पोर्टल:हिन्दु धर्म/चुनिएका हिन्दूसन्तको जीवनि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पोर्टल:हिन्दू धर्म/हिन्दूसन्तको जीवनि/1

स्वामी विवेकानन्द जन्म: १२ जनवरी १८६३ – ४ जुलाई १९०२) जन्मनाम: नरेन्द्रनाथ दत्त) हिन्दू दर्शनका प्रसिद्ध विद्वान् थिए । उनी अमेरिकामा रहेको शिकागोमा आयोजित सन् १८९३ मा भएको "विश्व धर्म सभा"मा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधि थिए । उनले सनातन धर्मको आध्यात्मिकताद्वारा परिपूर्ण वेदान्त दर्शनलाई पश्चिमेली देशहरूमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए । उनले अमेरिकामा भएको भाषणको पहिलो सम्बोधन वाक्यले नै सबैको मन जितेका थिए । कलकत्ताको धनाड्य बङ्गाली परिवारमा जन्मिएका विवेकानंद आध्यात्मिकता तर्फ उनको झुकाव थियो । उनले आफ्नो गुरू रामकृष्ण देवबाट धेरै प्रभावित थिए, जसबाट उनले "सम्पूर्ण जीवहरू परमात्माको एक अवतार हो; त्यसैकारण मानव जातिको सेवाबाट परमात्माको पनि सेवा हुन सक्छ" भन्ने शिक्षा पाएका थिए । उनले आफ्नो गुरूको नामबाट रामकृष्ण मिसन नामक संस्थाको स्थापना गरेका थिए जसको उद्देश्य गरिब अनाथ दिनहीनको निःशुल्क उपचार गर्नु थियो । यी संस्थाहरू आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छन् । रामकृष्णको मृत्यु पश्चात विवेकानंदले भारतीय उपमहाद्वीपहरूको भ्रमण गरि ब्रिटिश भारतको अवस्था बारे जानकारी हासिल गरे ।