चुमाऔन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चुमाऔन
मितिआश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णीमा)

बडादशैंको कोजाग्रत पूर्णीमाका दिन तराईका मैथिल ब्राह्मण जातिमा चुमाऔन मनाइन्छ । उक्त जातिमा कोजाग्रत पूर्णीमाका दिन नवविवाहित दुलाहाको मुख हेर्ने विधिका रूपमा चुमाऔन गर्ने प्रचलन छ । मैथिल ब्राह्मणहरूमा नवविवाहित दुलाहालाई विशेष परिकारहरूसहित दुलही पक्षधरहरू दुलाहाकै घरमा भेट्न जाने परम्परा कोजाग्रत पूर्णीमाका दिन चुमाऔन विधिसँग जोडिएको छ । चुमाऔन विधिमा हैसियतअनुसार विभिन्न मिष्ठान्न पकवानहरू, लत्ताकपडा, गरगहना दुलहालाई भेट दिने प्रचलन रहेपनि यस विधिमा पोखरी तलाउमा फल्ने एक प्रकारको फल मखन, पानसुपारीको भने विशेष महत्त्व रहने गरेको छ । चुमाऔन विधि सकिएपछि इष्टजनहरूलाई निम्त्याएर विशेष परिकारहरू खुवाउने प्रचलन मैथिल ब्राह्मणहरूमा छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]