मत्स्येन्द्रनाथको रथ जात्रा(दोलखा)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

दोलखामा मनाइने विभिन्न जात्राहरू मध्य ९ दिन सम्म परम्परागत रूपमा मनाउदै आइरहेको मच्छिन्द्रनाथ जात्रा प्रमुख जात्रा हो।चैत्र पुर्णिमा बाट आरम्भ भइ दोलखा नगरको सबै टोल परिक्रमा गरी ९ दिनमा सम्पन्न हुने गर्दछ।

अहिलेसम्म भेटिएको ऐतिहासिक प्रमाण अनुरूप वि. स. १६३८ (ने. स. ७०१) चैत्र कृष्ण पक्ष परेवाका दिनमा ओमवहालका भिक्षुहरूले चढाएको सुर्वण प्रभा र छत्र देखिन आए पनि दोलखाको मच्छिन्द्रनाथ रथ जात्रा वि.सं. १५७५ देखि राजा नन्ददेवले सुरू गरेको मानिन्छ । रथ तान्ने जात्रा निरन्तर गर्न करिब वि.सं. १६५० ताका राजा वासुदेवले विभिन्न स्थानमा गुठी स्थापना गरी आयस्थाको बन्दोबस्त गरेका थिए ।अहिले त्यो स्रोत गुम्दै गएपछि जात्रा चलाउन निकै कठिन परेको र बस्ती विस्तारले रथ तान्न कठिन पर्न थालेपछि २०३९ देखि ०५३ सालसम्म रथयात्रा रोकिएको थियो । त्यो बेला करिब १४ वर्षसम्म खट बनाएर भए पनि देवतालाई तोकिएका टोलहरूमा पुर्‍याएको थियो ।पछि स्थानिय समुदायको सहयोगमा र स्थानय कालिन्चोक युवा क्लवको पहलमा पुन २०५५ साल देखि रथ बनाई रथ जात्रा गर्ने परम्परा कायम गरेको छ। जुन अहिले सम्म चलिरहेको छ।

आफ्नै पनको गाथा बोकेको यस जात्रा दोलखाली हिन्दुहरूले गोरखानाथको गुरु, लोकनाथ, करुणामय, आदीनाथ, लोकेश्वरको रूपमा मान्दै आएको भन्दछन् भने बौद्ध धर्मलाम्वीहरू वोधी सत्व, अवलोकितेश्वरको रूपमा मान्नेगरेको हो भन्दछन्। धार्मीक सहिष्णुता रहेको नेपाल परापुर्वकाल देखिनै सहिष्णुता रहेको यसले प्रमाणित गर्दछ।हिन्दु धर्म अनुसार पौराणीक काल सत्ययूगमा भगवान् महादेवले पार्वतीलाई योग सिकाउने विचारले कसरी पृथ्वीमा वस्ने मानिसहरू चिरन्जीवी हुन सक्दछन् भन्ने वारे बुझाउन समुन्द्रको किनारमा योग सिकाई रहदा पार्वती पुग्छीन् र समुन्द्र भीत्र रहेको माछाको गर्व भित्र रहेका माछाको भुराले यो कुरा सुने पछी मैले सुने भन्ने आवाज बाट जोसँग भएका महादेवले पछी माछाका भुरालाई मानिस जस्तै हुन सकेस भन्ने बरदान दिई कैलाश जानु भएछ। यसरी मत्स्य गर्वबाट आफ्नो प्रतिष्ठा फैलाउन सक्ने मछिन्द्रनाथ योग विधाको निम्ती प्रमुख गुरु मानियो र उनैको सहयोगको खातिर महादेव आफु गोरखनाथको अवतार लिएर मच्छिन्द्र नाथलाई सहयोग पुर्याएको धार्मिक कथन छ।

पछी लिच्छवी राज्य गुणकामनादेवको पालामा गुरु गोरखनाथ रिसाएर सम्पूर्ण नागको आशन वनाएर वस्नु भए पछी नेपालमा ठूलो हाहाकार मच्चियो। आकाशबाट एक थोपा पानी परेन ठूलो अनिकाल लाग्यो। तान्त्रीक विधीबाट हेर्दा गोरखनाथका गुरु मच्छिन्द्र नाथलाई नेपाल ल्याउन सकिएमा त्यो बाधा हट्छ भन्ने कुरा थाहा पाए पछि राजा तान्त्रीक एकजना किसान ज्यापु समेत गएर मच्छिन्द्र नाथलाई रिझाएर नेपाल ल्याए। आफ्नो गुरुको नेपाल आगमनको कुरा सुनेपछि गोरखानाथले दर्शन गर्न उठे पछि सम्पूर्ण नागहरू मुक्त भएर नेपालमा पानी पर्‍यो अब अनिकाल रहेन। तसर्थ त्यही सम्झना स्वरूप नेपाल भित्रिएको रूपमा रथमा राखेर बाजा गाजा सहित रथ तानिएको हो भन्ने प्रचलन प्रचलित छ। दोलखामा पनि सोही रूपमा अन्नदाताको रूपमा मान्ने प्रचलन प्रचलित छ।

चैत्र पूर्णिमाको दिन रातो मच्छिन्द्रनाथलाई गुरुजुंले पानी र दुधले महास्नान गरी पुजा गरेर जात्रा आरम्भ गरिन्छ। त्यसको भोलीपल्ट रथलाई डोकलुंगाटोलबाट पिङल टोल सम्म रथ तानेर जात्रा गरिन्छ । त्यसपछि क्रमैसँग पिङल टोलवाट नकछेँ टोल नकछेँ टोलवाट कोर्छेटोलः कोर्छेटोलवाट टसिचाटोल टसिचाटोलवाट माथिल्लो बुद्धस्तुपा बुद्ध स्तुपाबाट दुंगलटोल हुंदै दुंगलटोलबाट पिङल टोलमा रथ पुर् याएर जात्रा सम्पन्न गरिन्छ।राजकुलेश्वरबाट स्वयम्भूमा रथ पुर्‍याउने निकै कठिन मानिन्छ । टासिचाको रास्नीको उकालोमा रथ तान्नुपर्ने भएकाले परदेश बसेका दोलखा बजारका व्यक्तिहरू र चेलीहरूसमेत त्यस दिन आइपुग्छन् । दोलखा बजारमा विशेष पर्व मानिने यो दिन उपत्यकाबाट नेवारी समुदायहरूको विशेष उपस्थिति हुन्छ । उक्त दिनलाई जात्राको विशेष दिन मानिन्छ । खचाखच भरिएका जात्रे र अन्य सहयोगीको बलमा रथलाई स्वयम्भू पुर्‍याएपछि कठिन कार्य सम्पन्न मानिने र स्वयम्भूबाट भोलिपल्ट रथलाई दुंगल टोल लगिन्छ । त्यसको भोलि पुनः पिंगलमा विश्राम राखेको रथबाट मच्छिन्द्रलाई झिकेर शुक्रबार जात्राको अन्तिम दिन रातो मच्छिन्द्रनाथलाई रथबाट निकाली विधिपूर्वक पुजा गरेर देवताको मूर्तिलाई बोकी दोलखा बजारको मूल बाटो परिक्रमा गराई डोकुलुङ्गामा देवलमा लगेर एक वर्षलाई थन्क्याउने चलन छ । ने.स. ८२२ ताका पाटनका शाक्य पुर्खाले दोलखाको मच्छिन्द्र नाथमा माला चढाएको ताम्रपत्रमा उल्लेख भएको पाइएकाले उक्त स्थानका शाक्यहरू प्रत्येक वर्ष जात्रामा दर्शनका लागि आउँछन् । यो जात्राका कारण पाटन र दोलखाको प्राचीन र सांस्कृतिक सम्बन्ध रहेको भनाइ स्थानीयको छ ।करुणामयी, लोककल्याणकारी र सहकालको देवता ठानिने मच्छिन्द्रको रथलाई विभिन्न भागबाट आएकाहरूले तानेर धर्म कमाउने उद्देश्य राख्छन् ।

राजधानीमा समेत हुने यो रथ यात्रा यहाँ भने उकाली, ओराली र अप्ठ्यारा बाटाबाट तानिने भएका कारण दर्शनार्थीको घुइँचो लाग्छ। करुणा, लोककल्याणकारी र सहकालको देवता भएकाले स्थानीय महिला दिनभर निराहार बसी मच्छिन्द्रनाथको व्रत बस्छन्।

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]