भूम्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भूम्या
मितिवैशाख - भदौ को हरेक संक्रान्ति

भूम्या पाङ मगर बोल्ने मगर समुदायको प्रमुख पर्व हो । भूम्यामा मगरहरू भूमि देवताको पूजा गर्छन् । वैशाख देखी भदौको हरेक संक्रान्तिमा भूम्या मनाउने गरिए पनि असार १ गते प्रमुख अवसर हो । प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजापाठसँगै २२ चाल नाचिन्छ । आफ्नो भूमि र भूमि देवप्रतिको श्रद्धा यसको उद्देश्य हो । यो अवसरमा गाउँका भद्रभलाद्मी बसेर 'जनप्रतिनिधि' छान्ने परम्परा पनि छ ।

मनाउने तरिका[सम्पादन गर्नुहोस्]

भूम्या नाच्ने ठाउँलाई नागोपो भनिन्छ । नागोपोमा समूह बनाएर नाच्ने परम्परागत भेषभुषाका युवक–युवती बुकी फूल टिप्न अग्ला पहाड–हिमालमा जान्छन्, जसलाई 'नोगोपो जाने' भनिन्छ । अर्नीपानी सगुन बोकेर 'नोगोपो जाने'हरूले ल्याएको रंगीविरंगी फूल सबैलाई शिरमा लगाइदिएर अग्रजको आशीर्वाद थाप्छन् । उनीहरूको शरीरमा आएको भूतप्रेतलाई बूढापाकाले फुकफाक गरेर झारिदिन्छन् । उनीहरूले ल्याएको बुकी फूल गाउँको सबै घरमा पुर्‍याइन्छ । भूम्या नाच १ असार बिहानको पूजापछि शुरू हुन्छ । पुजारीले पूजा विधि सकेपछि मार (भेडा, बोका, कुखुरा, सुँगुर) लाई दौडाएर गाउँ निकाला गरिन्छ । त्यसलगत्तै महिलाहरूले ध्वाँसो, खरानी, दशैंमा ढोकामा राखिएको टीका–जमरा घरबाहिर फाल्छन् । यसो गर्दा वर्षभरिको ग्रहदशा र विपत्ति भूम्याले लैजाने विश्वास छ । गाउँ निकाला गरिएको मारलाई भूम्या थानमा काटिन्छ । गाउँ निकाला गर्दा केटाहरूले पल्टाउँदै तल खोलामा लुकाएको मारलाई बूढापाकाहरूले खोजेर भेट्टाउनुपर्छ । भेट्टाएपछि त्यही खोलामा अर्को बोकाको बलि दिइन्छ । माओवादी विद्रोहका कारण केही वर्ष बन्द भएको भूम्या नाचको २२ चाल १७ मा खुम्चिएको छ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. भूम्या रौनक,हिमाल खबर पत्रिका, देविका घर्ती मगर, दाङ

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]