दधिकादो पर्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दधिकाद पर्व
अनुयायीराजवंशी, गन्गाई, ताजपुरिया
प्रकारस्थानीय पर्व
परिपालनहिलोमा खेल्ने
मितिभाद्र महिनामा कृष्णपक्षको नवमी तिथी
२०२३ datedate missing (please add)

दधिकाद पर्व नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिबासी समुदाय राजवंशी, गन्गाई, ताजपुरिया जातिले मनाउदै आएको धार्मिक एवम् साँस्कृतिक पर्व हो । झापा, मोरङसुनसरी जिल्लाका आदिबासी समुदायले कृष्ण जन्माष्टमीको भोलीपल्ट दधिकाद पर्व मनाउँछन । दधिकाद खेल खेलाउँदा आफ्नो मनले चाहेको पुग्ने जनविश्वास छ । भगवान कृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेल्ने बानी भएको हुँदा अहिले माटोको हिलोलाई नै दही मानी खेल्ने गरिन्छ ।

मनाउने तरिका[सम्पादन गर्नुहोस्]

झापा जिल्लाका राजबंशी समुदायका मानिसहरूले विभिन्न कार्यक्रमको आयोजना गरी दधिकाद पर्व मनाएका छन । हरेक वर्ष कृष्णजन्माष्टमीको भोलीपल्ट वा नवमीका दिन राजबंशी समुदायले यो पर्व मनाउदै आएका छन । दधिकाद पर्व झापाको गौरादह, खजुरगाछी, शिवगञ्ज, दुवागढी तथा मेचीनगर नगरपालिका लगायतका स्थानमा बसोबास गर्दै आएका राजवंशी समुदायले मनाएको पाइन्छ । ती ठाउँका राजवंशी समुदायले भजन किर्तन गर्दै तेल दलेको चिल्लो बाँसमाथि चढेर पोको फुकाउने, हिलो दलेर नरिवल खोस्ने, हाँडी फुटाएर पुरस्कार जित्ने प्रतियोगितात्मक खेलकुद लगायत एक आपसमा हिलो दलादल गरेर यो पर्व मनाउँछन । भगवान श्रीकृष्णको जन्म भएको खुशीयालीमा नवमीका दिन राजबंशी समुदायले एक अर्कामा हिलो दलेर यो पर्व मनाउने किबंदन्ती रहि आएकॊ छ । खासगरि दधिकाद भनेको दहीको हिलो भने पनि दही नपाएका कारण माटोको हिलो बनाई एक अर्कामा छ्याप्दै रमाउने गर्ने गरेको बताइन्छ । त्यही हिलोमा एउटा नरिवल राखिन्छ । दुईवटा समुह बनाइएको हुन्छ । एक समुह कृष्ण मन्दिरमा नरिवल चढाउन जान्छ तर अर्को समुहले रोकावट गर्दछ र यही बेलामा निकै घम्साघम्सी चल्छ । यही पर्वको अवसर पारेर धेरै ठाउँहरूमा राजबंशी समुदायले कृष्ण मन्दिरहरूमा कृष्णअष्टमीका दिन रातभर भजन किर्तन गरी जाग्राम गरेर त्यसको भोलीपल्ट दधिकाद पर्वको अवसरमा विविध कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछन ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]