आमलकी एकादशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आमलकी एकादशी
अमला

आमलकी एकादशी एक पवित्र हिन्दू पर्व हो। यस दिन अमलाको बोटलाई भगवान विष्णुलक्ष्मीको रूपमा पूजा गरिन्छ। हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ। पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन सम्प्रदायमा धेरै महत्त्व छ । फागुन शुक्ल पक्षको एकादशीलाई आमलकी एकादशी भनिन्छ ।

आमलकी एकादशी व्रत[सम्पादन गर्नुहोस्]

आमलकी एकादशी व्रत फाल्गुन शुक्ल पक्षको एकादशीका दिन पालना गरिन्छ। यस व्रतमा अमलाको वृक्षको पूजा गर्ने विधि-विधान छ । यस व्रतका विषयमा भनिन्छ, कि यो एकादशी समस्त पाप नाश गर्न समर्थ छ । सय गाई दान गर्नाले जुन फल प्राप्त हुन्छ त्यही फल आमलकी एकादशीको व्रत गर्नाले प्राप्त हुन्छ । यस व्रतमा अमलाको रुखको पूजन गरिन्छ । अमलाको वृ्क्षका विषयमा यो मत छ, कि यसको उत्पति भगवान श्री विष्णुको मुखबाट भएको हो । एकादशी तिथिमा विशेष रूपले श्री विष्णुको पूजा गरिन्छ । अमलाको रुखको उत्पति संबन्धी एउटा कथा प्रचलित छ।

विष्णुको मुखबाट अमलाको उत्पति कसरी भयो?[सम्पादन गर्नुहोस्]

विष्णु पुराणका अनुसार एक पटक भगवान विष्णुले थुक्दा वहाँको मुखबाट चन्दमा जस्तै एउटा बिन्दू प्रकट भएर पृथ्वीमा झर्यो । त्यसै बिन्दूबाट आमलक अर्थात अमलाको महान रुखको उत्पति भयो । यही कारण हो कि विष्णु पूजामा यस फलको प्रयोग गरिन्छ । श्रीविष्णुको श्रीमुखबाट प्रकट भएकाले अमलाको वृ्क्षलाई सर्वश्रेष्ठ मानिन्छ । यस फलको महत्त्वका विषयमा भनिन्छ, कि यस फलको स्मरणमात्रबाट गाई दान गरे जत्तिकै फल प्राप्त हुन्छ । यो फल भगवान विष्णुलाई अत्यधिक प्रिय छ । यस फललाई खानाले तीन गुणा शुभ फलको प्राप्ति हुन् ।

आमलकी एकादशीको व्रतकथा[सम्पादन गर्नुहोस्]

अमलाको बोट (Indian gooseberry) अथवा Phyllanthus emblica

एउटा नगरमा सबै वर्गका मानिसहरू मिलेर आनन्दपूर्वक बस्दथे । मानिसहरूको आपसमा प्रेम भएका कारण नगरमा धर्म र आस्थाको निवास भए झैं प्रतीत हुन्थ्यो । यो नगर चन्द्रवंशी नामक राजाको राज्य-अन्तर्गत पर्दथ्यो । त्यस राज्यमा सबै सुखी थिए । त्यस राज्यमा विशेष रूपले श्री विष्णुको पूजा हुने गर्दथ्यो र एकादशी व्रतको पालना गर्ने प्रथा त्यस नगरमा प्राचीन समयदेखि चली आएको थियो । राजा र प्रजा सबै मिलेर एकादशी व्रतको घडा(कुम्भ) स्थापना गर्दथे, कुम्भ स्थापना पछि धूप, दीप, नैवेद्य, पञ्चरत्न आदिद्वारा पूजा गरिन्थ्यो। एकपटक एकादशी व्रत गरेको समयमा सबै जना मन्दिरमा जागरण गर्दै थिए। रात्रिका समयमा एउटा शिकारी आयो जो भोको थियो र त्यो लगभग सबै पापको भागी थियो। मन्दिरमा धेरै मानिस भएका कारण शिकारीले भोजन चोर्ने अवसर प्राप्त गर्न सकेन र त्यस शिकारीले त्यो रात्रि जागरण गर्दै बिताउनु पर्‍यो। प्रात: काल भएपछि सबैजना आफ्नो घर गए र शिकारी पनि आफ्नो घर गयो। केही समयपछि शिकारीको कुनै कारणवश मृ्त्यु भयो। त्यस शिकारीले जानीनजानी नै आमलकी एकादशीको व्रत गरेको थियो। त्यसै कारणले उसलाई पुन्य प्राप्त भयो र त्यसको जन्म एउटा राजाका घरमा भयो। ऊ असाध्यै वीर, धार्मिक, सत्यवादी र विष्णु-भक्त थियो। दानादि कार्यमा उसको रुचि थियो। एकपटक त्यो शिकार खेल्न गयो र डाकाहरूको चंगुलमा फँस्यो। डाकाहरू उसलाई मार्ने उद्देश्यले शस्त्र-प्रहार गर्न थाले डाकाहरूको प्रहारबाट आफुमा कुनै असर नपरेको देख्दा उसलाई अचम्म लाग्यो र अझ पछि त डाकाहरू उसलाई छोडेर स्वयं एक आपसमा पो लडाईं गर्न थाले। त्यसै बेला एउटा यस्तो शक्ति प्रकट भयो र त्यस शक्तिले सम्पूर्ण डाकाहरूलाई मारिदियो। राजाले अचम्म मान्दै प्रश्न गर्‍यो यसरी मेरो रक्षा गर्नेको हो? यसको उत्तरमा भविष्यवाणी भयो तेरो रक्षा श्री विष्णुजीले गर्दै हुनुहुन्छ, यो कृ्पा तैंले आमलकी एकादशीको व्रत गर्नाले त्यसैको प्रभावस्वरूप प्राप्त गरेको होस। यसरी यस व्रतका प्रभावले मोक्ष प्राप्ति हुन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]