुनु स्वाभाविक नै हो तर नेपालको प्रख्यात कलाविद् लैनसिंह बाङ्गदेलले फर्पिङको शिखरनारायणमा प्राप्त हनुमानको मूर्तिलाई अघि सारेर लिच्छविकालदेखि नै नेपालमा हनुमानका मूर्तिहरू बन्दथे भन्ने कुरा प्रमाणित गर्न खोजिएको छ। शिखरनारायणमा भएको मूर्ति नराम्रोसँग खिइसकेको छ। आठवटा हात भएका हनुमानलाई उड्न लागेको मुद्रामा देखाइएको छ। उनको दायाँ गोडाका औँलाहरूले एउटा चट्टानमा बलियोसँग टेकेका छन्। बायाँ खुट्टाचाहिँ खुम्च्याएर सीताजीको खोजीमा जानलाई तयार भए जस्तो देखिएको छ। उनका पछाडिका दुईवटा हातले एउटा लामो वनमाला लिएको देखिन्छ। यो माला शिरको टुप्पाबाट झरेर घुडाँसम्म आएको छ। अरू चारवटा हातहरूमा भएका कुराहरू स्पष्ट देखिँदैनन्। हनुमानको दायाँ गोडाको अगाडि घुँडा टेकेर बसेकी स्त्री मूर्ति छ। हेर्दा हनुमानलाई केही केही चढाउन लागेकाले वा पद्मासनको तल्लो भाग समातिराखेको भन्न गाह्रो छ। दायाँ खुट्टाको मुनि आकार प्रकारले वानरजस्ता देखिएका दुईवटा स-साना मूर्ति घुडाँ टेकेर हात जोडी बसिरहेका छन्। बायाँ खुट्टानेरचाहिँ घुँडा टेकिरहेको एउटा बानरले पूजा गर्न लागेको देखिन्छ। यस शिलामूर्तिको आधा भाग शैलबुट्टाद्वारा भरिएको छ। यी बुट्टाहरू अलि खस्रो किसिमले कुँदिएका छन्। त्यसबाट यो शैलबुट्टा प्रारम्भिक अवस्थाको भन्ने थाहा पाइन्छ। इसाको पाँचौँ-छैटौँ शताब्दीको निर्धारण गर्न सकिने मृगस्थलीको उमामहेश्वरको मूर्तिमा धेरै नै साधारण किसिमका शैलबुट्टा देखिन्छ। फेरि इसाको आठौँ, नवौँ शताब्दीको अमर कान्तेश्वर उमामहेश्वरको मूर्तिमा यसमा विपरीत भएको शैलबुट्टा धेरै परिपक्व तथा विकसित अवस्थामा पुगिसकेको देखिन्छं। शैलबुट्टाको आधारमा कुदाइको ढुङ्गा र शैलीको आधारमा यसमा प्राचीन मूर्ति हुने लक्षण भएकोले यसलाई लिच्छविकालीन मूर्ति भन्न सकिन्छ भन्ने तर्क लैनसिंह बाङ्गदेलको रहेको छ।

हनुमानका मूर्तिहरूमा देखिएको लामो वनमाला मध्यकालमा र आधुनिककालमा बनेका मूर्तिहरूमा समेत पाइन्छन्। भारतमा विशेष गरी आधुनिक कालमा बनेका स्थान्तक मूर्तिहरूमा घँुडासम्म नै वनमाला देखाइएको हुन्छ। मूर्ति धेरै मात्रामा खिइनुले प्रस्तरको स्तर र भक्तहरूको निरन्तर छुवाइको औसत अध्ययन गरी मात्र थाहा पाउन सकिन्छ। मूर्ति खिइएको आधारमा पुरानो हो भन्न पनि त्यति सान्दर्भिक देखिँदैन साथै फर्पिङको मूर्तिमा कुँदिएको शैलुबुट्टामा मात्र देखाउन कलाकारले खोजेको हुँदा पहाड खुट्टा पछिल्लो समयमा बनेका मूर्तिहरूमा पनि दिन खोजिएको छ। त्यसैले कुनै पनि मूर्तिको तिथि निर्धारण गर्दा केवल शैलीलाई मात्र आधार मान्न सान्दर्भिक देखिँदैन। त्यसका लागि तत्कालीन समाजको धार्मिक र सांस्कृतिक गतिविधि पनि गहिरिएर अध्ययन गर्नुपर्ने हुन्छ। लिच्छविकालमा विष्णुको राम अवतार परिचित भएको अनुमान गरिए तापनि उनको पूजा प्रचलित भएको देखिँदैन। तसर्थ हनुमानको मात्र यति राम्रो मूर्ति लिच्छविकालमा नबनेको। यदि लिच्छविकालमा हनुमानको मूर्तिहरू बनेका भए कुनै अभिलेखमा हनुमानको नाम आउँथ्यो। तान्त्रिक प्रभाव देखिएको यो मूर्ति ११-१२ औँ शताब्दीपछि मात्र बनेका हुनसक्छ भन्ने अनुमान गर्न सकिन्छ र यस मूर्तिको बारेमा अझै अध्ययन हुन सान्दर्भिक देखिन्छ।

नेपालमा मध्यकालदेखि समाजमा रामायण र महाभारतका कथाहरू बढी मात्रामा प्रसिद्ध भए। साथै विष्णु विधित अवतारहरूमध्ये रामअवतारको लोकपि्रयताको साथै हनुमानको पनि लोकपि्रयता बढ्न थाल्यो। मध्यकालमा जयस्थिति मल्लदेखि नै राम सम्प्रदायका विभिन्न मूर्तिहरू निर्माण हुन थालेको देखिन्छ। जयस्थिति मल्लले पशुपतिमा लवकुशका मूर्तिहरू स्थापना गरेको उल्लेख पाइन्छ। हनुमानका मध्यकालका सबैभन्दा पुरानो मूर्तिहरूमध्ये पाटनको कृष्ण मन्दिरमा कुँदिएका रामायणसँग सम्बन्धित विभिन्न घटनाहरू चित्रण गर्ने क्रममा मन्दिरको तल्लो तलामा हनुमानका मूर्तिहरू कुँदिएका छन्। करिब १५ जति ठाउँमा हनुमानलाई प्रस्तुत गरिएको र तल्लो भागमा हनुमान भन्ने शब्द पनि नेवारी लिपिमा लेखिएको छ। यसरी सिद्धिनरसिंह मल्लको पालामा रामका भक्त हनुमानको पूजा समाजमा व्यापकरूपमा प्रचलित थियो भन्ने थाहा पाइन्छ। साथै सिद्धिनरसिंह मल्लका समकालीन भक्तपुरका राजा जगतज्योतिको समयमा लेखिएको 'नरपतिजयचर्यास्वरोदयटीका' नामक ग्रन्थमा हनुमान मूर्तिहरूको स्थापनाको महìव र हनुमानको मूर्ति कस्तो कस्तो निर्माण गर्नुपर्ने कुरा उल्लेख गरिएको छ।

कृष्ण मन्दिरको भित्तामा कँुदिएको हनुमानका मूर्तिहरू पछाडि वि. सं. १७२९मा हनुमानढोका दरबार पस्ने सुवर्ण निर्मित्त मूलढोकाको दायाँपट्ट िप्रताप मल्लद्वारा निर्माण गर्न लगाइएको हनुमानको ठूलो मूर्ति महत्त्वपूर्ण मानिन्छ। यिनै हनुमानको नामले यस दरबारको नाम हनुमानढोका दरबार रहन पुग्यो। हनुमानका मूर्तिहरू स्थापना गर्नुपूर्व यस दरबारलाई गुनपो दरबार भनिन्थ्यो। राजा प्रताप मल्लले लडाइँमा विजयी प्राप्त होस् घरमा सुरक्षा होस् भन्ने कामनाले हनुमानको मूर्ति ढोकामा राखेको कुरो हनुमानको पादपीठमा कुँदिएको अभिलेखबाट बुझिन्छ। हनुमानढोका जस्तै अरू मल्ल दरबारमा पनि हनुमानका मूर्ति स्थापना गरिएका छन्। पाटनका राजा सिद्धिनरसिंह मल्ल र भक्तपुरमा भूपतिन्द्र मल्लले आफ्नो दरबार अगाडि हनुमानको मूर्ति राख्न लगाएका थिए। गोरखाका राजा पृथ्वीपति शाहले पनि आफ्नो दरबार अगाडि हनुमानको मूर्ति स्थापना गरेका थिए। यसरी मध्यकालदेखि हनुमानका मूर्तिहरू बन्न थालेका कुरा र उनको पूजा परम्परा व्यापकरूपमा सुरु भएको थाहा पाइन्छ।

हनुमानको मूर्ति बनाउँदा काठ, धातु, ढुङ्गा आदि पदार्थको प्रयोग गर्नुपर्ने भनिएको छ। यसो गरियो भने अनिकाल पर्दैन, रोगको डर हुँदैन, शत्रु आउन सक्दैन, बज्र पर्दैन, बोक्सी, भूत, पिचास आदिको डर हँुदैन भनी ग्रन्थमा लेखिएको छ। यसरी मध्यकालमा हनुमानका केही महìवपूर्ण मूर्तिहरू बने जसले मध्यकालमा हनुमान सम्प्रदायको लोकपि्रयतालाई झल्काउँछ। मध्यकालमा हनुमानका मूर्तिहरूमा समेत तन्त्रको प्रभाव परेको थियो। भक्तपुरको भूपतिन्द्र मल्लद्वारा बनाउन लगाएको र प्रताप मल्लले बनाउन लगाएको पञ्चमुखी हनुमान मन्दिरबाट थाहा पाउन सकिन्छ। मध्यकालपछिको शाहकालमा राम र हनुमान सम्प्रदायको झन् विकास भयो। मध्यकालको तुलनामा शाहकालमा हनुमानका मूर्ति सङ्ख्यात्मक हिसाबमा बढी मात्रामा बनेको देखिन्छ भने शाहकालमा आएर हनुमानका मूर्तिहरू, मन्दिरहरू, घाटहरू, चोकहरू, राज्यका सीमाहरूमा बनेको देखिन्छन्। राजा प्रताप मल्लले पनि लडाइँमा विजय प्राप्त होस्, घरमा सुरक्षा होस् भन्ने कामनाले हनुमानको मूर्ति ढोकामा राखेका थिए। यो कुरा हनुमानको पादपीठमा कुँदिएको अभिलेखबाट थाहा पाइन्छ। मल्ल राजदरबार किल्लाको रूपमा बनाइने हुँदा किल्ला रूपको आफ्नो दरबारमा शत्रुहरू पस्न नसकून् भन्ने भावनाले प्रताप मल्लले ढोकामा हनुमान स्थापना गरेका थिए। पाटनको दरबार बाहिर पनि हनुमानको मूर्ति स्थापना गरेको छ। "सिद्धिनरसिंहले अघिका भन्दा सुन्दर गरी दरबार बढाइ सुनका ढोका बनाई राखिदिए। दरबारको दाहिनेबाट नरसिंह गणेश हनुमान स्थापना गरिदिया।" त्यसैगरी भक्तपुरमा भूपतिन्द्र मल्लले आफ्नो दरबार अगाडि हनुमानको मूर्ति स्थापना गरेको कुरा उक्त मूर्तिको तल्लो भागमा भएको अभिलेखबाट थाहा पाइन्छ। उक्त अभिलेखमा 'समुद्र नाघ्ने रावणको सुखलाई नाश पार्ने, लङ्का पोल्ने, रामचन्द्रले भनेको सधैँ मान्ने, सीतालाई खुसी पार्ने, बगैँचामा राक्षसलाई तर्साउने यी हनुमानले रघुवंशी भूपतिन्द्र मल्ललाई रक्षा गरुन्' भनिएको छ।

मल्लकालमा हनुमानको ठूलो महìव थियो भन्ने कुरा प्रताप मल्ल, सिद्धिनरसिंह मल्ल र श्रीनिवास मल्लले 'हनुमदध्वज' उपाधि लिएबाट थाहा पाइन्छ। यसरी मल्लकालमा विशेषगरी जगज्योति मल्लको पालादेखि हनुमान सम्प्रदायको व्यापकरूपमा विकास भएको थियो। उपत्यकामा मात्र हनुमानको महìव नभई बाहिरका राज्यमा समेत हनुमान सम्प्रदायको लोकपि्रयता थियो भन्ने कुरा गोरखाका राजा पृथ्वीपति शाहले आफ्नो दरबार नजीक हनुमानको मूर्ति बनाउन लगाएबाट थाहा पाइन्छ।

मल्लकालपछि शाहकालमा पनि हनुमान सम्प्रदायको झन् व्यापकरूपमा विकास भएको कुरा काठमाडौँ उपत्यका विभिन्न ठाउमा बनेका राम मन्दिर र हनुमानका मूर्तिले पुष्टि गरेका छन्। मल्लकालमा जस्तै यस कालमा पनि हनुमानका मूर्तिहरूको पूजा गर्ने हेतु उही थियो र यस कालमा हनुमानलाई शुक्रबाट रक्षा गर्न स्थापना गर्नको साथै सङ्कटमोचकको रूपमा समेत लिएको देखिन्छ। साथै यिनैलाई कष्टमोचक सिद्धिदाताका रूपमा पनि पूजा गर्न थालियो।

जगतनारायणमन्दिर प्राङ्गणमा भएका हनुमानका मूर्तिहरू इस्वीको १८ औँ शताब्दीको मध्यतिर नेपालमा एउटा गजबको मन्दिर बनेको थियो। जुन समयकालीन अरू मन्दिरहरूभन्दा विशिष्ट खालको थियो। पाटनको शंखमुल स्थित जगतनारायणको मन्दिरको अभिलेखबाट इस्वी सम्वत् १८५५ सम्ममा यो मन्दिर बनिसकेको देखिन्छ। यो मन्दिरको निर्माण जङ्गबहादुरका भाइ जगतशमशेरले गर्न लगाएका थिए। विशाल प्रस्तर मूर्तिकलाको लागि यो मन्दिर प्रख्यात छ। यस मन्दिर प्राङ्गणमा दुईवटा हनुमान मूर्ति छन्। तीमध्ये मन्दिरको पूर्वतिर गरुडको साथसाथै भएको हनुमानको मूर्ति एक हो। शिवलिङ्गको जलहरी आकृति जस्तो ढुङ्गाको माथि बायाँ घुँडा जमीनमा राखी बसेको हनुमानका दुईवटा हात छन् तीमध्ये बायाँ हात वरद मु्द्रामा छ भने दायाँ हात अभय मुद्रामा छ। खुट्टामा ठूलाठूला कल्लीहरू, हातमा बाला, पाखुरामा केयुर, कानमा ठूलाठूला कुण्डलहरू लगाएको र घाँटीमा भक्तपुरको हनुमानको मूर्तिमा जस्तै गहना लगाएको यस मूर्तिको शरीरभरि सिन्दूर पोतिएको छ। तल्लो भागमा लङ्गौटी लगाएको अहिलेसम्म बनेका हनुमानका मूर्तिहरूमध्ये सबैभन्दा ठूलो मूर्ति हो। गोला आँखा र सिंह जस्तो मुखको दायाँबायाँ दाँत भएको हनुमानको मूर्ति शाहकालीन मूर्तिकलाको महत्त्वपूर्ण नमुना मान्न सकिन्छ। यो मूर्तिको निर्माण पनि मन्दिरको साथसाथै भएको हो। मूर्तिको आसनको वरिपरि बत्ती बाल्ने दियाहरू छन् भने दायाँबायाँतिर नेपाली झण्डा आकृति, धातुको पाताको अग्लो झण्डा छन् र मूर्तिको शिरमाथि तामाको छत्रावली छ।

यसै मन्दिरको पश्चिम उत्तर कुनामा अर्को हनुमानको मूर्ति छ। यो मूर्ति आफ़्नै शैलीमा छ। स्थानक मुद्रामा भएको यो मूर्ति पहाड बोकी हिँड्न लागेको अवस्थामा छ। बायाँ खुट्टाले पुरुषको शिरमाथि टेकेको यो मूर्तिका दुईवटा हात छन्। जसमध्ये दायाँ हातले गदा समातेको छ भने बायाँ हातले पहाड समातेको छ। लङ्गौटी, कानमा कुण्डल, हातमा बाला घाँटीमा हार र कम्मरवन्ध लगाएको यस मूर्ति दायाँतिर पुच्छर उठिराखेको छ भन्ने लङ्गौटीको एक टुक्राले भुइँ छोएको छ। राम र लक्ष्मणलाई काँधमा राखेको मूर्तिको मुकुट अलंकृत छ। मूर्तिको पछाडि शिरमाथि सातवटा फणा भएको सर्प आकृति छ मूर्तिको पिठ्यूँमा दायाँबायाँ उड्न लागेका सिंह आकृतिहरू कुँदिएका छन्। शिरको माथि तामाको छत्रावली राखिएको भन्ने दायाँबायाँ नेपाली झण्डा आकृतिहरू राखिएका छन्। यस किसिमको मूर्ति नेपालमा अन्त पाइएको छैन। त्यसकारणले पनि यस मूर्तिको विशेष महìव रहेको छ। यो मूर्तिको निर्माण माथिको मूर्तिको भन्दा केही पछि बनेको कुरा मूर्तिमा भएको शैलीको आधारमा अनुमान गर्न सकिन्छ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ ग्रन्थ १. धनशमशेर. ज.ब.रा., बृहत् पुरश्वर्यार्णव, प्रथम भाग, काठमाडौं, म.वी.वी.शाह, वि.सं. २०२५, द्वि.ख. पृष्ठाङ्का - ४८२ -४८३ २. टी. ए. गोपीनाथ राव, इलिमेन्ट अफ हिन्दू आइकोनोग्राफी, भाग १, न्यूयोर्कः प्यारागन बुक हाउस, १९६८,पृष्ठ १९० ३. चित्रलेखा सिंह र प्रेमनाथ, 'हनुमान', प्रथम संस्करण, दिल्ली, क्रिट पब्लिकेशन बुक हाउस, ई.सं.२००२ , पृष्ठ ४७ ४. लैनसिह बाङ्गदेल - प्राचीन नेपाली मूर्तिकलाको इतिहास, काठमाडौं, रोयल नेपाल एकेडेमी, वि.सं. २०३९, पृष्ठ १२६ पूर्ववत् ५. नयराज पन्त, 'हनुमानको स्थापन्ना गर्नुमा हेतु' पूर्णिमा, वि.सं. २०२१ वैशाख, १ वर्ष, १ अङ्क पृष्ठ ३० ६. गौत्तमवज्र बज्राचार्य, हनुमानढोका राजदरबार, काठमाडौँ, नेपाल एसियाली अध्ययन संस्थान, वि.सं. २०३३, पृष्ठ १५ ७. तुलसीराम वैद्य, भक्तपुर राजदरबार, काठमाडौँ, नेपाल एसियाली अध्ययन संस्थान, पृष्ठ ५४