बकरी ईद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
عيد الأضحى
Id ul-Adha (‘Īd al-’Aḍḥá)
(Festivity after the Hajj)
आधिकारिक नामअरबी: عيد الأضحى
‘Īd al-’Aḍḥá
वैकल्पिक नामFestival of Sacrifice,
Sacrifice Feast
अनुयायीMuslims around the world.
प्रकारमुस्लिम समुदाय
महत्त्वCommemoration of Ibrahim's (Abraham's) willingness to sacrifice his eldest son Ishmael in obedience to a command from Allah - and Ishmael's acceptance of this command.
Marks the end of the Pilgrimage to sundown, and ask God for forgiveness.
उत्सवपारिवारिक भोज, मिठाई खाने तथा बाँड्ने, नयाँ वस्त्र लगाउने, बालबच्चाहरूलाई पैसा तथा उपहार दिने
परिपालनप्रार्थना; बोका, खसी, बाख्रा, राँगा, गाई र भैंसीको वलि दिने; गरीब तथा असहायलाई दान दिने
प्रारम्भ10 Dhu al-Hijjah
समापन13 Dhu al-Hijjah
मिति10 Dhu al-Hijjah
२०२४ datedate missing (please add)
सम्बन्धितहज, ईदुल फित्र

बकरी ईद (ईद अल अधा) आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका कुर्वानी (बलिदान)को सम्झना स्वरूप मनाइने पर्व हो।[१] यही दिन देखि हिजारी संवतको नयाँ वर्षको सुरूवात हुनेगर्दछ । नेपाल सरकारले बकरी इदको अवसरमा सार्वजनिक बिदा समेत दिने गरेको छ ।

मनाउने तरिका[सम्पादन गर्नुहोस्]

बिहान सबैरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोका बाँधिएर एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि बोका, खसी, बाख्रा, राँगा, गाई र भैंसीको वलि दिने परम्परा छ । नेपालमा भने गाइको वलि दिने गरिएको छैन । बलि दिइएको पशुको मासु तीन भाग लगाइन्छ । त्यसमध्ये एक भाग आफू खाने, एक भाग आफ्ना नजीकका मित्रलाई र एक भाग गरीब तथा असहायलाई दिने गरिन्छ । मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रीय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैंले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई भेडा मरेपछि सोही घटनाको सम्झनास्वरूप यो पर्व मनाउन थालिएको हो।[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. गोरखापत्र "ईद यसरी मनाइन्छ, रहमतुल्लाह मियाँ"। 
  2. "मुस्लिम समुदायको बकरी ईद आज", JANAKPUR.com  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१२-०७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]