दिवी चाड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिवी चाड
मितिदसैँको षष्ठीदेखि विजया दशमीसम्म

दिवी चाड पूर्वी तराईका झापामोरङ जिल्लाका सन्थाल जातिले दसैँ पर्वसँगै मनाउँछन् । दसैँको षष्ठीदेखि विजया दशमीसम्म मनाइने उक्त चाडमा सन्थाल समुदायले मिष्ठान्न भोजनसहित दुर्गाकालीको पूजाआजा गर्छन्। उक्त चाडमा सन्थालका कला र संस्कृतिसमेत प्रस्तुत गरिन्छ । एकापसमा सुख र समृद्धिको कामना गर्दै ढोल बजाएर चार दिनसम्म नाचिने नाचलाई दशाए नाच भनिन्छ। सन्थाल संस्कृति अनुसार उक्त नाचमा सहभागी हुन आउनेलाई घरधनीले केराको पातमा सिन्दुरकलश भिक्षादान दिइन्छ । उक्त भिक्षालाई सन्थाल गुरुले सुरक्षित रूपमा राखी दशमीका दिन काली तथा दुर्गा स्थानमा चढाउने परम्परा छ । देवी शक्तिका रूपमा मानिने उक्त चाड झापामोरङ जिल्लाका करिब ४८ हजारको संख्यामा रहेका सन्थाल जातीले फूलपातीको अघिल्लो दिनदेखि मनाउँछन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]