सोनाम ल्होसार
सोनाम ल्होछार | |
---|---|
आधिकारिक नाम | सोनाम ल्होछार |
समुदाय | तामाङ जाति |
महत्व | नयाँ वर्ष आरम्भ |
पर्वहरू | आफन्त भेटघाट, झाकि, सांस्कृतिक कार्यक्रम |
मिति | माघशुक्ल प्रतिपदा |
सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ वर्ष एकै दिन मनाइन्छ ।
अर्थ[सम्पादन गर्ने]
'ल्होछार' दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ 'ल्हो' अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने 'छार' वा 'सार'को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ 'नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । ल्होसार मनाउने समुदायले यस्ता 'ल्हो' अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ ।