वैष्णव सम्प्रदाय
यो एक भाग हो वैष्णवहरू को |
वैष्णव |
---|
![]() |
![]() |
वैष्णव भन्नाले विष्णो: अनुयायी भगवान् विष्णु सम्बंधित सम्पूर्ण वस्तुलाई वैष्णव भन्ने गरिन्छ । जस्तै १८ पुराणमा केही वैष्णव छन जस्तै विष्णु,भागवत,नारायण,गरुण,पद्म,अग्निलाई वैष्णव पुराण भनिन्छ भने अन्य शैव र केही शाक्त छन पुराण मानिन्छन् । त्यस्तै सप्रदायलाई वैष्णव सम्प्रदाय,भागवत धर्म,वैष्णव धर्मको प्राचीन नाम भागवत धर्म अथवा पाञ्चरात्र मत हो । यस सम्प्रदायको प्रधान उपास्य भगवान वासुदेव हुन, जसलाई छ: गुणहरू ज्ञान, शक्ति, बल, वीर्य, ऐश्वर्य र तेजदेखि सम्पन्न हुनाले भगवान भनिएको छ र उनै भगवानका उपासकलाई भागवत कहिएको छ । यस सम्प्रदायलाई पाञ्चरात्र संज्ञाको सम्बन्धमा अनेकौ मतमतान्तर रहेका छन् ।[१] विष्णुको अवतार मा पर्ने राम कृष्ण इत्यादि सम्बंधित हरेक वस्तु लाई वैष्णव अंतर्गत लिने गरिन्छ । भने राम उपासक कृष्ण उपासक खास गरी विष्णु उपासक नै वैष्णव भनेर जानिन्छ्न ।
वैष्णव सम्प्रदाय[सम्पादन गर्नुहोस्]
- श्रीवैष्णव (रामानुजाचार्य अंतर्गत)
- निम्बार्क वैष्णव ( निम्बार्काचार्यअंतर्गत )
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "वैष्णव सम्प्रदाय", Bharat discovery।