वामन जयन्ती
वामन जयन्ती | |
---|---|
मिति | भाद्र शुक्ल द्वादशी तिथि |
चान्द्रमासको गणनाअनुसार प्रत्येक वर्षको भाद्र महिनाको शुक्ल पक्षको द्वादशी तिथिलाई वामन जयन्ती पर्वका रूपमा मनाइन्छ।[१]
वामन जयन्तीको वैशिष्ट्य
[सम्पादन गर्नुहोस्]पुराणहरूमा उल्लेख भएबमोजिम माता अदितिले भगवान विष्णुको तपस्या गरेर उक्त तपस्याबाट प्रसन्न भई भगवानले उनको पुत्रका रूपमा उत्पन्न भएर वामन रुपको धारण गरेका थिए। माता अदितीको तपस्याबाट खुसी भएर भगवान वामनले अदितीका पुत्र देवगण र राजा इन्द्रलाई असुरराज बलिका भयबाट मुक्ति प्रदान गर्ने वर प्रदान गर्नुभएको थियो। यसै वचनलाई पूर्ण गर्न भगवान् विष्णुले भाद्र महिनाको शुक्ल पक्षको द्वादशी तिथिका दिन कश्यपपत्नी माता अदितिका कोखबाट जन्म लिनु भएको थियो।[२]
अवतरित भएको केही समयपछि नै वामनरूपधारी भगवान् विष्णु बालकबाट युवा हुनुभयो। ठिक्क त्यसै वेला राजा बलि यज्ञ गर्दै थिए। भगवान् वामन राजा बलिको यज्ञ स्थलमा पुगेर उनको आतिथ्य स्वीकार गरी उनीसित भिक्षास्वरूप तीन पाइला जमीन दान गर्न अनुरोध गर्नुभयो। राजाले भगवान् वामनको याचना स्वीकार गर्दै सङ्कल्प गरे। तुरुन्त भगवानले विराट रूप धारण गर्नुभयो र दुई पाइलामा नै धर्ती र आकाशलाई नाप्नुभयो। यसपछि तेस्रो पाउ बलिको शिरमा राखी उसलाई पाताल पठाएर भगवानले देवतासमेत देवराज इन्द्रलाई भयमुक्त तुल्याउनुभयो।
बलिको पाताल गमनपछि ऋषिमुनि र देवताहरूले भगवान् वामनको पूजा र स्तुति गरे। परम्परागत रूपमा त्यसै दिनदेखि नै भाद्र महिनाको शुक्ल पक्षको द्वादशीका दिन वामनरूपी भगवान् नारायणको पूजाआजा गर्ने चलन चलेको हो। यस दिन श्रद्धालु भक्तहरू स्नान गरी शुद्ध वस्त्र धारण गरी भगवान् वामनको विधिपूर्वक पूजा गर्दछन्। धार्मिक मान्यताअनुसार यस दिन श्रवण नक्षत्रयुक्त हुँदा यस व्रतको महत्ता अझ बढ्न जान्छ। भक्त र श्रद्धालुहरू यस दिन भगवान् वामनको स्वर्णप्रतिमा बनाउन लगाई त्यसको वैदिक विधिपूर्वक प्रतिष्ठा गरी व्रत उपवास गर्दा सुयोग्य सन्तति प्राप्त हुने तथा भएका सन्ततिहरूको आयु, आरोग्य र सम्मृद्धिमा वृद्धि हुने साथै भगवान् वामनले तिनलाई समस्त कष्टहरूबाट त्यसरी नै मुक्त बनाउनुहुन्छ जसरी प्रभुले देवताहरूलाई राजा बलिको कष्ट निवारण गर्नु भएको थियो भन्ने कुरामा विश्वास गर्दछन्।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- ↑ कृष्णप्रसाद कोइराला, उपप्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल
- ↑ http://cafehindu.com/festivals/vaman-avtar.htmlबाट[स्थायी मृत कडी] अनूदित