पोर्टल:हिन्दु धर्म
स्वरूप
(पोर्टल:हिन्दू धर्मबाट अनुप्रेषित)
परिचयScript error: The function "lead" does not exist.
चुनिएका लेखहरू
रामानुजाचार्य (ⓘ, अङ्ग्रेजी: Ramanuja जन्म: १०१७ - मृत्यु: ११३७) विशिष्टाद्वैत वेदान्तका प्रवर्तक तथा हिन्दू धर्म अन्तर्गत श्रीसम्प्रदायका आचार्य थिए। उनको भक्तिमा परम्पराको धेरै प्रभाव रहेको छ । उनी वेदान्त दर्शनमा आधारित विशिष्टाद्वैतका प्रवर्तक हुन् । उपनिषद, भगवदगीता र ब्रह्मसूत्रको आदि शंकराचार्यको अद्वैतपरक व्याख्यालाई प्रतिपादको रूपमा रामानुजले विशिष्टाद्वैतको प्रतिपादन गरेका थिए । उनको समयमा जैन धर्म र बौद्ध धर्मको प्रचारको कारण वैष्णव सम्प्रदाय सङ्कटग्रस्त अवस्थामा रहेको थियो। रामानुजले त्यो सङ्कट सफलतापूर्वक प्रतिकार गरे । साथै उनले शंकराचार्यको अद्वैत मतलाई खण्डन गरेर आफ्नो मतको प्रवर्तनको लागि अनेक ग्रन्थहरूको रचना गरेका थिए । वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यका कुरेश आदि प्रमुख पाँच शिष्य थिए । त्यस्तै अन्य प्रसिद्ध रामानन्द पनि रामनुजाचार्यको शिष्य परम्परामा थिए । रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टा द्वैत वेदान्त लेखेका थिए। रामानुजाचार्यले वेदान्त वाहेक सातौँ - दशौँ शताब्दीका रहस्यवादी र भक्तिमार्गी आलवार सन्तसित भक्तिको दर्शनलाई तथा दक्षिणको पञ्चरात्र परम्परालाई आफ्ना विचारको आधार बनाएका थिए। रामानुजाचार्यले मोक्षको लागि जुन मन्त्र सार्वजनिक गर्न निषेध गरिने परम्परा थियो त्यसलाई उनले एक सभा बोलाएर जातपात धनी गरीब सबैको लागि उच्चारित गरिदिएका थिए । उनले भनेका थिए मन्त्रले कष्टनाश हुन्छ त्यो कुनै एकको लागि होइन यो सबैको अधिकार हो । रामानुजाचार्य धेरै परोपकारी सन्त थिए ।
चयनित चित्रचुनिएका हिन्दूसन्तको जीवनि
स्वामी विवेकानन्द जन्म: १२ जनवरी १८६३ – ४ जुलाई १९०२) जन्मनाम: नरेन्द्रनाथ दत्त) हिन्दू दर्शनका प्रसिद्ध विद्वान् थिए । उनी अमेरिकामा रहेको शिकागोमा आयोजित सन् १८९३ मा भएको "विश्व धर्म सभा"मा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधि थिए । उनले सनातन धर्मको आध्यात्मिकताद्वारा परिपूर्ण वेदान्त दर्शनलाई पश्चिमेली देशहरूमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए । उनले अमेरिकामा भएको भाषणको पहिलो सम्बोधन वाक्यले नै सबैको मन जितेका थिए । कलकत्ताको धनाड्य बङ्गाली परिवारमा जन्मिएका विवेकानंद आध्यात्मिकता तर्फ उनको झुकाव थियो । उनले आफ्नो गुरू रामकृष्ण देवबाट धेरै प्रभावित थिए, जसबाट उनले "सम्पूर्ण जीवहरू परमात्माको एक अवतार हो; त्यसैकारण मानव जातिको सेवाबाट परमात्माको पनि सेवा हुन सक्छ" भन्ने शिक्षा पाएका थिए । उनले आफ्नो गुरूको नामबाट रामकृष्ण मिसन नामक संस्थाको स्थापना गरेका थिए जसको उद्देश्य गरिब अनाथ दिनहीनको निःशुल्क उपचार गर्नु थियो । यी संस्थाहरू आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छन् । रामकृष्णको मृत्यु पश्चात विवेकानंदले भारतीय उपमहाद्वीपहरूको भ्रमण गरि ब्रिटिश भारतको अवस्था बारे जानकारी हासिल गरे ।
कथनहरू
श्रेणीहरूविषयहरूविकिपरियोजनानेेपालमा हिन्दु धर्मविकिमिडियाका अन्य परियाेजनाविकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ । यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो । यो गुठीले अन्य परियोजनाहरूलाई पनि सञ्चालन गरेको छ:
सम्बन्धित पोर्टल | |||||








