जितीया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जितीया नेपालमा बसोबास गर्ने मूलतः थारू समुदायले मनाउने प्रमुख चाड हो ।[१] यो चाड भाद्र शुक्ल चतुर्दशी देखि आश्विन शुक्ल नवमीसम्म मनाइन्छ।

जितीया पर्वको महत्व[सम्पादन गर्ने]

भविष्य पुराणमा वर्णन गरे अनुसार शालिवाहन राजाको पुत्र जिमूतवाहन थिए । उनीमाथि महादेवको असीम कृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायू हुने वरदान भगवानबाट प्राप्त गरेका थिए । तिनै भगवानले पुत्रको रक्षा गरून भनी नेपालको मिथिला क्षेत्र र उत्तर एवं पू‍र्व भारतमा जितिया श्रद्दा पूर्वक मनाइन्छ ।[२] यो पर्वमा आमाले पुत्रको आरोग्य र संमृद्दिको लागि ब्रत बस्ने र पूजा गर्ने परम्परा छ । पुत्रहीन आमाहरूले पुत्र प्राप्तिको लागि पूजा गर्दछन् । यो पर्व दशहरा भन्दा अघि अनंतचतुर्दशी बाट शुरु भई कतै कतै ३६ घण्टासम्म र कतै कतै दस दिनसम्म मनाइन्छ। महिलाहरूले मनाउने जितीया पर्वलाई नेपालकै कठोर बर्तको रुपमा हेर्ने गरिन्छ ।


मनाउने तरिका[सम्पादन गर्ने]

बर्त बस्नु अघिल्लो दिन महिलाहरू माइती पुग्ने गर्छन । सबै दिदीबहिनी एक ठाउमा जम्मा भई सुख दुख साट्दै यो पर्व नवलपरासी देखि झापा, भारत र विश्वको विभिन्न ठाउँमा समेत मनाइने गरिन्छ । सबै दिदीबहिनी भेला भई बर्त बस्नु अघिल्लो राति १२ बजे अगाबै माछाको विभिन्न परिकार सहित मिठो परिकार खाएर डटकट (दर ) खाने गरिन्छ । डटकम खाइ सके पश्चात पानी समेत पिउन नमिल्ने अगुवाहरुले बताउछन् । राति डटकम खाइसके पश्चात रातिदेखि नै रमाइलो गर्दै नाचगान गर्ने गरिन्छ । बर्त बस्ने दिन बिहान खोला, नदि, तलाउमा नुहाउने चलन रहेको छ । बर्त बस्ने दिन विहान पाच जना कन्याले धानको गावा उखेल्ने चलन रहेको छ । नुहाएर थारु पहिरनमा सजिएर गाउ, टोल सबै दिदीबहिनी मिलेर गाउभरि नाच्दै निश्चित मापदण्ड बनाएर पैसा लिने चलन छ । दिनभरी पानी समेत नखाई नाचगान गर्दै मनाइने यो पर्व साथीत्व, मेलमिलाप गर्ने पर्ब पनि हो ।

दिनभरी नाची सके पश्चात बेलुका घर पुगेर सुर्य अश्ताउनु पुर्व खोला, तलाउ, पोखरीमा गएर पुजा गर्ने र नुहाउने चलन रहेको छ ।बेलुका जितमहानको कथा सुन्नलाई आवश्यक पुजाको सामग्री केरा, चियुरा, दहि, चिनी लगायतको परिकार सहित गाउको एक स्थानमा गाउ भरिको सबै मानिसहरु भेला भई गाउको अगुवाको निर्णय अनुसार महिला, पुरुष संगै बसेर जितमहानको कथा सुन्ने गरिन्छ । कथा सुने पश्चात अगुवाको भनाई अनुसार लियर आयका परिकार आफु संगै अरुलाई पनि बाडेर खाने गरिन्छ । पुजा सकिए पश्चात घर गएर सुत्ने चलन रहेको छ । बर्तको अर्को दिन बिहानै उठेर दाईभाईको सङ्ख्याको आधारमा बेलकोपात गासेर धनुष बनाउने, जाकुर(मासको परिकार ), पुजाको सामान सहित खोलामा नुहाउने छलन रहेको छ । खोलामा नुहाएर पुजा गरि बर्तालु महिला घर पुगेर भान्सामा गाईको गोबरले लिपेर परिकारहरु दहि, चियुरा, केरा, चिनी, दुध खाने चलन छ । बर्तालु महिलाले खाईसके पश्चात घरको परिवारले परिकारहरु खाने चलन छ ।

विवाहित महिलाले पति र दाजुभाइको आयुको लागि बर्त बस्ने गरिन्छ भने अविवाहित महिलाले दाजुभाइ र राम्रो, सज्जन पति पाउन बर्त बसिन्छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. महतो, कारी (१७ आस्विन, २०७२), "जितिया पर्व, जितबाहन कथा र यसको सान्दर्भिकता", इन्डिजिनियस भ्वाइस, अन्तिम पहुँच २० जुलाइ २०१८ 
  2. प्रेमर्षि, धीरेन्द्र (भाद्र २८, २०७४), "जितिया : मातृत्व सम्मानको पर्व", अन्तिम पहुँच २० जुलाइ २०१८ 


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]