टाकटुके जात्रा
Jump to navigation
Jump to search
![]() टाकटुके जात्रा | |
समुदाय | नेवार |
प्रकार | स्थानीय पर्व |
पर्वहरू | लठ्ठी नाच, सांस्कृतिक झाँकी |
मिति | भाद्र महिनामा कृष्णपक्षको षष्ठी तिथी |
टाकटुके जात्रा नुवाकोट जिल्लाको त्रिशुलीका नेवार समुदायले मनाउने परम्परागत जात्रा हो । यो जात्रा नुवाकोटमा मात्र मनाउने प्रचलन रहेको छ । टाकटुके जात्रा मनाउनका लागि विवाह गरेर गएका चेली नै माइती आउनु पर्ने चलन अनुसार नेवार समुदायले बिबाह गरेर गएका चेली समेत जम्मा गर्ने गर्छन । चेलीहरूले लौरो जुधाएर जात्रा सुरू गरेपछि नेवार समुदायमा रहेको परम्परागत बाजा र भेषभुषाको प्रर्दशन सहित यो जात्रा मनाउने चलन छ । जात्राको अवसरमा विभिन्न नेवारी भेषभुषामा सजिएका महिलाहरूले बजार परिक्रमा गर्ने गर्दछन ।