कुकुर तिहार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुकुर तिहार
नरक चतुर्दशी
Kukur Tihar.jpg
फूलमाला लगाएको एक कुकुर
प्रकारधार्मिक
उत्सवकुकुरको सम्मान स्वरूप
परिपालनप्रार्थना र धार्मिक अनुष्ठान
मितिकार्तिक कृष्ण चतुर्दशी
आवृत्तिवार्षिक

कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन हो।[१] यस दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ। यस दिन कुकुरको सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खाना लगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ।[२] यस दिन कसैले कुकुरप्रति अनादरपूर्ण व्यवहार गरेमा त्यसलाई पाप मानिन्छ।

कुकुरलाई आज्ञापालक एवम् रक्षकको रूपमा लिइन्छ। विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्दछ।[३] कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको पाइन्छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ। कुकुर तिहार विश्वव्यापी रूपमा गैर आवसीय नेपालीहरूले मनाउने गर्छन्।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

युधिष्ठिरयम (कुकुरको रूपमा) स्वर्ग तर्फ जाँदै

तिहार नेपालबाट सुरु भएको पाँच दिन लामो हिन्दू चाड हो।[४][५][६] दसैँपछिको यो दोस्रो ठूलो चाड हो। कुकुर तिहार तिहारको दोस्रो दिन मनाइन्छ।[५][७] तिहारपर्वको समयमा गाई, काग लगायत धेरै जनावरहरूको पनि पूजा गरिन्छ।[८][९]

प्राचीन संस्कृत महाकाव्य महाभारतमा स्वर्ग जाने क्रममा पाँच पाण्डवलाई कुकुरको साथमा राखिएको छ।[१०] पाँच पाण्डवहरू आफ्नी पत्नी द्रौपदी र भाइहरूसँग हिमालय चढे। युधिष्ठिर र तिनको कुकुरबाहेक ती सबै बाटोमा लडेर मरे।[११] त्यसपछि युधिष्ठिरले देवताहरूका राजा इन्द्रलाई भेटे, जसले उनलाई स्वर्गमा स्वागत गरेका थिए।[११][१२] स्वागत गर्ने क्रममा उनले आफ्नो कुकुरलाई पछाडि छोड्नु पर्ने शर्त अगाडि राखे। युधिष्ठिरले आफू कुकुर बिना स्वर्गमा प्रवेश गर्न अस्वीकार गरे र पृथ्वीमा फर्किने बताए।[११][१३][१४] यमराज कुकुरको रुपमा आएका थिए र उनले आफ्नो रुप प्रस्तुत गरे। इन्द्र उनको कर्मबाट प्रभावित भए र युधिष्ठिरका लागि स्वर्गको ढोका खोलिदिए।[११][१२]

यमसँग श्यामा र शर्वरा नामका दुई कुकुर थिए जसले नरकको ढोकाको रक्षा गर्छन्।[१५] नेपाली हिन्दूहरू कुकुरको पूजा गर्नाले उनीहरूले मृत्युलाई सकारात्मक रूपमा हेर्ने विश्वास गर्छन् र कुकुरले उनीहरूको अन्तिम यात्रामा उनीहरूलाई पछ्याउँदछ।[१६] कुकुरहरूले तिनीहरूलाई नरकमा यातनाबाट जोगाउनेछन् आशा व्यक्त गर्छन्।[१७] कुकुरलाई यमको दूत मानिन्छ र उनलाई खुसी पार्नका लागि कुकुरको पूजा गरिन्छ।[५][१८]

एबिसी न्युजका अनुसार नेपाल र मङ्गोलियामा कुकुरलाई पहिलो पटक घरपालुवा बनाइएको हुन सक्ने उल्लेख गरेको थियो। [१९]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "यस्तो छ कुकुर पूजाको रोचक किम्बदन्ती", हिमाल पोस्ट (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९ 
  2. "आज कुकुर तिहार तथा नरक चतुदर्शी मनाईँदै", कोशी सन्देश (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९ 
  3. नवीनबाबु गुरुङ, "तस्बिरमा हेर्नुस् प्रहरीलाई अनुसन्धानमा सघाउने कुकुरको पूजा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९ 
  4. "Market in border area bustling", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), ९ नोभेम्बर २०२०, अन्तिम पहुँच १० नोभेम्बर २०२० 
  5. ५.० ५.१ ५.२ "Nepal festival celebrates 'day of the dogs'" (अङ्ग्रेजीमा), बीबीसी, ६ नोभेम्बर २०१८, मूलबाट २७ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०२० 
  6. Prasain, Krishana (२१ अक्टोबर २०२०), "Nepal's biggest festival Dashain fails to lift the market mood, buyers and sellers say", द काठमाडौँ पोस्ट (अङ्ग्रेजीमा), मूलबाट १० नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २०२० 
  7. Devleesschauwer, Brecht (१२ फेब्रुअरी २०१६), "Epidemiology, Impact and Control of Rabies in Nepal: A Systematic Review", PLOS Neglected Tropical Diseases (अङ्ग्रेजीमा) 10 (2): e0004461, आइएसएसएन 1935-2735, डिओआई:10.1371/journal.pntd.0004461, पिएमआइडी 26871689, पिएमसी 4752342 
  8. Kelly, Erin (५ अक्टोबर २०१५), "In Nepal, Every Dog Has Its Day. Literally.", All That's Interesting (अङ्ग्रेजीमा), मूलबाट २७ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०२० 
  9. Devkota, Mahima (३ नोभेम्बर २०२१), "Why do we worship crows and dogs?", द राइजिङ नेपाल (अङ्ग्रेजीमा), मूलबाट ३ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ नोभेम्बर २०२१ 
  10. Shahani, Shradha (२२ अक्टोबर २०१९), "In Nepal, Diwali is a time to worship the dogs", Condé Nast Traveller (अङ्ग्रेजीमा), मूलबाट २७ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०२० 
  11. ११.० ११.१ ११.२ ११.३ Vajpeyi, Ananya (२९ जुन २०१९), "Epic lessons for Kali Yuga: Rereading the 'Mahabharata' in our contemporary moment", The Hindu (en-INमा), आइएसएसएन 0971-751X, मूलबाट २७ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०२० 
  12. १२.० १२.१ Singh, Sudeshna (८ अप्रिल २०२०), "Interested in the Mahabharata? Know how the Pandavas died", टाइम्स नाउ (अङ्ग्रेजीमा), मूलबाट २७ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०२० 
  13. Das, Gitanjali (६ सेप्टेम्बर २०२०), "Explained: After Modi's push, a look at the several dog breeds native to India", द इन्डियन एक्सप्रेस (अङ्ग्रेजीमा), मूलबाट २७ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०२० 
  14. "Day of the Dog: A day before Diwali, Nepal celebrates 'dog puja festival' with fervour – See pics", टाइम्स नाउ (अङ्ग्रेजीमा), ७ नोभेम्बर २०१८, मूलबाट २७ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०२० 
  15. Images, Timothy Allen/Getty (२० अक्टोबर २०१५), "Dogs may have been first domesticated in Nepal and Mongolia", ABC News (en-AUमा) (Australian Broadcasting Corporation), मूलबाट २७ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०२० 
  16. "Dogs worshipped on Kukur Tihar", द काठमाडौँ पोस्ट (अङ्ग्रेजीमा), १० नोभेम्बर २०१५, मूलबाट २७ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०२० 
  17. Marak, Queenbala; Chaudhuri, Sarit K. (२८ फेब्रुअरी २०२०), The Cultural Heritage of Meghalaya (अङ्ग्रेजीमा), Routledge, आइएसबिएन 978-1-000-07182-5, मूलबाट २८ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०२० 
  18. "Kukur Tihar, Laxmi Puja observed; Bhai Tika tomorrow", The Himalayan Times (en-USमा), २८ अक्टोबर २०१९, मूलबाट २७ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०२० 
  19. Images, Timothy Allen/Getty (२० अक्टोबर २०१५), "Dogs may have been first domesticated in Nepal and Mongolia", ABC News (en-AUमा) (Australian Broadcasting Corporation), मूलबाट २७ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०२०