सामग्रीमा जानुहोस्

रामकृष्ण परमहंस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामकृष्ण परमहंस
जन्म तिथि(१८३६-०२-०८)८ फेब्रुअरी १८३६
जन्म स्थानकामारपुकुर, ग्राम, भारत
जन्मगदाधर
मृत्यु तिथि१६ अगस्ट १८८६
मृत्यु स्थानबैलूर मठ निकट कोलकाता
रामकृष्ण परमहंस

रामकृष्ण परमहंस भारतका एक महान संत, आध्यात्मिक शिक्षक र चिन्तक थिए। रामकृष्ण परमहंस भारतको ग्रामीण पश्चिम बंगालको एक गरीब वैष्णव ब्राह्मण परिवारमा जन्मेका थिए। दक्षिणेश्वर कालीबारीमा पुजारीको पद ग्रहण गरेपछि उनले कालीको पूजा गर्न शुरू गरे।। उनले सबै धर्महरूको एकतामा जोड दिए। उनलाई बाल्यकालदेखि नै विश्वास थियो ईश्वरको दर्शन हुन सक्छ । ईश्वर प्राप्तिका लागि उनले कठोर साधना गर्नुको साथै भक्तिको पथमा जीवन बिताए । स्वामी रामकृष्ण मानवताका पुजारी थिए । साधनाको फलस्वरूप ऊनी यो निष्कर्षमा पुगे संसारका सबै धर्महरु सत्य छन् र यिनमा कुनै भिन्नता छैन। तिनीहरू परमेश्वर सम्म पुग्नको लागि बिभिन्न बाटाहरू हुन्।।उनका प्रमुख शिष्य स्वामी विवेकानन्दले आफ्नो प्रचारित धार्मिक विचारका साथ रामकृष्ण अभियान स्थापना गरे ।

सन्त रामकृष्ण परमहंसको जन्म १८ फेब्रुअरी, १८३६ मा बङ्गाल प्रान्त स्थित कामारपुकुरभन्ने गाउँमा भएको थियो। उनको बाल्यकालको नाम गदाधर थियो। उनको बुबाको नाम खूदिराम र आमाका नाम चन्द्रमणी देवी थियो। उनको बालसुलभ सरलता र मन्त्रमुग्ध मुस्कानदेखि जो कोही पनि सम्मोहित हुन्थे।

सात वर्षको अल्पायुमा नैं गदाधरका बुबाको मृत्यु भयो । यस्तो विषम परिस्थितिमा पूरा परिवारको भरण-पोषण गर्न कठिन थियो। आर्थिक कठिनाइ आयो। बालक गदाधरको साहस कम भने थिएन । उनको दाजु कलकत्तामा एक पाठशालाका सन्चालक थिए। तिनले गदाधरलाई आफू सँँग कलकता लगे । रामकृष्णको अन्तर्मन अत्यन्त निश्चल, सहज र विनयशील थियो। उनी संकीर्णताहरूदेखि धेरै टाढा थिए। उनी सदा आफ्नो कार्यमा लागि रहन्थे।

अध्ययन तथा दक्षिणेश्वर

[सम्पादन गर्नुहोस्]

सतत प्रयास पछि पनि रामकृष्णको मन अध्ययनमा लाग्न सकेन । कलकत्ताको नजिकदक्षिणेश्वर स्थित काली माताको मन्दिरमा उनको दाजुले पुजारीको दायित्व सुम्पिए। रामकृष्ण यसमा पनि रम्न सकेनन्। केही समय पछि दाजुको पनि मृत्यु भयो । भित्रदेखि मन नपरे पनि ऊनी मन्दिरमा अवस्थित काली माताको पुजा अर्चना गर्न थाले । रामकृष्ण माता कालीका आराधक भए । बीस वर्षको अनवरत साधना पश्चात माताको कृपाले उनलाई परम दिव्य ज्ञान प्राप्त भयो। उनको प्रिय शिष्य स्वामी विवेकानन्दले एक पल्ट उनलाई सोघ्नु भयो महाशय के तपाईले ईश्वरलाई देख्नु भएको छ? महान् साधक रामकृष्णले उत्तर दिए हो मैले देखेको छु ।जसरी तिमीलाई देखि रहेको छु ठीक त्यसरी नै । तर त्यो भन्दा झन धेरै स्पष्ट रूपमा । उनी स्वयंको अनुभूतिले ईश्वरको अस्तित्व सम्मको विश्वास दिलाउथे । उनी आध्यात्मिक,सत्यवादी, ज्ञानको प्रखर तेजदेखि भक्ति ज्ञानका प्रदर्शक थिए। काली माताको भक्तिलाई आह्वान गरेर उनी भक्तहरूलाई मानवताको पाठ पढाउथे ।

स्वभाव तथा विचार

[सम्पादन गर्नुहोस्]

"रामकृष्णका शिष्य नागले गङ्गातटमा जब दुई मानिसहरूले रामकृष्णलाई गाली गर्दै गरेको सुने तब क्रोधित भए तर पनि उनीहरूको मनमा श्रद्धा जगाएर रामकृष्णको भक्त बनाइदिए । सच्चा भक्तिको कारण दुवैलाई रामकृष्णका चरण छुवाएर माफ माग्न लगाए । रामकृष्ण परमहंसले तिनलाई माफ गरिदिए ।"

"एक दिन उनले अमला मागे। त्यति वेला अमलाको मौसम थिएन। नागले खोज्दै जाँदा वनमा एक रुखको तल्लो भागमा ताजा अमला राखिएको पाए र त्यो अमला रामकृष्णलाई दिए। रामकृष्णले भने मलाई थाह थियो तिमी नै लिएर आउँनेछौ। तिम्रो विश्वास सच्चा छ।"

"रामकृष्ण परमहंस जीवनको अन्तिम दिनहरूमा समाधिको स्थितिमा रहन्थे। असक्त शरीर शिथिल हुन थाल्यो। स्वास्थ्यमा ध्यान दिन प्रार्थना गर्दा अज्ञानता ठानेर उनी हाँसिदिन्थे । उनका शिष्यलाई ठाकुर भनिन्थ्यो। रामकृष्णका परमप्रिय शिष्य स्वामी विवेकानन्द केही समय हिमालयको कुनै एकान्त स्थानमा तपस्या गर्ने इच्छाले आज्ञा लिन जब गुरुको छेउमा पुगे तब उनले भनेका थिए वत्स हाम्रो आश्रम क्षेत्रका मानिसहरू भोकदेखि तडपी रहेका छन् । चारैतर्फ अज्ञानताको अन्धकार छाएको छ। यहाँ मानिस रुँदै छन् तर तिमी भने हिमालयको कुनै गुफामा समाधिको आनन्दमा निमग्न रहँने कुरा के तिम्रो आत्माले स्वीकार्नेछ ? गुरुको यस्तो आदेशबाट स्वामी विवेकानन्द दरिद्र जनको सेवामा लागेका थिए ।" "रामकृष्ण परमहंस महान् योगी उच्चकोटिका साधक अनि विचारक थिए । सेवालाई ईश्वरीय मार्ग मानेर अनेकतामा एकताको दर्शन गर्थे। सेवादेखि समाजको सुरक्षा समेत चाहन्थे । जब डाक्टरहरूले घाँटीको क्यान्सर भएको बताएर समाधि लिन र कुराकानी गर्न निषेध गरे तब पनि उनी मुस्कुराई रहे। रामकृष्णले उपचार गर्नमा रोक लगाएता पनि स्वामी विवेकानन्दले उपचार गराइनै रहे । स्वामी विवेकानन्दले काली मातासँग रोग मुक्तिका लागि विन्ती गर्न अनुरोध गर्दा परमहंसले यस शरीरमा माताको अधिकार छ त म के भनौं, माताले मेरो लागि राम्रो नै गर्नुहुनेछ भनी मानवताको लागि मन्त्र दिएका थिए ।"

सन् १६ अगस्त १८८६ ब्रह्ममुहुर्तको समयमा ५० वर्षको अल्पायुमा महासमाधिद्वारा उनको पञ्चभौतिक शरिर पंचतत्वमा विलीन भयो ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]