हनुभैरव

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


हनुमानलाई विभिन्न ग्रन्थमा रुद्रावता भनेर उल्लेख भएबाट भैरवको रूप मान्नु ज्यादा अनौठो देखिँदैन। पाटनको सङ्ग्रहालयमा राखिएको दुईवटा ढलौटको मूर्ति र अर्को प्रस्तर मूर्तिले पनि एउटा दुर्लभ हनुभैरवको मूर्तिको प्रतिनिधित्व गर्दछ। वैष्णव धर्मसँग सम्बन्धित हनुमान र भैरवलाई संयुक्तरूपमा प्रस्तुत गरिएको छ। यस मूर्तिमा अरू पाइएका मूर्तिहरू जस्तै हनुमानको मूर्ति र मुखले महत्वपूर्ण स्थान ओगटेको छ। मुख्य शिर वा मुख हनुमानको छ र अन्य चार जनावरको टाउको देखाइएको छ। यो धेरैले थाहा नपाएको हनुमानको मूर्ति हो। हनुमान विष्णु अवतार रामका भक्त हुन्। भैरव भगवान् शिवको महत्वपूर्ण रूप हो। यहाँ हनुमान र भैरवलाई एउटै मूर्तिमा देखाइएको छ यस्तो किसिमको मूर्तिलाई हनुभैरवको मूर्ति भन्ने गरिन्छ।

हनुमानसम्बन्धी धारणा यस्ता किसिमका मूर्तिहरूमा महìवपूर्ण रहेको देखिन्छ। शरीर देवताको र मुख भने बाँदरको हुन्छ। हनुभैरवको मूर्तिहरूमा अन्य चारवटा टाउका हुन्छन्। जसमध्ये सुङ्गुरको, गरुडको, सिंहको र कहिलेकाहीँ स्यालको पनि हुन्छ र सबभन्दा माथिल्लो टाउको घोडाको हुन्छ। यसमा भएका धेरै हात, धेरै टाउका र हातले समातेका विविध डरलाग्दा आयुधहरूले गर्दा यो मूर्ति डरलाग्दो मूर्तिसँग सम्बन्धित रहेको पाइन्छ। मूर्तिले समातेको सबभन्दा माथिल्लो भागको आयुध जडीबुटीले युक्त गन्धमान पर्वतलाई बुझाउँछ, जुन हनुमानलाई चिन्ने एउटा महत्त्वपूर्ण चिहृन हो। रामायणका प्रमुख पात्र लक्ष्मण र उनका सेनाहरूलाई बचाउनको लागि हनुमानले गन्धमान पर्वतमा भएको बुटीहरू ल्याएका थिए।

यस्ता किसिमका केही मूर्तिहरू भारतमा पर्वतीय स्कुलको चित्रकलामा देख्न सकिन्छ। सम्भवतः यो विभिन्न धर्मसँग सम्बन्धित देवतालाई एउटैमा देखाउने नेपाली परम्परा भएको अनुमान गर्न सकिन्छ। राम र शिवसम्बन्धी धारणालाई एउटै मिलाएर देखाउने प्रचलन नेपालीहरूको आˆनै मौलिक देन हो। यो धारणा १७ औँ-१८ औँ शताब्दीदेखि सुरु भएको देखिन्छ। हनुमान र भैरव जसलाई हनुभैरव भनिन्छ। यसका पाँचवटा जनावरका टाउका छन् र दसवटा हात छन् र यो मूर्ति वि.सं. १८११मा पाटन दरबारको छानामाथि संरक्षक देवताको रूपमा स्थापना गरिएको थियो।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ ग्रन्थ १. धनशमशेर. ज.ब.रा., बृहत् पुरश्वर्यार्णव, प्रथम भाग, काठमाडौं ः म.वी.वी.शाह, वि.सं. २०२५, द्वि.ख. पृष्ठाङ्का - ४८२ -४८३ २.टी. ए. गोपीनाथ राव, इलिमेन्ट अफ हिन्दू आइकोनोग्राफी, भाग १, न्यूयोर्कः प्यारागन बुक हाउस, १९६८,पृष्ठ १९० ३.चित्रलेखा सिंह र प्रेमनाथ, 'हनुमान', प्रथम संस्करण, दिल्ली ः क्रिट पब्लिकेशन बुक हाउस, ई.सं.२००२ , पृष्ठ ४७ ४. लैनसिह बाङ्गदेल - प्राचीन नेपाली मूर्तिकलाको इतिहास, काठमाडौं ः रोयल नेपाल एकेडेमी, वि.सं. २०३९, पृष्ठ १२६ पूर्ववत् ५. नयराज पन्त, 'हनुमानको स्थापन्ना गर्नुमा हेतु' पूणिर्मा, वि.सं. २०२१ वैशाख, १ वर्ष, १ अङ्क पृष्ठ ३० ६. गौत्तमवज्र बज्राचार्य, हनुमानढोका राजदरबार, काठमाडौं, नेपाल एसियाली अध्ययन संस्थान, वि.सं. २०३३, पृष्ठ १५ ७. तुलसीराम वैद्य, भक्तपुर राजदरबार, काठमाडौं, नेपाल एसियाली अध्ययन संस्थान, पृष्ठ ५४ r