भोटोजात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भोटोजात्रा
मितिज्योतिषले साइत निकालेपछि

भोटोजात्रा ललितपुरमा हुने जात्रा हो । यो जात्रा अवलोकन गर्न हजारौं सर्वसाधारण जावलाखेलमा जम्मा हुन्छन् । मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ । राजाका पालामा राजाले यो भोटो हेर्थे भने अहिले राष्ट्रपतिले हेर्छन् । कार्यकारी राष्ट्रप्रमुख रहँदा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले २०६५ को भोटो हेरेका थिए । भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मच्छिन्द्रबहालमा पुर्‍याई विराजमान गराइन्छ । करिब एक हजार ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा बैशाख महिनाको शुक्ल प्रतिपदादेखि सुरु भएर एक महिनासम्म सञ्चालन हुन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]