पोर्टल:हिन्दू धर्म
परिचयThis section is an excerpt from हिन्दू धर्म.[सम्पादन गर्ने] हिन्दू धर्म वा सनातन धर्म (धेरै समयदेखि चलिआएको) धर्म जुन हालसम्म चलिआएको छ। हिन्दू धर्मको विशेषता यस भित्रका विभिन्न आस्था र विश्वासका स्रोत हुन्। ९० हजार वर्षभन्दा पहिला यो धर्मको प्रारम्भ भएको थियो । रामायण, महाभारत र पुराणहरूमा सूर्यवंशी र चन्द्रवंशी राजाहरूको वंश परम्पराको उल्लेख उपलब्ध छ । यसका अतिरिक्त अनेक वंशहरूको उत्पति र परम्पराको वर्णनमा पनि हिन्दु धर्मको उतपत्तिका विषयमा कुराहरु आएका छन् । आर्यहरूको सभ्यतालाई वैदिक सभ्यता मानिन्छ । पहिलो दृष्टिकोण अनुसार लगभग १७०० ईसा पूर्वमा आर्य अफगानिस्तान, कश्मीर, पञ्जाब र हरियाणामा बसोबास गर्ने गर्थे । त्यस बेला देखि नै उनीहरूका विद्वान् ऋषिहरु आफ्ना देवताहरूलाई प्रसन्न गर्नलाई वैदिक संस्कृतमा मन्त्र रचना गर्न थाले । पहिला चार वेद रचियो, जसमा ऋग्वेद प्रथम थियो । त्यस पछि यजुर्वेद, सामवेद, अथर्ववेद उपनिषद जस्ता ग्रन्थहरू आए । हिन्दु धर्मको उत्पत्ति वैदिक संस्कृतिबाट इशापूर्व २००० वर्षभन्दा पहिला भएको मान्यता छ । सङ्ख्याको हिसाबले यो विश्वको तेस्रो ठूलो । हाल विश्वमा हिन्दु धर्म मान्ने मानिसहरु १ खर्ब ५ अर्ब छन् । जस मध्ये ९६% दक्षिण एसियामा छन्। हिन्दू शास्त्रहरूलाई दुई भागमा बाँडिएको छ श्रुति र स्मृति । श्रुति भन्नाले वेद बुझिन्छ जुन हिन्दूहरूको धर्मग्रन्थ हो अथवा हिन्दूहरूको संविधान हो । स्मृतिअन्तर्गत इतिहास, पुराण, रामायण, महाभारत तथा विभिन्न स्मृतिहरू पर्दछन् । वेदको सार उपनिषद हो भने उपनिषदहरूको सार गीता हो [१][२]।
चुनिएका लेखहरू
रामानुजाचार्य (
![]() चयनित चित्रचुनिएका हिन्दूसन्तको जीवनि
स्वामी विवेकानन्द जन्म: १२ जनवरी १८६३ – ४ जुलाई १९०२) जन्मनाम: नरेन्द्रनाथ दत्त) हिन्दू दर्शनका प्रसिद्ध विद्वान् थिए । उनी अमेरिकामा रहेको शिकागोमा आयोजित सन् १८९३ मा भएको "विश्व धर्म सभा"मा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधि थिए । उनले सनातन धर्मको आध्यात्मिकताद्वारा परिपूर्ण वेदान्त दर्शनलाई पश्चिमेली देशहरूमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए । उनले अमेरिकामा भएको भाषणको पहिलो सम्बोधन वाक्यले नै सबैको मन जितेका थिए । कलकत्ताको धनाड्य बङ्गाली परिवारमा जन्मिएका विवेकानंद आध्यात्मिकता तर्फ उनको झुकाव थियो । उनले आफ्नो गुरू रामकृष्ण देवबाट धेरै प्रभावित थिए, जसबाट उनले "सम्पूर्ण जीवहरू परमात्माको एक अवतार हो; त्यसैकारण मानव जातिको सेवाबाट परमात्माको पनि सेवा हुन सक्छ" भन्ने शिक्षा पाएका थिए । उनले आफ्नो गुरूको नामबाट रामकृष्ण मिसन नामक संस्थाको स्थापना गरेका थिए जसको उद्देश्य गरिब अनाथ दिनहीनको निःशुल्क उपचार गर्नु थियो । यी संस्थाहरू आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छन् । रामकृष्णको मृत्यु पश्चात विवेकानंदले भारतीय उपमहाद्वीपहरूको भ्रमण गरि ब्रिटिश भारतको अवस्था बारे जानकारी हासिल गरे ।
कथनहरू
श्रेणीहरूविषयहरूविकिपरियोजनानेेपालमा हिन्दु धर्मविकिमिडियाका अन्य परियाेजनाविकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ । यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो । यो गुठीले अन्य परियोजनाहरूलाई पनि सञ्चालन गरेको छ:
सम्बन्धित पोर्टल |