घाटो पर्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
घाटो पर्व
मितिचैत महिना

घाटो पर्व थारू जातिको पर्व हो । चैत महिनामा मनाइने यस पर्वमा थारू युवतीले थारू युवकलाई जिस्क्याउँछन् । यस पर्वका समयमा थारू बस्तीमा जुनसुकै युवती जुनसुकै युवकलाई र्‍याखर्‍याख पारिरहेका भेटिन्छन् । अघिपछि घुम्टोले अनुहार छोप्ने र घरबाहिर कमै निक्लने उनीहरू चैतमा भने निर्धक्क हिँडडुल गर्छन् । हूल बाँधी केटाहरूलाई धीत मरुन्जेल जिस्काउँछन् । यो उराठ महिनामा यसो गर्न उनीहरूलाई कुनै रोकटोक हुँदैन । घाटोको यो छुटले युवकहरूलाई चैतभरि आच्छुआच्छु पार्ने गरेको छ । बस्तीमा युवतीको जमात आउनेबित्तिकै कतिपय युवक लुक्ने गर्छन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]