स्वामी विवेकानन्द

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
स्वामी विवेकानन्द
Swami Vivekananda
Swami Vivekananda-1893-09-signed.jpg
विवेकानन्द शिकागोमा,[१]
जन्म नरेन्द्रनाथ दत्त
(१८६३-०१-१२)१२ जनवरी १८६३
कोलकाता, भारत
मृत्यु ४ जुलाई १९०२(१९०२-०७-०४) (३९ वर्ष)
बेलूर मठ, पश्चिम बङ्गाल, भारत
खोजकर्ता हुन् रामकृष्ण मिसन
गुरू रामकृष्ण परमहंस
दर्शन वेदान्त दर्शन,[२][३] राज योग[३]
भनाई "जाग,आउ, जब सम्म लक्ष्य प्राप्त हुन्न तब सम्म नरुक"
(अन्य भनाई विकिकथनमा )
हस्ताक्षर

स्वामी विवेकानन्द (जन्म १२ जनवरी १८६३, जन्मनाम: नरेन्द्रनाथ दत्त ) उनी हिन्दू दर्शनका प्रखर विद्वान् थिए। वेदान्त दर्शनका प्रसिद्ध अध्यात्मिक गुरु उनको वास्तविक नाम नरेन्द्रनाथ दत्त थियो । उनी अमेरिकामा रहेको शिकागोमा आयोजित सन् १८९३ मा भएको विश्व धर्मा सभामा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधित्व गरेका थिए । उनले सनातन धर्मको आध्यात्मिकताद्वारा परिपूर्ण वेदान्त दर्शनलाई पश्चिमेलीदेशमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए । उनी भक्तिका मूर्तिस्वरुप रामकृष्ण परमहंसका सुयोग्य शिष्य थिए । उनले आफ्नो गुरुको नामबाट रामकृष्ण मिसन नामक संस्थाको स्थापना गरेका थिए । जसको उद्देश्य गरीब अनाथ दीनहीनको निशुल्क उपचार गर्नु थियो । जो आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छ । उनले अमेरिकामा भएको भाषणको पहिलो सम्बोधन वाक्यले (अमेरिकी भाई तथा बहिनीहरू) नै सबैको मन जितेका थिए ।

विवेकानन्द– शिष्य र गुरु[सम्पादन गर्ने]

स्वामी रामकृष्णका प्रिय शिष्य थिए नरेन (विवेकानन्द) । रामकृष्ण अद्भुत व्यक्ति थिए त्यसैले उनलाई परमहंस भनिन्छ । विवेकानन्दले त उनलाई साक्षात् ईश्वरको अवतार मान्दथे । उनले बोलेको प्रत्येक कुरामा गुरुको अनुभव र ज्ञान नै भएको बताउंथे । विवेकानन्दले भने कसैलाई शिष्य बनाउने प्रयास गरेनन् । उनीबाट प्रभावित भएर मार्गरेट नोबेल (बैनी निवेदिता) लगायत केही प्रतिभाहरुले स्वतः शिष्यत्व स्वीकार गरेर समर्पित भई रामकृष्ण मिशनका आदर्शहरु प्रचार गरेका थिए । विश्व धर्म महासभा शिकागोमा सन् १८९३ मा उनले भाग लिन जाने सम्पूर्ण घटना ज्यादै आश्चर्य लाग्दो छ । खेतडीका राजाले उनलाई त्यहां जाने प्रेरणा दिए । उनी नरेन्द्रबाट अत्यन्त प्रभावित थिए र यी भावनाहरु अमेरिकामा प्रचारित होस् भन्ने चाहना राख्थे । नरेन्द्रलाई विवेकानन्द नाम दिने काम पनि उनैले गरेको मानिन्छ । उनले नै यात्राको सम्पूर्ण व्यवस्था मिलाई दिए अनि शिकागोको जाडोमा बंगाली गर्मीमा हुर्केका विवेकानन्दलाई ऊनी कोट आदि पहिरनको समेत व्यवस्था गरे ।

अमेरिकामा सुरुका अनुभव[सम्पादन गर्ने]

अमेरिकामा एक अज्ञात र अनौठो पहिरन लागएका विवेकानन्दलाई लुटेरा र बदमाशहरुले लुट्नसम्म लूटे । जब उनी शिकागो पुगे उनलाई के थाहा भयो भने दर्ताको मिति सिद्धिएको छ, र कुनै संस्थाको आधिकारिक पत्र बिना एक व्यक्तिलाई त्यहां भाग लिन अनुमति छैन । पैसा सिद्धिएका बेला उनले मद्रासका साथीहरुलाई पैसा र चिठी पठाई दिन अनुरोध गरे । तर कसैले उनको सुनेन । निराश उनी रेलगाडीबाट बोस्टन फिर्ता भए । गाडीमा एक जना महिला उनका कुरा सुनेर आकर्षित भइन् र उनलाई प्रो. राइटसंग भेट गराईदिइन् । राइटले पत्र लेखेर उनलाई फेरि शिकागो पठाए । शिकागो पुग्दा विवेकानन्दको हालत खस्ता थियो । लुटेरा र बदमासहरुको भीडमा बचेर हिंड्ने क्रममा चिठी हराएछ । शिकागोको स्टेशनमा भएको एक बाकसमा सितम्बर मासको जाडो छल्न रात बिताउनु पर्यो । पासमा रहेका अमेरिकी पैसा सिद्धिए केवल गीताको पुस्तकमात्र साथमा रह्यो । भोको संन्यासीले मागेर खाने प्रयास गर्यो तर त्यहां कसले भिक्षा दिने ? प्रत्येक घरबाट उनलाई लखेटिदिए । भोकै तिर्खै डुल्दा थाकेर उनी एक गल्लीमा थचक्क बसे । संयोगले उनी ठीकै ठाउंमा पुगेका रहेछन् । माथिबाट कुनै व्यक्तिले उनलाई बोलाएर सोध्यो के उनी विश्वधर्म महासभामा भाग लिन आएका हुन्? अनि उनीलाई अन्य प्राच्य प्रतिनिधिहरुसंग बस्ने व्यवस्था भयो । यही व्यक्ति पछि अमेरिकामा विवेकानन्दको सबभन्दा विश्वसनीय सहयोगी बन्यो । सभामा ब्रहम समाज, थियोसोफीकल सासाइटी, जैन, बौद्ध, क्रिश्चियन, यहुदी सबैले आआफ्नो धर्मको प्रतिनिधित्व गरे । तर बिना पत्रका उनले आफ्नो मात्र प्रतिनिधित्व गरे । उनलाई हिन्दु धर्मको प्रतिनिधि भने पनि उनले वास्तवमा सारा संसारको प्रतिनिधित्व गरे । उनले पहिलो दिनमा दिएको संभाषणको प्रत्येक पंक्ति मननीय छ । त्यस मंचमा केही वक्ताहरुले विवेकानन्द अघि के विचार व्यक्त गरिसकेका थिए भने प्राच्य धर्मावलम्बीहरु धार्मिक रुपमा सहिष्णु हुन्छन् । उनले करोडौं हिन्दुहरु तथा उनका सबै मत र सम्प्रदायहरुको तर्फबाट अमेरिकी दाजु भाई दिदी बहिनीहरुलाई धन्यवाद दिंदै निम्नलिखित कुराहरुमा सबै धर्मावलम्बीका नेतृत्व वर्गको ध्यानाकर्षण गरेका थिए ।

विश्वधर्म महासभा मन्तव्य[सम्पादन गर्ने]

शिकागो मन्तव्यका मुख्य बुंदाहरु– त्यहां भनेका केही मुख्य कुराहरु आज १२१ वर्ष पछि पनि समस्त विश्वलाई सान्दर्भिक देखिन्छन्–
१. म संन्यासको सबभन्दा प्राचीन परम्पराको अनुयायी हुं ।


२. विश्वमा प्रचारित सबै धर्महरुको जननी हिन्दु धर्म हो ।


३. जुन दिन रोमन साम्राज्यको तानाशाही व्यवस्थाले यहुदीहरुको अन्तिम र विशाल मन्दिरलाई धुलोपिठो बनाउंदै थियो त्यही बेला दक्षिण भारतमा त्यस धर्मका गुरुलाई हिन्दुहरुले विशेष सम्मान र शुद्धतापूर्वक बस्ने व्यवस्था गर्दै थिए ।


४.जोरोस्टरका अनुयायी अग्निपूजकहरु आफ्नो जन्मथलोमा टिक्न नसकेर भागेर हिंड्ने अवस्था थियो र उनीहरुलाई हिन्दुस्तानका सुविधासम्पन्न स्थानहरुमा आफ्ना कृत्य स्वतन्त्रतापूर्वक र सम्मानपूर्वक गर्ने व्यवस्था हिन्दु समाजले गरेको थियो ।


५. उनले शास्त्रहरुबाट दुइवटा उद्धरण दिएका थिए । श्रीमद्भगवद्गीताको निम्नलिखित श्लोकको अर्थ उनले बताउंदै कुनै खास तरीकाले ईश्वरको आराधना गर्नु पर्छ भन्ने कट्टरता हिन्दु धर्ममा छैन भन्ने कुरा बताएका थिए ।


ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् ।

मम वत्र्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।।
६.धर्मान्तरण कृत्यको विरोध गर्दै उनले भनेका थिए– सम्प्रदायवाद, असहिष्णुता, र यसका उत्तराधिकारीहरुको डरलाग्दो हठधर्मिताले यस सुन्दर धरतीमा धाक जमाउने इच्छा गर्दछ । यस्ता कृत्यले धरतीमा हिंसा चुल्याउंछ । मानिस मानिसबीच द्वन्द्व हुन्छ । युद्ध हुन्छ र रगतका खोला बगाउने काम गर्छ ।
७. धर्मान्तरण कृत्य क्रूरताको पराकाष्ठा र सभ्यताका लागि कलंक हो । यस कृत्यले मानव स्वतन्त्रता हनन गर्छ ।
८. यसले कट्टरता, साम्प्रदायिकता, र अशान्तिलाई जन्म दिन्छ । यसले देशवासीलाई र सत्पुरुषहरुलाई निराशाको अन्धकारमा डुबाउंछ ।
९.यस कृत्यले विश्वका अनेक संस्कृति र सभ्यताहरु नाश भइ रहेका छन् ।
१०. शिकागो सम्मेलनले अतिवादिता तथा शक्ति र प्रचारद्वारा ज्ञान र धर्म माथि गरिने उत्पीडनका अन्तको शंख घोष गरेको छ ।

मठको महावाक्य[सम्पादन गर्ने]

आदि गुरु आचार्य शङ्करले शारदा, गोवर्धन, ज्योति, र शृंगेरी चारवटा मठ स्थापना गरेर प्रत्येक मठका लागि एक महावाक्य निर्धारण गरे जस्तै स्वामी विवेकानन्दले पनि मठको स्थापना गरे । रामकृष्ण मठको महावाक्य निर्धारण गरे– उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत । यस बाहेक निर्धनतम समाजका लागि शिक्षा र स्वास्थ्य सुलभ गराउन मिशनहरुको पनि स्थापना गरेर समाजसेवा र ज्ञानका लागि पुस्तक पत्रिका प्रकाशनमा पनि उल्लेखनीय योगदान गरे । स्वामी अपूर्वानन्दले बांग्लामा शङ्कराचार्यको जुन जीवनी लेखेका छन् त्यो ध्यानले पढ्दा लाग्छ हामीहरुले स्वामी विवेकानन्दको जीवनी पढिरहेका छौं । निवेदिताले त विवेकानन्दलाई शिवावतार नै मान्थिन् । स्वयं विवेकानन्दले पनि शिव शिव भन्ने गर्थे। स्वामी अपूर्वानन्दले लेखेका छन्– बारह शय वर्ष भइसक्यो आचार्य शंकरको काम आज पनि सकिएको छैन । आजको मानिसमा ऐश्वर्य छ । सम्पन्नता छ । गति छ । तीव्रता छ । तर उसको दुःख, पीडा र ताप घटेको छैन । नया“ नया“ आवरणमा बेरिएका भ्रम, मोह र छलकपटले मानिसको बुद्धि ढाकिएको छ । आधुनिक उपलब्धिहरुका साथै काम, क्रोध, लोभ, दम्भ, ईष्र्या, द्वेष आदि आसुरी भावका गति, क्षेत्र र तीव्रता पनि बढ्दै छन् । यी सबैको परित्राण कहां“ छ ? परित्राण केवल मानिसका आत्माको आविष्कारमा छ । सबैभित्र एक अविभाज्य चैतन्यसत्ता निरन्तर प्रकाशमान छ । जसको अनुभव हामीलाई शंकरको जीवनीबाट प्राप्त हुनसक्छ । शान्तिको एक मात्र बाटो त्यही हो ।

उपसंहार[सम्पादन गर्ने]

जसरी स्वामी विवेकानन्दले रामकृष्णको जीवनबाट प्रेरणा लिए, जसरी रामकृष्णले गौरांग प्रभुको जीवनबाट प्रेरणा लिए, त्यसै गरी आज हामीले जीवनका विविध द्वन्द्वलाई आत्मविज्ञानमा समन्वित गर्ने प्रेरणा र उपायहरु स्वामी विवेकानन्दको जीवन र वाणीबाट प्राप्त गर्नुपर्ने भएको छ । हजारौं गरीब र दुखी व्यक्तिहरुको उद्धारका लागि तथा समस्त मानव जातिको समानता र स्वतन्त्रताका लागि विवेकानन्दले गरेका कृत्यलाई आज फेरि व्यवहारमा लागू गर्नु पर्ने भएको छ । यस सम्बन्धमा पं नारायण प्रसाद पोखरेलले गरेका सुधारका केही कामहरुलाई उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ । त्रि.वि. अर्थशास्त्र केन्द्रीय विभागका प्रथम विशिष्ट प्राध्यापक एवं संस्थापकमध्येका एक तारापद् (टी पी) चौधरी अनेक दृष्टिले संमाननीय र स्मरणीय छन् । । बंगालबाट नेपालमा आएर आजीवन शिक्षा क्षेत्रमा लागि पर्ने अनेक प्रबुद्ध र त्यागी मानिसमध्ये उहां पनि हुन् । वर्तमान नेपालका अर्थशास्त्रीहरु र अर्थमन्त्रीहरुमध्ये प्रायः सबै उनका शिष्य रहेका छन् । उनले अर्थशास्त्र र जनसंख्या अध्ययन केन्द्रीय विभागको गरिमा बढाए । एडम स्मिथ जस्तै उनी पनि आजीवन अविवाहित रहे । अन्तिम दिनसम्म अर्थशास्त्र अध्यापन गरे । आफ्नो सम्पत्तिको एक भाग नेपालमा राखेर बांकी सबै रामकृष्ण मिशन, बेलुर मठ बंगाललाई दान गरे । यसबाट उनी स्वामी विवेकानन्दबाट कति प्रभावित थिए भन्ने कुरा बुझ्न सकिन्छ । वि.सं. २०७० मा नेपालमा पनि स्वामी विवेकानन्दको १५० औं जन्म जयन्ती मनाएको हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

[४]

  1. "World fair 1893 circulated photo". vivekananda.net. http://vivekananda.net/photos/1893-1895TN/pages/chicago-1893-september-harrr.htm. अन्तिम पहुँच मिति: 11 April 2012. 
  2. Swami Bhajanananda (2010), Four Basic Principles of Advaita Vedanta, p.3
  3. ३.० ३.१ Michelis 2005.
  4. विवेकानन्द की जीवनी– रोम्यां रालां (अनु. रघुराज गुप्त), रामकृष्ण मठ, नागपुर, सन् २००९

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]